५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मनोज पुनको हत्या कि इन्काउन्टर ? घटना रहस्यमयी

१० फाल्गुन २०७४, बिहीबार ०२:१७

फागुन १०, काठमाडौं । भारतमा बसेर उतैका आपराधिक गिरोहको संरक्षणमा नेपाली व्यवसायीबाट करोडौं रकम असुली र व्यक्ति हत्याका आरोपी पुनको मृत्यु गैरन्यायिक हत्या हो कि इन्काउन्टर भन्ने प्रश्न उब्जिएको छ।


एमालेसम्बद्ध युवा संघ रुपन्देही अध्यक्ष दुर्गाप्रसाद तिवारी र देवदहकै फर्निचर व्यवसायी वसन्त पौडेलको हत्याको जिम्मेवारी लिएका पुनको अपराध शृंखला काठमाडौंका निर्माण व्यवसायी संघका अध्यक्ष शरद गौचन हत्यासम्म जोडिएको छ। 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी श्याम ज्ञवालीले पुन प्रहरी मुठभेडमा मारिएको दाबी गरेका छन् तर उनका तर्फबाट कति राउन्ड गोली प्रहार भयो, प्रहरीमाथि पुनले कुन प्रकारले आक्रमण गर्‍यो भन्नेबारे प्रहरी अनुत्तरित छ । पुनको खोजतलासमा जुटेका प्रहरी भन्छन्, ‘हामीमाथि फायर गरेपछि आत्मरक्षाका लागि गोली चलाउँदा पुन ढलेका हुन्।’

यसअघि दिनेश अधिकारी ‘चरी’, कुमार घैंटे र प्रवीण खत्री प्रहरीकै शब्दमा दोहोरो मुठभेडमा मारिएका हुन्। चरी र घैंटेको मृत्युको विषयलाई लिएर एमाले र कांग्रेसका नेताले ‘फेक इन्काउन्टर’ को संज्ञा दिएका थिए। 

एमाले नेता राजेन्द्र पाण्डेले त संसद्मै घटना छानबिन हुनुपर्ने माग गरेका थिए तर छानबिन भएन। घैंटे मारिएपछि कांग्रेस नेता जगदीशनरसिंह केसीले पनि फेक इन्कान्उटर नै रहेको दाबी गरेका थिए। कांग्रेस नेता गगन थापाले पनि घैंटेको पक्षमा बोल्दै प्रहरी ज्यादती बढेको आरोप लगाएका थिए।

राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य गौरी प्रधान इन्काउन्टर र फेक इन्काउन्टरबारे छानबिन गर्नुपर्ने बेला आएको बताउँछन्। उनले भने, ‘नेपालको संविधानले बाँच्न पाउने अधिकार सबैलाई दिएको छ। 

आपराधिक पृष्ठभूमिका व्यक्तिलाई पक्राउ गर्न जाँदा प्रहरीतर्फ ठूलै हानि–नोक्सानी वा ज्यानै जान सक्ने परिस्थिति आएमा प्रहरीले बल प्रयोग गर्न पाउँछ तर घटना प्रकृति र मुचुल्काले त्यो पुष्टि हुनुपर्छ।’

प्रधानले आयोगले त्यस्ता घटना छानबिन गर्ने र छानबिनबाट देखिएका तथ्य बाहिर ल्याएमा मुलुकमा विधिको शासन रहेको भान आमसर्वसाधारणमा पर्ने बताए, अन्नपूर्ण पोस्टमा खबर छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने