५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फोरमलाई पनि सरकारमा ल्याउन ओली–प्रचण्डको यस्तो कसरत

१० फाल्गुन २०७४, बिहीबार ०१:४६

फागुन १०, काठमाडौं । प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय समाजवादी फोरमलाई पनि समेटेर सरकार विस्तार गर्ने गृहकार्य थालेका छन् । 

सरकारमा सहभागी हुन फोरम सकारात्मक देखिएपछि दुई नेता दुईतिहाइ बहुमतको सरकारको गृहकार्यमा जुटेका हुन् ।

संविधान संशोधनका विषय तय गर्न कार्यदल गठन भए सरकारमा आउन फोरम सकारात्मक छ । ‘फोरमलाई पनि सरकारमा ल्याउने कसरत भइरहेको छ, ऊ पनि सकारात्मक देखिएको छ । 

त्यसैले मधेसका मुद्दा सम्बोधनका लागि फोरमसमेत सहभागी हुने गरी सरकार विस्तार गर्ने गृहकार्य भइरहेको छ,’ माओवादी नेता अग्निप्रसाद सापकोटाले भने ।

एमाले र संघीय समाजवादी फोरमबीच संविधान संशोधन र सरकारमा सहभागिताका विषयमा बुधबार छलफल भएको छ । छलफलमा एमालेबाट सुवास नेम्वाङ र प्रदीप ज्ञवाली तथा फोरमबाट वरिष्ठ नेता अशोक राई र सहअध्यक्ष राजेन्द्र श्रेष्ठलगायत सहभागी थिए । फोरमले विगतदेखि उठाउँदै आएको संविधान संशोधनका मुद्दामा एमालेको धारणा मागेको थियो । स्रोतका अनुसार दुवै पक्ष कार्यदल बनाएर संशोधनका विषय पहिचान गर्न सकारात्मक देखिएका छन् ।

तर, फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने छलफल प्रारम्भिक चरणमै रहेकाले एमाले र माओवादीको धारणा प्रस्ट नभएसम्म सरकारमा सहभागी नहुने बताए । उनले भने, ‘अहिले छलफल प्रारम्भिक चरणमै छ, संशोधनबारे उहाँहरूको कस्तो धारणा आउँछ, परिस्थिति सकारात्मक बने सरकारमा जाने हो, नत्र प्रतिपक्षमै रहेर भूमिका निर्वाह गर्छौं ।’

फोरम सकारात्मक भएपछि मन्त्रिपरिषद् विस्तार पनि रोकिएको थियो । फोरमलाई एउटा महत्वपूर्णसहित २-३ वटा मन्त्रालय छुट्याउनुपर्ने भएकाले विस्तारमा ढिलाइ भएको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ । फोरमसँगको वार्तापछि नेम्बाङले साँझ प्रधानमन्त्री ओलीलाई ‘ब्रिफिङ’ गरेका थिए ।

प्रचण्डसँगको छलफलपछि प्रधानमन्त्रीले एमालेबाट २ र माओवादीबाट २ जनालाई बुधबार दोस्रो चरणमा मन्त्री बनाउने तयारी गरेका थिए । एमालेबाट महासचिव ईश्वर पोखरेल, सचिवद्वय प्रदीप ज्ञवाली र योगेश भट्टराई तथा माओवादीबाट रामबहादुर थापा, मातृका यादव र पम्फा भुसालमध्येबाट मन्त्री बनाउने तयारी थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने