५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकताको विषय नटुंगिई सरकारमा नजाने माओवादीकाे अडान

४ फाल्गुन २०७४, शुक्रबार ०२:०५

फागुन ४, काठमाडौ । एमालेसँग पार्टी एकताको विधि औपचारिक रूपमै टुंगो नलागेसम्म माओवादी केन्द्र केपी ओली नेतृत्वको सरकारमा सहभागी नहुने अडानमा देखिएको छ ।

अाजकाे कान्तिपुर दैनिकमा खबर छ- बुधबार राति अबेरसम्म चलेको दुई दलबीचको छलफलमा सहमति जुट्न नसकेपछि केन्द्रले बिहीबार सरकारमा आफ्ना तर्फबाट मन्त्री पठाएन ।


प्रधानमन्त्री ओलीसहित एमालेका दुई मन्त्रीले मात्र शपथ लिए ।‘पार्टी एकता र सरकारसम्बन्धी दुई दलको छलफल नटुंगिएका कारण हामीले अहिले मन्त्री नपठाएका हौं,’ माओवादी प्रवक्ता पम्फा भुसालले कान्तिपुरसँग भनिन्, ‘केही राजनीतिक र वैचारिक विषय टुंग्याउन बाँकी छन् ।’

माओवादी केन्द्रका प्रमुख नेताहरू बिहीबार बिहान अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बैठक बसेका थिए । बैठकले प्रधानमन्त्रीमा ओलीलाई तत्काल समर्थनसहितको पत्र राष्ट्रपतिकामा पुर्‍याउने तर सरकारमा सामेल नहुने निष्कर्ष निकालेको थियो । 

खुमलटार बैठकपछि माओवादीको समर्थन रहेको भन्दै दाहालले लेखेको पत्रसहित नेता नारायणकाजी श्रेष्ठ मात्र एमाले नेताहरूसँगै राष्ट्रपति कार्यालय पुगेका थिए ।

त्यहाँ दाहालले राष्ट्रपतिलाई सम्बोधन गर्दै पठाएको आफ्ना ५३ जना सांसदको केपी ओलीलाई समर्थन रहेको बेहोराको पत्र श्रेष्ठले हस्तान्तरण गरेका थिए । बुधबारको वार्तामा दुई दलबीच बिहीबार वाम एकता संयोजन समितिको बैठक बसी बाँकी विषय टुंग्याउने सहमति थियो । तर, बिहीबार बिहानैदेखि प्रधानमन्त्री नियुक्तिसम्बन्धी काममा अल्झिएकाले दुई दलको बैठक हुन सकेन ।

शुक्रबार दुई दलबीच छलफल हुने माओवादी प्रवक्ता भुसालले जानकारी दिइन् । उक्त बैठक सहमतिमा पुगे माओवादीले ओली नेतृत्वको सरकारमा आफ्ना मन्त्रीहरू पठाउनेछ । नत्र बाहिरै बसेर समर्थन मात्र गर्नेछ । 

नेताहरूका अनुसार बुधबार झन्डै चार घण्टा चलेको बैठकमा प्रधानमन्त्री आलोपालो गर्ने र पार्टीको सैद्धान्तिक विषय के हुने भन्नेमा कुरा मिल्न सकेको थिएन ।

दुवै पार्टीका अध्यक्ष पार्टीको संयुक्त नेतृत्व गर्ने विषयमा सैद्धान्तिक रूपमा सहमत थिए । तर, सरकारको नेतृत्व पनि ओली र दाहालबीच आलोपालो हुनुपर्ने, समय पनि किटान गर्नुपर्ने माओवादीको अडान थियो ।

छलफलमा दुई पार्टीका अध्यक्षको संयुक्त नेतृत्वको विषय टुंगिए पनि अन्य शीर्ष नेताका बारेमा के गर्ने भन्ने स्पष्ट धारणा बनिसकेको थिएन । दुवै दलका प्रमुख नेताले एकता प्रक्रियामा आफ्नो पनि स्थान सुरक्षित होस् भन्ने चाहेका छन् । 

उनीहरूको भूमिका अहिले नै के हुने भन्ने तय नहुँदा त्यसको प्रभाव बुधबारको वार्तामा पर्‍यो । अब शुक्रबार बिहानैदेखि बस्ने एकतासम्बन्धी बैठकले यो विषयसमेत निरूपण गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने