२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसद्वारा नयाँ सरकारलाई चेतावनी, यस्तो छ कांग्रेसको रणनीति

२०७४, ६ फाल्गुन आईतवार ०१:३२

फागुन ६, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले अघिल्लो सरकारले गरेका अनुचित निर्णय तत्काल कार्यान्वयन नगर्न दिएको निर्देशनप्रति प्रमुख प्रतिपक्षी कांग्रेसले आपत्ति जनाएको छ । सरकारका निर्णय कांग्रेसका नभएकाले खारेज गरिँदा ‘क्याबिनेट सिस्टम’को खिल्ली उड्ने निष्कर्ष कांग्रेसको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार यस विषयमा आफू नेतृत्वको सरकारमा कानुनमन्त्री रहेका यज्ञबहादुर थापालगायतका नेताहरूसँग अनौपचारिक छलफल गरेका छन् । थापाले अघिल्लो सरकारले गरेका निर्णय राजनीतिक पूर्वाग्रहका आधारमा उल्ट्याइए त्यसले ‘क्याबिनेट सिस्टम’ को नै धज्जी उड्ने बताए ।

‘हाम्रो सरकारले गरेका निर्णय संविधान र कानुनसम्मत छन् । नयाँ सरकारका लागि राजनीतिकसम्मत मात्र नभएका हुन्,’ उनले नयाँ पत्रिकासँग भने, ‘राजनीतिक पूर्वाग्रह राखेर चुनाव भइसकेपछि किन निर्णय गरेको भनेर उल्ट्याउन त सक्नुहुन्छ । तर, यसले ‘क्याबिनेट सिस्टम’मा नकारात्मक असर पार्छ । एउटा सरकारले गरेको निर्णय अर्को सरकार आएर उल्ट्याउने संस्कृतिको विकास हुन्छ ।’

प्रधानमन्त्रीको पदभार सम्हालेलगत्तै ओलीले मुख्य सचिव लोकदर्शन रेग्मीलाई निर्वाचनपछिका निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका थिए । आजको नयाँ पत्रिकामा खबर छ ।

कांग्रेसको रणनीति

अघिल्लो सरकारले गरेको निर्णय उल्ट्याए कांग्रेस सत्तामा आएपछि वर्तमान सरकारले गरेका निर्णयमा पनि पुनर्विचार गर्न बाध्य हुने रणनीति तय गर्ने भित्री योजनामा कांग्रेस छ । ‘कांग्रेस अब कहिल्यै सत्तामा नआउने पार्टी होइन, एकपटक निर्वाचनबाट केही खुम्चियो भन्दैमा सधैँ सत्ताबाहिर पक्कै रहँदैन,’ थापाले भने, ‘संविधान ऐन र कानुनअनुरूपका निर्णयको जस–अपजस कांग्रेसले लिन्छ । सत्तामा नरहे पनि संसद्मा त हुन्छ, जनतामाझमा हाम्रो उपस्थिति बलियै छ ।’

सरकारलाई सहयोग गर्ने कि विरोध गर्ने भन्ने विषय उसको क्रियाकलापमा भर पर्ने कांग्रेसको भनाइ छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यदि अहिलेको सरकार मनपरी ढंगले अघि बढे ‘टिट फर ट्रयाट’को रणनीतिमा कांग्रेस अघि बढ्ने बताए । ‘गिरिजाप्रसाद कोइरालाको जीवनीका विषयमा दुईवटा किताब निस्किएका छन्, भोलुम १ र २ । भोलुम १ मा उहाँ एकलौटी ढंगले अघि बढेकाले सोचेजति सफलता हात पार्न नसकेको उल्लेख छ । भोलुम २ मा अन्य दलसँगको सहमतिमा अघि बढेपछि २४० वर्षे राजसंस्थासमेत फालेर गणतन्त्र ल्याउने नेतृत्व गरेको उल्लेख छ,’ शर्माले भने, ‘प्रधानमन्त्री केपी ओली भोलुम १ अन्तर्गत अघि बढ्नुहुन्छ कि २ अनुरूप, त्यो उहाँमा भर पर्छ । कांग्रेस उहाँको कार्यशैली हेरेर बसेको छ ।’ अघिल्लो सरकारका निर्णय वर्तमान सरकारले उल्ट्याए संसद्मा सशक्त आवाज उठाउने र ती एजेन्डालाई जनतासमक्ष बहसमा लैजाने तयारी कांग्रेसको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ