५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

६० वर्ष पुगेका नागरिकलाई स्वास्थ्य संस्था र यातायातमा ५० प्रतिशत छुट

१० फाल्गुन २०७४, बिहीबार ०२:०६

फागुन १०, काठमाडौं । असी वर्ष पुगेका वृद्धाले दायर गरेको एक रिटमा सर्वोच्च अदालतले बुधबार स्वास्थ्य संस्था र सार्वजनिक यातायातमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित सरकारी निकायलाई अन्तरिम आदेश दिएको छ। सर्वोच्चको आदेशले मुलुकभरका यातायातमा ६० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई स्वास्थ्य संस्था र यातायातमा छुट दिन सरकारी निकायलाई बाध्यकारी बनाउनेछ। 

यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसहित १० सरकारी निकायका नाममा अन्तरिम आदेश जारी भएको हो।

ज्येष्ठ नागरिकलाई यातायातमा ५० प्रतिशत छुटको व्यवस्था रहे पनि समान रूपले कार्यान्वयन हुन नसकेको दाबीसहित अर्घाखाँची घर भई बुटवल उपमहानगरपालिका–७, दीपनगर बस्ने ८० वर्षीय नित्यानन्द पाण्डेयले रिट दिएका हुन्।

ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा ९ को उपदफा २ मा सरकारले सूचना प्रकाशन गरी सवारी साधनमा सवारीधनी वा सञ्चालकले कम्तीमा दुई वटा सिट सुरक्षित राख्नुपर्ने र यात्रु भाडा दरमा कम्तीमा ५० प्रतिशत छुट दिनुपर्ने व्यवस्था गरे पनि व्यवहारमा कार्यान्वयन नभएको दाबी पाण्डेयको थियो।

– सवारी र स्वास्थ्य संस्थामा एकसाथ छुट पाउने

– ६० काटेका वृद्धवृद्धालाई सुविधा

– कानुन भए पनि सुविधामा झमेला

– आदेशपछि ८० वर्षका निवेदक खुसी

ऐनले ६० वर्ष पूरा गरेका नागरिकलाई ज्येष्ठ नागरिकको परिभाषाभित्र राखेको छ। कार्यविधिमा पनि यस्तो प्रावधान छ।

संविधानको धारा ४१ ले ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने सुनिश्चित गरेको भनाइसमेत उनको थियो। ऐनमा ज्येष्ठ नागरिकलाई सुविधा दिने दायित्व सम्बन्धित सवारीधनी वा सञ्चालकको हुने भनिएको छ।

सरकारले तोकेको स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाले ज्येष्ठ नागरिक त्यस्तो संस्थामा उपचार गर्न जाँदा लाग्ने शुल्कमा कम्तीमा ५० प्रतिशत छुट दिनुपर्ने अनिवार्य व्यवस्थासमेत यो ऐनमा छ। 

सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले रिटको अन्तिम टुंगो नलागेसम्मका लागि स्वास्थ्य संस्था र सवारी यातायातमा ५० प्रतिशत छुटका लागि विपक्षीका नाममा अन्तरिम आदेश दिएको हो।

‘सर्वोच्चको आदेशबाट कानुनअनुरूप सबै वृद्धवृद्धाले सुविधा पाउने बाटो खुलेको छ। अब यस्तो भेदभाव हुने छैन भन्ने आशा पलाएको छ,’ आदेशपछि पाण्डेयले भने, ‘देशभरका वृद्धवृद्धाको न्यायका लागि सर्वोच्चको ढोकासम्म आएको हुँ।’

सवारी साधनमा यात्रा गर्दा वृद्धवृद्धाले सम्मानको सट्टा अपमान र दुव्र्यवहार खेप्नुपरेको तीतो अनुभव पनि पाण्डेयले सुनाए। आफू बसोवास गर्ने क्षेत्रको सबैभन्दा ठूलो स्वास्थ्य सेवा प्रदान गर्ने सरकारी संस्थाले पनि ज्येष्ठ नागरिकको उपचारमा कानुनले तोकेबमोजिम छुट सुविधा सहज रूपमा उपलब्ध नगराएको भनाइ उनको थियो।

निवेदक पाण्डेयका तर्फबाट अधिवक्ताद्वय गोकर्णराज बन्जाडे तथा केशवरमण अर्यालले बहस गरेका थिए।

पाण्डेयका कानुन व्यवसायी रहेका अधिवक्ता ईश्वरी भट्टराईले सरकारले तोकेका स्वास्थ्य संस्था र यातायात व्यवसायी महासंघ मातहत सञ्चालित सम्पूर्ण सवारी साधनमा अनिवार्य ५० प्रतिशत छुटको सुविधा ग्यारेन्टी हुने गरी आदेश भएको बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने