नेपाली सेनाले नौ हवाई साधन र तिनका पार्टपुर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नेपाली सेनाले नौ हवाई साधन र तिनका पार्टपुर"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली सेनाले हेलिकप्टर अफ्रिकामा उड्ने, यस्तो छ कारण

२०७४, १० फाल्गुन बिहीबार ०१:५१

फागुन १०, काठमाडौं । नेपाली सेनाले थोत्रो भनेर लिलामीमा राखेको एउटा हेलिकप्टर अफ्रिकी आकाशमा उड्ने भएको छ । 


नेपाली सेनाले नौ हवाई साधन र तिनका पार्टपुर्जा बिक्री प्रक्रिया अघि बढाएको ६ महिना बढी भइसकेको छ । यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

लगातारका टेन्डरपछि ४ हेलिकप्टर बिक्री प्रक्रिया अघि बढेको छ । सेनाको हवाई निर्देशनालयले लिलामीमा राखिएका सबै हवाई साधन र पार्टपुर्जाको कुल न्यूनतम मूल्य ६५ करोड ७६ लाख ५८ हजार निर्धारण गरी बोलकबोलमा बिक्री घोषणा गरेको थियो । 

एक पुमा हेलिकप्टर बिक्री भएको छ । विशिष्ट व्यक्तिका लागि उपयोग गरिएका दुई सुपरपुमा र सेनाले प्रयोग गरेको अर्को एउटा हेलिकप्टर पनि बिक्रीमा राखिएको थियो ।

एजेन्टमार्फत बिक्री गरिएको उक्त पुमा हेलिकप्टर छिट्टै अफ्रिकी मुलुक पुग्नेछ । अफ्रिकी महादेशमा रहेका आफ्ना सेनाका अधिकृतहरूमार्फत सेनाले बिक्रीको लबिइङ गरिरहेको छ । 

उक्त पुमा सामान्य मर्मतपछि उडान भरेरै लैजाने वा प्लेनमा लगेर उतै मर्मत गर्ने भन्ने निश्चित भएको छैन । उक्त हेलिकप्टर मर्मतपछि राम्रै उडान भर्न सक्ने निष्कर्ष खरिद गर्ने एजेन्टको छ ।

सेनाले मर्मतमा धेरै खर्च लाग्ने भन्दै यस्ता हेलिकप्टर र त्यसमा उपयोग हुने पार्टपुर्जा बिक्री गर्न लागेको हो । धेरै पटक मर्मत गर्नुभन्दा नयाँ खरिद प्रक्रिया मुलुकको हितमा रहेको निष्कर्षमा सेनाको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने