२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिनभर घुमघाम र मदिरा सेवन, राति बलात्कार ! (यसरी भयो बलात्कार)

२०७४, ७ फाल्गुन सोमबार ०३:४४

फागुन ७, काठमाडौँ | माघ २१ गते राति बानेश्वरको बुद्धनगरमा भएको बलात्कार घटनामा सहयोगी एक युवतीलाई प्रहरीले पक्राउ गरको  छ । उनलाई महानगरीय प्रहरी वृत्त बानेश्वरलेहिरासतमा राखी अनुसन्धान अघि बढाएको हो । घटनाको पाँच दिनपछि केटासाथीको सल्लाह बमोजिम पिडित युवतीले आफू बलात्कृत भएको भन्दै उजुरी दिएपछि घटना बाहिर आएको हो । सुदूरपश्चिम घर भई मध्य बानेश्वरको एक अस्पतालमा ल्याब असिटेन्टका रूपमा कार्यरत युवतीले आफू बलात्कृत भएको भन्दै जाहेरी दिएकि हुन् ।

घटनाको १५ दिन भइसक्दा पनि मुख्य आरोपी जुम्ला सिञ्जा घर भएका मनोज खत्रीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । मुख्य आरोपी खत्री शृंखलाबद्ध गुन्डागर्दीमा संलग्न धादिङको राधे समूह निकट छन् । पक्राउ परकी युवती बलात्कृत युवतीकी रुममेट हुन् । घटनाको राति उनी आफ्नो प्रेमीसँग अर्को कोठामा सुतेकी थिइन् ।

यसरी भयो बलात्कार 

पिडित युवती र अहिले थुनामा रहेकी युवती नेपालगन्जमा पढ्दादेखि नै सँगै डेरा गरी सँगै बस्थे । पछिल्लो समय उनीहरु दुवैजना बुद्धनगरमा भाडामा बस्थे । घटना घटेको दिन यी दुई सहित तीन युवती सुन्धारा पुगे । त्यहाँ उनीहरूले भेट्न आएका ४ जना केटासँगै बसेर खाना खाए र मदिरा पिए । सात मध्ये पाँच जना सुन्धाराकै एक रात्रि कालीन क्लबमा पुगे भने दुई युवती ट्याक्सी चढेर राति बुद्धनगरस्थित कोठामा फर्के । 

राति मनोजसहित कमल शाही र कमल सिंह युवतीकै कोठामा आए । अहिले थुनामा रहेकी युवती एउटा कोठामा आफ्नो प्रेमीसँग बसिन् भने अर्को कोठामा पीडित युवती, उनकी साथी, मनोज खत्री र कमल सिंह सुते । फरक-फरक ओछ्यानमा सुतेपनि मध्यरातमा मनोजले आफूलाई बलात्कार गरको भन्दै घटनाको पाँच दिनपछि युवतीले बानेश्वर वृत्तमा जाहेरी दिइन् । स्रोतका अनुसार मदिरा लागेकाले बलात्कार गर्दा प्रतिकारमा आफू असफल भएको युवतीले बताएकी छन् । घटनालगत्तै मौन रहेकी युवती आफ्ना केटा साथीको सल्लाह अनुसार प्रहरीकहाँ जाहेरी लिएर पुगेकी थिइन् ।

घटनाको राति कोठामै रहेका कमल शाही बाँके कोहलपुरका नेविसंघ कार्यकर्ता हुन् । प्रहरीले मुख्य आरोपी मनोज खत्रीको कल डिटेलसमेत झिकाएर अनुसन्धान थालेको छ । 

- यो खबर आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका हुन् 

- फाइल तश्विर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने