२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फोरमलाई पनि सरकारमा ल्याउन ओली–प्रचण्डको यस्तो कसरत

२०७४, १० फाल्गुन बिहीबार ०१:४६

फागुन १०, काठमाडौं । प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय समाजवादी फोरमलाई पनि समेटेर सरकार विस्तार गर्ने गृहकार्य थालेका छन् । 

सरकारमा सहभागी हुन फोरम सकारात्मक देखिएपछि दुई नेता दुईतिहाइ बहुमतको सरकारको गृहकार्यमा जुटेका हुन् ।

संविधान संशोधनका विषय तय गर्न कार्यदल गठन भए सरकारमा आउन फोरम सकारात्मक छ । ‘फोरमलाई पनि सरकारमा ल्याउने कसरत भइरहेको छ, ऊ पनि सकारात्मक देखिएको छ । 

त्यसैले मधेसका मुद्दा सम्बोधनका लागि फोरमसमेत सहभागी हुने गरी सरकार विस्तार गर्ने गृहकार्य भइरहेको छ,’ माओवादी नेता अग्निप्रसाद सापकोटाले भने ।

एमाले र संघीय समाजवादी फोरमबीच संविधान संशोधन र सरकारमा सहभागिताका विषयमा बुधबार छलफल भएको छ । छलफलमा एमालेबाट सुवास नेम्वाङ र प्रदीप ज्ञवाली तथा फोरमबाट वरिष्ठ नेता अशोक राई र सहअध्यक्ष राजेन्द्र श्रेष्ठलगायत सहभागी थिए । फोरमले विगतदेखि उठाउँदै आएको संविधान संशोधनका मुद्दामा एमालेको धारणा मागेको थियो । स्रोतका अनुसार दुवै पक्ष कार्यदल बनाएर संशोधनका विषय पहिचान गर्न सकारात्मक देखिएका छन् ।

तर, फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने छलफल प्रारम्भिक चरणमै रहेकाले एमाले र माओवादीको धारणा प्रस्ट नभएसम्म सरकारमा सहभागी नहुने बताए । उनले भने, ‘अहिले छलफल प्रारम्भिक चरणमै छ, संशोधनबारे उहाँहरूको कस्तो धारणा आउँछ, परिस्थिति सकारात्मक बने सरकारमा जाने हो, नत्र प्रतिपक्षमै रहेर भूमिका निर्वाह गर्छौं ।’

फोरम सकारात्मक भएपछि मन्त्रिपरिषद् विस्तार पनि रोकिएको थियो । फोरमलाई एउटा महत्वपूर्णसहित २-३ वटा मन्त्रालय छुट्याउनुपर्ने भएकाले विस्तारमा ढिलाइ भएको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ । फोरमसँगको वार्तापछि नेम्बाङले साँझ प्रधानमन्त्री ओलीलाई ‘ब्रिफिङ’ गरेका थिए ।

प्रचण्डसँगको छलफलपछि प्रधानमन्त्रीले एमालेबाट २ र माओवादीबाट २ जनालाई बुधबार दोस्रो चरणमा मन्त्री बनाउने तयारी गरेका थिए । एमालेबाट महासचिव ईश्वर पोखरेल, सचिवद्वय प्रदीप ज्ञवाली र योगेश भट्टराई तथा माओवादीबाट रामबहादुर थापा, मातृका यादव र पम्फा भुसालमध्येबाट मन्त्री बनाउने तयारी थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे