२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बेहद खुसी छन् सन्दीपका अभिभावक

२०७४, १७ माघ बुधबार ०२:०४

माघ १७, चितवन । सन्दीप लामिछानेले चार वर्षअगाडि एउटा हक्की निर्णय गरेका थिए, नेपाल फर्किने। त्यतिखेर उनी अभिभावकसँग भारतमा बस्दै आएका थिए । क्रिकेटको ठूलो संस्कार रहेको भारत छाडेर नेपालमा भविष्य खोज्ने उनको यो निर्णय निकै चुनौतीपूर्ण थियो ।

आजको कान्तिपुरमा विनोद पाण्डे अगाडि लेख्छन्- नेपाली क्रिकेट भारतको तुलनामा खासै केही थिएन । १३–१४ वर्षे बालक सन्दीपको मनमा एक्कासि पलाएको नेपाल फर्किने चाहनाले परिवारमा सबैलाई आश्चर्यमा पार्‍यो । तर, अभिभावकले छोराको चाहनामा साथ दिए ।


‘उसले नेपालमा गएर केही गर्न मन लागेको बताएपछि बुवाआमालाई भनेर यहाँ ल्याएका हौं । चितवन क्रिकेट एकेडेमीमा भर्ना गरेपछि बाँकी काम सबै उसैले गर्दै आयो । यहीं रजहरबाट दैनिक नारायणगढ पुगेर अभ्यास गरी फर्किन्थ्यो,’ सन्दीपका भिनाजु अनिल न्यौपाने मंगलबार नवलपरासीमा भन्दै थिए, ‘ऊ एकदमै सीधा थियो, यहाँको वातावरण केही बुझेको थिएन । सबैसँग मिल्थ्यो । क्रिकेटमा धेरै समय बिताउन खोज्थ्यो ।’ भारतमा रहँदा पढाइका क्रममा सन्दीपको संगत क्रिकेट खेल्ने समूहसँग भयो ।

त्यही संगतले उनलाई त्यसतर्फ डोर्‍याएको बुवा चन्द्रनारायणले सुनाए । ‘पढाइमा भन्दा खेलमा धेरै रुचि राख्थ्यो । पढाइमा तपाईंलाई कति प्रतिशत चाहिने हो, त्योभन्दा माथि ल्याउँछु । त्यसपछि खेल्न जान रोक्न मिल्दैन भन्थ्यो,’ चन्द्रनारायणले भने, ‘हाम्रो र नेपालको नाम उचो राख्छु भनेर यहाँ आएको हो । हामीले त्यसमा कुनै बाधा–अड्चन गरेनौं । नेपाल आएपछि उसले दैनिक कठिन प्रशिक्षण गरेर आज यो स्थितिमा पुग्दा गर्व लाग्नु स्वाभाविक हो । ऊ यहाँसम्म पुग्नुको श्रेय प्रशिक्षकहरू राजु

खड्का, पुबुदु दासानायके, चितवन क्रिकेट एकेडेमीलाई दिनुपर्छ । भाग्यले पनि साथ दियो ।’

सन्दीप स्याङ्जाको आरुचौरमा जन्मिएका हुन् । बुवा २०२८ मा रोजगारीका लागि भारततिर लागे । पछि सन्दीप पनि उतै गएका थिए । हरियाणामा रेल्वेमा जागिरे चन्द्रनारायणले दुई वर्षअघि अवकाश पाए । जेठो छोरालाई त्यही जागिर थमाई चन्द्रनारायण दम्पती नेपाल फर्किएको ४ महिना मात्र हुन लाग्यो । उनीहरू हाल चितवनको सौराहास्थित चित्रासारीमा बस्छन् । त्यहाँ जग्गा पहिला नै लिएका थिए । पछि घर बनाएर कुरुवा राखे । आफू भारतमै बस्थे । अक्सनको प्रत्यक्ष प्रसारण हेरिरहेका उनीहरूले

आफ्नो छोरो इन्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्समा छनोट भएको थाहा पाएका थिए । भारतमा सन्दीपले ६–७ वर्ष बिताए ।

‘हामी भारतमा बस्दा क्रिकेट हेरिरहन्थ्यौं । त्यसैले छोराले नेपाल गएर खेल्छु भन्दा केही भनेनौं । नेपालले पनि क्रिकेटमा राम्रै गरिरहेको थाहा पाएका थियौं,’ चन्द्रनारायणले भने, ‘ऊ भारतमा बस्दा स्कुल स्तरमा खेलिरहन्थ्यो । युजभेन्द्र चाहाल ऊभन्दा केही सिनियर थिए । उसले सानो छँदा उनीहरूसँगै खेलेको थियो । चाहाल बेङ्लोरबाट आईपीएल खेल्नेछन् । अहिले सानोमा सँगै खेलेका साथीहरू सन्दीपकहाँ पुग्यो, हामी यहीं छौं भन्छन् ।’

माइकल क्लार्कलाई भेट्नु सन्दीपको खेलजीवनको टर्निङ प्वाइन्ट मान्छन् उनीहरू । हङकङ ब्ल्टि्ज खेल्न जानुअघि नाबालक भएकाले सन्दीपको भिसाका लागि चन्द्रनारायणले भारतबाटै कागज बनाएर स्वीकृति पठाइदिएका थिए । हङकङमै उनले अस्ट्रेलियाका विश्वकप विजयी कप्तान क्लार्कसँगै कावलुन क्रिकेट क्लबबाट खेलेका थिए ।

आमा कोपिलादेवीलाई सन्दीपले भनेको एउटा कुरा झलझली याद आउँछ । ‘इन्जिनियर, ओभरसियर्स बने घर छेउछाउकाले चिन्लान् तर खेलाडी बने पूरै देशले चिन्छ भन्थ्यो,’ छोराले आईपीएलसम्मको यात्रा गर्न लाग्दा उनले सम्झिइन् ।

नेपाल आएपछि सन्दीप रहजरस्थित भिनाजुको घरमा दिदी इन्दुसँगै बस्दै आएका थिए । मंगलबार कान्तिपुर संवाददाता रजहर पुग्दा इन्दु पोखरामा थिइन् । उनले हालै त्यहाँ व्यापार सुरु गरेकी छन् । इन्दुको घरमा सन्दीपका फोटा टाँगिएका थिए । एउटा कोठा उनले पाएका व्यक्तिगत ट्रफीले सजिएको थियो । किट ब्याग र हेलमेट स्ल्यापमा राखिएको थियो ।

‘बिहानदेखि बेलुका नहुन्जेल अभ्यास गरिरहन्थ्यो । बिहान नजिकैको चौरीमा खेल्न जान्थ्यो । दिउँसो अभ्यास गर्न नारायणगढ पुग्थ्यो । ऊ आउँदादेखि नै यहाँको स्तरमा राम्रै खेलाडी थियो । एकेडेमीमा पठाएपछि खेलमा धेरै सुधार आयो,’ भिनाजु अनिलले भने ।

आईपीएलमा छनोट भएपछि अनिलले फोन गरेर बधाई दिएका थिए सन्दीपलाई । उनले ‘दिदी–भिनाजुकै प्रमुख कारणले यहाँ पुगेको हुँ’ भनेको अनिल बताउँछन् । ‘बाहिर खेल्न जानुअगाडि गएँ भनेर खबर गर्छ । विदेश पुगेपछि पनि खबर गरिरहन्छ । आईपीएल पुग्छ भन्ने विश्वास लाग्दै गएको थियो,’ उनले भने ।

राष्ट्रिय टोलीमा पहिलो पटक पर्दा सन्दीप जुन उद्देश्यले नेपाल आए, त्यो पूरा भएको लागेको रहेछ दिदीभिनाजुलाई । नामिबियासँगको खेल दिदीभिनाजुले कीर्तिपुर मैदानमै हेरेका थिए । गत वर्ष केन्यासँगको खेल बुवाआमाले पनि काठमाडौं गएर हेरे । चन्द्रनारायणले भने, ‘केन्यासँगको खेल हेरेपछि महसुस भयो कि हाम्रो बच्चा अझै माथि पुग्नेछ ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने