२ माघ २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् नेपाली सांसद, भारतीय मतदाता

५ फाल्गुन २०७४, शनिबार ०२:१७

फागुन ५, काठमाडौं । नेकपा माओवादी केन्द्रका तर्फबाट सिरहा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुरेशचन्द्र दासको नाम भारतीय मतदाता सूचीमा रहेको खुलेको छ। 

भारतमा मतदाता हुनका लागि १८ वर्ष उमेर पुगेको भारतीय नागरिक हुन अनिवार्य छ। यो खबर सुरेन्द्र पौडेल/भुवन शर्माले आजको नागरिक दैनिकमा लेखेका छन्।


नागरिक पत्रिकालाई प्राप्त कागजातअनुसार भारत, बिहार राज्यको दरभंगा जिल्लास्थित दरभंगा नगरपालिकाअन्तर्गत दासको नाम छ। उनको नाम अहिले पनि भारतीय निर्वाचन आयोगको आधिकारिक वेबसाइट डब्लुडब्लुडब्लु डट इसिआई डट एनआइसी डट आइएन मा भेटिन्छ।दासको भारतीय भोटर आइडीमा पिताको नाम देवनाथ दास उल्लेख छ। 

उनको फोटोसहितको मतदाता परिचयपत्र नम्बर (भोटर आइडी) ‘आइएजी ०३७३१८३’  छ। उनको मतदाता क्रमांक १७५ छ। उनको मतदान केन्द्रको नाम ‘मैथिली साहित्य परिषद्, मिश्रटोल, साउथ पार्ट’ उल्लेख छ।

‘लालबाग प्रोफेसर कोलोनी मिर्जापुर, नगर निगम दरभंगा, दरभंगा जिल्ला–८४६००४,’ मतदाता परिचयपत्रमा दासको ठेगाना उल्लेख गरिएको छ। भारतीय मतदाता हुनका लागि अनिवार्य रूपमा भारतीय नागरिक भई नागरिकता प्रमाणपत्र लिन जरुरी हुन्छ। जनवरी १ मा १८ वर्ष उमेर पुगेको वा सोभन्दा बढी वर्ष पार गरेका भारतीय नागरिक मात्र त्यहाँ मदताता हुन योग्य ठहरिने व्यवस्था भारतीय कानुनमा छ।

दासको मात्र होइन उनकी श्रीमती रेखाको नाम पनि भारतीय मतदाता सूचीमा छ। रेखाको मतदाता परिचयपत्र ‘सिएफबी ५१९४२८७’ छ। उनको मतदाता क्रमांक १०१ छ।माओवादीबाट सांसद बनेका दासको नेपालमा पनि सिरहा निर्वाचन क्षेत्र नं.२ मा नाम छ। 

उनको नेपाली मतदाता परिचत्रपत्र नम्बर १४५७६९८८ हो। निर्वाचन आयोगले प्रदान गरेको फोटोसहितको मतदाता परिचयपत्रमा उनका पिताको नाम देवनाथ दास उल्लेख छ। सिरहाको न. आधारभूत विद्यालय, औरही उनको मतदानस्थल हो।

‘भारतको बिहार राज्यको दरभंगामा मेरो घर छ। अहिले घर भाडामा लगाएको छु। त्यहाँ राजनीतिक दल र शिक्षकहरूले मतदाताको नाम संकलन गरी टिपाउने गर्छन्। 

उनीहरूले नै मेरो नाम टिपाएका होलान् र भारतीय निर्वाचन आयोगले सोहीअनुसार मतदाता सूचीमा मेरो नाम राखेको होला,’ भारतीय मतदाता सूचीमा नाम रहेछ नि भनी नागरिकले राखेको जिज्ञासामा दासले भने, ‘मतदाता सूची भनेको नागरिकता होइन। 

त्यहाँ नातेदार छन्, उनीहरूले पनि नाम टिपाएको हुनसक्छ।’दासले उनी नेपाली नागरिक भएको दाबी गर्दै शंका नगर्न आग्रह गरे। वंशजका आधारमा आपूmले नेपाली नागरिकता लिएको उनले बताए। अप्ठेरो पर्दा भारतलाई सेल्टरका रूपमा प्रयोग गरेको उनले जनाए।

दास यसअघि २०४८ र २०५१ सालमा दुईपटक सांसद भइसकेका छन्। उनी २०४८ र २०५१ मा नेपाली कांग्रेसबाट तत्कालीन सिरहा निर्वाचन क्षेत्र ३ बाट विजयी भएका थिए। २०४८ को निर्वाचनमा उनले सबैभन्दा बढी मत पाएका थिए। 

२०५१ को मध्यावधि  निर्वाचनपछि बनेको एमालेको अल्पमतको सरकार ९ महिनामा ढलेपछि कांग्रेस नेता शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको थियो। त्यसबेला देउवा नेतृत्वको सरकारमा उनी स्वास्थ्य राज्यमन्त्री थिए।

दासका पिता र काका पनि पूर्वसांसद हुन्। उनका पिता र काकाले २०१५ सालको संसदीय निर्वाचनमा तत्कालीन सप्तरी जिल्लाबाट निर्वाचन जितेका थिए। दुवै नेपाली कांग्रेसबाट विजयी भएका थिए। 

२०१५ सालमा दासका पिता देवनाथले सबैभन्दा बढी मत प्राप्त गरेका थिए। उनका काका सूर्यनाथ दास यादव २०१५ सालको निर्वाचनपछि बिपी कोइराला नेतृत्वको मन्त्रिमण्डलका सदस्य थिए।

दासका अनुसार २०१७ सालमा तत्कालीन राजा महेन्द्रले प्रजातान्त्रिक सरकारलाई ‘कू’ गरेपछि उनका पिता भारत निर्वासनमा गएका थिए।

पिताले बिहारको दरभंगामा जग्गा किनेर घर बनाएका थिए। २०२५ सालमा पिताको मृत्यु भएपछि २०३२ सालमा दास पुनः नेपाल फर्केका थिए। त्यसपछ उनी नेपालको राजनीतिमा सक्रिय छन्। 

यस पटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि उनी माओवादीमा प्रवेश गरेका थिए। त्यसपछि माओवादीले उनलाई सिरहा निर्वाचन क्षेत्र नं.२ बाट उम्मेददार बनाएको थियो। दासले नेपाली नागरिकताको प्रमाणपत्र २०४४ चैत २९ गते लिएका हुन्। उनको नागरिकता नम्बर ०३२३४४४३-२९२७ छ।

नाम त अरुले टिपाए होलान्, तर भारतीय निर्वाचन आयोगले फोटो कसरी प्राप्त ग¥यो भनी सोधिएको प्रश्नमा दासले अकमकाउँदै भने, ‘नातेदार छन्, उनीहरूले दिए कि ?’ उनले भारतको दरभंगामा पुख्र्यौली घर रहेको बताए। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चार संसदीय समितिको बैठक आज बस्दै ठमेलबाट चिनियाँ नागरिकको अपहरण गरेको आरोपमा ३ जना पक्राउ दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून राष्ट्रपति निवासबाटै पक्राउ आज पनि रवि लामिछानेको मुद्दामा थुनछेक बहस हुने हेर्नुहोस, बुधबारको विदेशी मुद्राको विनिमय दर यस्तो रहने छ आजको मौसम ! सुस्त मनस्थितिकी किशोरीलाई बलात्कारको आरोपमा युवक पक्राउ सुडानको राजधानी नजिकै भएको गोलाबारीमा १२० बढीको मृत्यु क्रोएसिया पठाइदिन्छु भन्दै ठग्ने व्यक्ति पक्राउ इन्डिगोको विमानमा बम राखेको धम्की आएपछि… थानकोटमा युवतीमाथि चक्कु प्रहार: साउदीमा हुँदा पैसा पठाउँथे नेपाल फर्केपछि ‘बेवास्ता’ गरेपछि घटना लस एन्जलसको आगो नियन्त्रणका लागि प्रयोग भइरहेको गुलाबी रङ्गको तरल पदार्थ के हो? ब्राजिलमा भेटियो अचम्मको माछा – मान्छेका जस्ता दाँत! डेढ महिनादेखि बेपत्ता वृद्धको शव सडेगलेको अवस्थामा फेला, कपडा र झोलाले चिनियो कोलेस्ट्रोलका बिरामी, मिर्गौला रोगीसहित यी व्यक्तिहरूले खानु हुँदैन अण्डा? प्रचण्डको दाबीः सरकार ढल्छ, हामीले धेरै बल गर्नै पर्दैन ‘महाराजधिराज’ को पोस्टरमा पलकाे दुई अलग चरित्र एक वर्षमा आठ हजार ६ सय नेपाली विमानस्थलबाटै फकाईए गोली हानेर श्रीमतीको हत्या पिएसएल अक्सनमा बिक्री भएनन् नेपाली खेलाडी