१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मास्क लगाएका युवाले यसरी बिच्छ्याए एम्बुस

१४ मंसिर २०७४, बिहीबार ०२:३९

मङ्सिर १४, उदयपुर । चुनावी सभालाई सम्बोधन गर्न जाँदै गर्दा एम्बुसमा परेर उदयपुर, प्रतिनिधि सभा २ का कांग्रेस उम्मेदवार नारायण कार्कीको हातखुट्टा, आँखा र टाउकोमा चोट लागेको छ । उदय श्री बहुमुखी क्याम्पस कटारीकी नेविसंघ सभापति मीरा कटवालको बायाँ खुट्टा क्षतविक्षत भएको छ ।

उनीसहित गम्भीर घाइते तीन जनाको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ। अन्य चारजना सामान्य घाइते छन् । 


कसले राख्यो एम्बुस ?

मास्क लगाएर आएका युवाले एम्बुस बिच्छ्याएको एक स्थानीय महिलाले बताएकी छन् ।

अनुहार छोपिने गरी मास्क लगाएका युवा जम्मा भएपछि स्थानीय महिलाले सोधपुछ गरेका थि ए।

‘सडक बिग्रेको रहेछ । त्यो बनाउन आएका हौं भने । दुई जना रूखमा छेकिएर बसेका थिए । अरू माथि थिए, घटनास्थलमा आएका महिलाको भनाइ उद्धृत गर्दै घटनाका घाइतेमध्येका एक नवराज पौडेलले भने, ‘बाहिर हल्ला नगर्नू, भनेदेखि मार्छौं भनेर धम्क्याएका थिए ।’

चुनावी सभालाई सम्बोधन गर्न जाँदा प्रयोग हुने बाटो बदलेर जाँदा पनि एम्बुसमा परेकाले घाइतेहरू सुनियोजित घटना भएको बताउँछन् ।

बाटोभरि खाल्डाखुल्डी छन् । एम्बुस हुन सक्छ है भन्दै फोन आएपछि बाटो नै फेरिएको थियो । उम्मेदवार कार्कीका छोरा निरजलाई फोनमा खबर आएको थियो ।

स्थानीय उदयपुरगढी माध्यमिक विद्यालयमा शिक्षक कार्की राजीनामा दिएर राजनीतिमा लागेका थिए । उनी ०७० सालको संविधानसभा निर्वाचनमा विजयी भएका थिए । – आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण