२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरीको खोजिरहेका सिलवाल प्रधानमन्त्री निवासमा

२०७४, ८ फाल्गुन मंगलवार ०१:५२

फागुन ८, काठमाडौं । कार्यसम्पादन मूल्याकंन किर्ते सम्बन्धी मुद्धामा प्रहरीले व्यापक खोजी गरिरहेका पूर्व डिआईजी एवं एमाले सांसद नवराज सिलवाल केपी प्रधानमन्त्री बनेलगत्तै सार्वजनिक स्थानमा देखिएका छन्। 

सिलवाल सोमबार साँझ एमाले नेता माधवकुमार नेपालसँग प्रधानमन्त्री ओलीलाई भेटन बालुवाटार पुगेका थिए। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

सरकारी छाप दस्तखत किर्ते मुद्दामा सर्वोच्च अदालतको आदेश अनुसार प्रहरीले अनुसन्धानका निम्ति सिलवाललाई ब्यापक खोजी जारी राखेको थियो। पुसको दोस्रो सातामात्रै प्रहरी परिसर काठमाडौंले सिलवाललाई बयानका लागि उपस्थित गराउन भन्दै प्रहरी परिसर ललितपुरलाई पत्राचार गरेको थियो।

सिलवाल फेला नपरेपछि प्रहरी प्रधान कार्यालयले सातै प्रदेशका प्रहरी कार्यालयलाई पत्राचार गर्दै उनको खोजी जारी राख्न आन्तरिक सर्कुलर गरेको थियो। यति गर्दा पनि सिलवाल फेला नपरेपछि प्रहरी प्रधान कार्यालयले सिलवालका नाममा इन्टरपोलमार्फत डिफ्युजन नोटिससमेत जारी गरेको थियो।

प्रहरीले खोजी कार्य जारी राखेपछि सिलवाल बेपत्ता रहेका थिए। उनले सुरुमा आफू कार्यक्रमका निम्ती मलेसिया गएको बताएका थिए भने प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएलगत्तै सामाजिक संजाल ट्विटरमा उनीविरुद्ध आक्रामक रुपमा खनिएका थिए।

सिलवाललाई मुद्दा चलाउन अनुसन्धानको फाइल अघि नबढाएको भन्दै प्रहरी महानिरिक्षक प्रकाश अर्यालले काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रवीन्द्र धानुकको सरुवा गराई उक्त स्थानमा महानगरीय प्रहरी कार्यालयमा कार्यरत एसएसपी विश्वराज पोख्रेललाई जिम्मेवारी दिएका थिए।

नियुक्त गरेलगत्तै प्रहरी परिसर काठमाडौंले गत बुधबार नै किर्ते सम्बन्धी अनुसन्धानको फाइल सरकारी वकिलको कार्यालयमा बुझाएको थियो। सरकारी वकिलको कार्यालयले रायसहितको प्रतिवेदन अध्ययनपछि अघि बढाउने भनेर फाइल रोकिराखेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त