५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारस्थित नेपाली दूतावासले काँचुली फेर्यो !

६ फाल्गुन २०७४, आईतवार ०१:१४

फागुन ६, दोहा (कतार) | यस अघि 'मछलीबजार' को उपनामले चिनिने कतारस्थित नेपाली दूतावासको रुप फेरिएको छ । 

यस अघि दुतावासको खुला परिसर थिएन । एकतले भवन थियो। राजदूतको कोठा ढकढकाउन जो पनि सीधै पुग्थे । कर्मचारीलाई काम गर्ने वातावरण थिएन । सेवाग्राहीको चापले दूतावासको एसीले काम गर्दैनथ्यो । कोठामा निसास्सिएर काम गर्नुपथ्र्यो । जतिखेर पनि कूटनीतिक कर्मचारीहरू तनावमा भेटिन्थे । राहदानीको नयाँ फाराम बुझ्ने र राहदानी लिने, मागपत्र  प्रमाणीकरण गर्न, प्रहरी प्रतिवेदन बनाउनेदेखि श्रम समस्यामा परेका नेपालीको भीड  नै लाग्थ्यो ।

तश्विरमा: हालको दुतावास 

दूतावासले दैनिक ७ सयदेखि एक हजार जनालाई सेवा दिनुपथ्र्यो । पीडितलाई आश्रय दिने कोठा थिएन । भान्सालाई नै आश्रयस्थल बनाइएको थियो । दूतावासको आफ्नै सुरक्षा गार्ड थिएन । शौचालय उस्तै अस्तव्यस्त । देशको छविमै आंच आउने भएकाले कूटनीतिक भेटघाट दूतावासमा हुँदैनथ्यो, राजदूतकै निवासमा गरिन्थ्यो । 

तश्विरमा: हालको दुतावास 

यो हविगत देखेको परराष्ट्र मन्त्रालयको लामो प्रयासपछि अर्थ मन्त्रालयले सुविधायुक्त भवनमा दूतावास राख्न मिल्ने गरी भाडा रकम बढाइदियो । झन्डै १० लाख रुपयाँ मासिक भाडा तिर्ने गरी अहिले दूतावास नयाँ भवनमा सारिएको छ । नयाँ भवनमा १६ कार्यकक्ष छन् । राजदूतको सुविधायुक्त सचिवालय छ ।

तश्विरमा: आफ्नै दुतावासमा छलफल हुँदै   

द्विपक्षीय छलफल गर्ने कूटनीतिक बैठक कक्ष, समुदायका अगुवासँग छलफल गर्न सामुदायिक बैठक कक्ष, कर्मचारीका लागि छुट्टै बैठक कक्ष छन् । पुरुष र महिलाका लागि शौचालय पनि अलग-अलग छन्। अब यहाँ कूटनीतिक कर्मचारी मात्रै ११ जना छन् । एकैखालका पीडित धेरैभए दूतावासकै गाडीमा राखेर पीडितलाई श्रम कार्यालयसम्म लैजानेसमेत व्यवस्था गरिएको छ । 


अब दुतावासले आपतकालीन राहदानी ३ दिनमै दिलाउनेछ, कन्सुलर सेवा अनलाइनमार्फत दिइरहेको छ । – यो खबर होम कार्कीले कान्तिपुरमा लेखेका छन् 

तश्विरहरु: कतारस्थित नेपाली दुतावासको फेसबुकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने