२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सातै प्रदेशमा को-को बन्दैछन् मुख्यमन्त्री ?

२०७४, १७ माघ बुधबार ०१:४५

माघ १७, काठमाडौं । एमाले र माओवादीबीच प्रदेश सरकारको नेतृत्व बाँडफाँट भएपछि मुख्यमन्त्रीका लागि नेताहरुको दौड सुरु भएको छ। प्रदेश १,३,४ र ५ मा एमालेले मुख्यमन्त्री पाएको छ भने प्रदेश ६ र ७ मा माओवादीको मुख्यमन्त्री हुने सहमति भएको छ। 

सभामुखमा १, ३, ६ र ७ एमालेले पाउने भएको छ भने ४ र ५ मा माओवादीले पाउने भएको छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन्।

एमाले मुख्यमन्त्री पाएको प्रदेशमा माओवादीले उपसभामुख र माओवादीले मुख्यमन्त्री पाएको प्रदेशका एमालेको उपसभामुख हुने छन्। एमालेको स्थायी समिति बैठकले सर्वसम्मत भएका चुनावी प्रक्रियाबाट मुख्यमन्त्री चुन्ने निर्णय गरेको छ। पार्टीको यस्तो निर्णय आएपछि नेताहरु तीब्र लविङमा लागेका छन्।

प्रदेश १ मा भीम र शेरधन

प्रदेश १ को मुख्यमन्त्रीमा एमाले सचिव भीम आचार्य र पोलिव्यूरो सदस्य शेरधन राईको चर्को प्रतिस्पर्धा हुने देखिएको छ। माधव नेपाल समूहका आचार्य र अध्यक्ष केपी ओलीनिकट राई दुवैले मुख्यमन्त्रीमा दाबी गरिरहेका छन्।

आचार्य र राईको घम्साघम्सीमा छिर्के दाउ लगाउने प्रत्यत्नमा जीवन घिमिरे पनि लागेका छन्। विराटनगरमा पत्रकार सम्मेलन गरेर घिमिरेले आफू माधव नेपाल र झलनाथ खनाल समूहकबाट मुख्यमन्त्रीको दाबेदार भएको बताएका छन्।

प्रदेश २ मा फोरम र राजपाको घम्साघम्सी

प्रदेश २ मा संघीय समाजवादी फोरम र राजपाबीच मुख्यमन्त्रीमा चर्को प्रतिस्पर्धा छ। २९ सिट जितेर ठूलो दल बनेको संघीय समाजवादी फोरमबाट केन्द्रीय उपाध्यक्ष मोहमद लालबाबु राउत, केन्द्रीय कोषाध्यक्ष विजयकुमार यादव मुख्य दाबेदार रहेका छन्।

यादव समुदायकै भएका प्रतिस्पर्धामा विजय यादव अगाडि देखिएका छन्। राजनीतिक समितिका सदस्य शैलेन्द्र शाह समेत दाबेदारका रुपमा देखिका छन्। फोरमले मुख्यमन्त्री लिएर सभामुखमा राजपालाई दिने सोचाई बनाएको छ। उता २५ सिट जितेको राजपाका महासचिव मनीष सुमन र नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीको दाबेदारी गरेका छन्। उता राजपा अन्तिमसम्म मुख्यमन्त्रीको दाबेदारी नछोड्ने पक्षमा देखिएको छ।

प्रदेश ३ अष्टलक्ष्मी र राजेन्द्र

प्रदेश ३ मा मुख्यमन्त्रीका धेरै आंकाक्षी देखिएका छन्। काठमाडौँ क्षेत्र नम्बर ८ ख बाट एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य मुख्य दाबेदार रहेकी छन्। पार्टी उपाध्यक्षमा पराजित राजेन्द्र पाण्डे मुख्यमन्त्री अर्का दाबेदार हुन्।

धादिङ क्षेत्र नम्बर १ कबाट विजयी पाण्डे गुटपरिवर्तन गरेर मुख्यमन्त्रीको दौडमा लागेका छन्। नेपाल गुटबाट पाण्डे पार्टी उपाध्यक्षमा लडेका थिए। अष्टलक्ष्मी समेत नेपाल गुटकै हुन्।यहाँ मुख्यतः अष्टलक्ष्मी र पाण्डेबीच प्रतिस्पर्धा हुने देखिएको छ। अष्टलक्ष्मी र राजेन्द्रसँगै पशुपति चौलागाईँ, सानुकुमार श्रेष्ठ, केशव स्थापित र अरुण नेपाल समेत मुख्यमन्त्रीका दाबेदारमा देखिएका छन्।

एक मात्र महिला दाबेदार अष्टलक्ष्मीलाई मुख्यमन्त्री बनाउनुपर्ने लविङ महिलाहरुले गरिहेका छन्। काठमाडौं क्षेत्र नम्बर १० ख की प्रदेश सभा सदस्य रमा आलेमगर, प्रदेश ३ को मुख्यमन्त्रीमा अष्टलक्ष्मीको विकल्प नभएको बताउँछिन्।

‘महिलालाई हरेक निकाय ३३ प्रतिशत भन्ने अनि एक मुख्यमन्त्री नदिने हुन्छ, अष्टलक्ष्मीलाई मुख्यमन्त्री बनाउनु नै पर्छ,’ उनले भनिन्। मु्ख्यमन्त्री कै दाबेदार मध्येबाट सभामुख र मन्त्री बन्ने सम्भावना छ।

प्रदेश ४ मा दुई गुरुङ

प्रदेश ४ मा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङ र पोलिब्यूरो सदस्य किरण गुरुङ मुख्य दाबेदार छन्। पृथ्वी सुब्बा अध्यक्ष ओलीनिकट हुन् भने किरण गुरुङ पार्टी उपाध्यक्ष वामदेव गौतमनिकट हुन्। दुई गुरुङ मुख्यमन्त्रीका लागि जोडतोडका साथ लविङमा लागेका छन्। दुई गुरुङ बीच आधा आधा कार्यकाल मुख्यमन्त्री बनाएर मनाउने कोसिसमा केही एमाले नेताहरु लागेका छन्।

प्रदेश ५ शंकर निर्विकल्प

प्रदेश ५ मा एमाले स्थायी समिति सदस्य शंकर पोखरेल र्निविकल्प देखिएका छन्। उनी प्रदेश नम्बर ५ को संसदीय दलको नेतामा समेत निर्वाचित भइसकेको छ। प्रदेश ५ को सभामुख भने माअ‍ोवादीले पाउने छ।

प्रदेश ६ मा महेन्द्र र नरेश

प्रदेश ६ मा माओवादीले मुख्यमन्त्री पाउने भएको छ। यहाँ माओवादीबाट महेन्द्रबहादुर शाही र नरेश भण्डारी मुख्यमन्त्रीको प्रतिस्पर्धामा रहेका छन्। पार्टी अध्यक्ष निकट शाही र नेता रामबहादुर थापा ‘बादल’ निकट भण्डारी दुवै मुख्यमन्त्रीको लविङ गरिरहेका छन। भण्डारी बादलसँगै वैद्य समुहबाट पाटीमा फिर्ता आएका हुन्।

कुल ४० प्रदेश सभामा २० सिट जितेको एमालेका प्रदेश सभाका सांसदले पनि आफुुहरुले मुख्यमन्त्री पाउनु पर्ने दाबी गरिरहेका छन्। एमालेबाट प्रदेश इन्चार्ज यमलाल कँडेल र पोलिव्यूरो सदस्य प्रकाश ज्वालाले पनि मुख्यमन्त्रीको दाबी गरेका छन्। एमालेका दाबेदारहरु सभामुख र मन्त्रीमा व्यवस्थापन हुने देखिएको छ।

प्रदेश ७ वीरमान र झपडबहादुर

प्रदेश ७ मा पनि माओवादीले मुख्यमन्त्री पाउने छ। यहाँ राष्ट्रियस्तरका नेता प्रदेश सभामा नलडेका कारण प्रदेश र जिल्लास्तरका नेता मुख्यमन्त्रीका दाबेदार देखिएका छन्।

कैलालीका पुराना माओवादी नेता वीरमान चौधरी र अछामका झपडबहादुर बोहरा मुख्यमन्त्री प्रमुख दाबेदार रहेका छन्। चौधरी कैलाली क्षेत्र नम्बर ३ खबाट विजयी भएका हुन् भने बोहरा अछाम क्षेत्र नम्बर १ खबाट बिजयी भएका हुन्। थारु समुहबाट एक मात्र दाबेदार रहेकाले यहाँ चौधरीको पल्ला भारी रहेको छ।

डोटीका त्रिलोचन भट्ट र दार्चुलाका मानसिंह धामी पनि मुख्यमन्त्री दाबेदारका रुपमा देखिएका छन्। एमालेका प्रकाश शाहलाई सभामुखलाई व्यवस्थापन गर्न लागिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने