५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रीहरू छान्नै गाह्रो: एमालेमा आकांक्षी धेरै, माओवादीमा हानथाप

१२ फाल्गुन २०७४, शनिबार ०२:०१

फागुन १२, काठमाडौं । मन्त्रिपरिषद्ले मन्त्रालयको संख्या निर्धारण गरे पनि सत्तारूढ दल एमाले र माओवादी केन्द्रलाई मन्त्री छान्ने हम्मे परेको खबर कान्तिपुरको पहिलो पृष्ठमा छापिएको छ ।

आकांक्षीको व्यवस्थापन गर्न समस्या परेपछि नाम तय हुन सकेको छैन । यसले गर्दा सरकार बनेको एक साता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । दुवै पार्टीले मन्त्री छान्न अध्यक्षसहितका शीर्ष नेतालाई जिम्मा दिएका छन् ।

एमालेको शुक्रबार स्थायी समिति बैठकले वरिष्ठ नेताहरूका परामर्शमा प्रधानमन्त्री ओलीलाई नै नाम टुंग्याउने जिम्मेवारी दिएको छ । 

‘मन्त्री छनोट गर्दा समावेशी, कार्यक्षमता लगायतका विषय हेरेर नेताहरूको परामर्शमा प्रधानमन्त्रीलाई नाम टुंगो लगाउने जिम्मेवारी दिइएको छ,’ एमाले सचिव योगेश भट्टराईले भने । उनका अनुसार अब प्रधानमन्त्रीले नै मन्त्री छनोट गर्नेछन् । 

एमालेको तर्फबाट यसअघि लालबाबु पण्डित र थममाया थापा मन्त्री बनिसकेका छन् । माओवादीसँगको भागबन्डामा एमालेले १० वटा मन्त्रालय पाउने समझदारी भएकाले अब एमालेबाट ८ जना मन्त्री हुनेछन् । आठ जनाका लागि आकांक्षीको संख्याभने ठूलो छ ।

माओवादीले पनि आफ्नो पार्टीबाट मन्त्री बन्नेहरू छान्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल, नेताहरू नारायणकाजी श्रेष्ठ र रामबहादुर थापालाई दिएको छ । उनीहरूलाई समावेशी, जातीय र क्षेत्रीय सन्तुलन मिलाउने गरी व्यक्ति चयन गर्न जिम्मेवारी दिइएको छ । 

माओवादीका भागमा सातवटा मन्त्रालय परेको छ । तत्कालका लागि पार्टी एकता नभएकाले थापा नेतृत्वमा सरकारमा मन्त्रीहरू पठाउने माओवादीले करिब टुंगो लगाएको छ । 

यद्यपि कुन–कुन मन्त्रालय रहने भन्ने शुक्रबार मात्र मन्त्रिपरिषद्ले टुंग्याएकाले शनिबारसम्ममा दुई दलबीच कुराकानी भएपछि मन्त्रालय र व्यक्तिको अन्तिम छनोट हुनेछ ।

माओवादीले गृह मन्त्रालय पाउने करिब निश्चित छ । त्यसैले त्यो मन्त्रालयमा को जाने भन्नेमा मुख्य नेताहरूबीच हानथाप छ । माओवादीले मन्त्री बनाउनेको रोस्टर करिब तयार गरेको छ । 

रोस्टरमा परेका व्यक्तिहरूमध्येबाट अब अध्यक्षले अन्तिम नाम छनोट गर्नेछन् । प्रत्येक प्रदेशबाट कम्तीमा एकजना पर्ने गरी छान्ने तयारी भएको माओवादी नेताहरूले बताएका छन् । 

माओवादीको रोस्टरमा रामबहादुर थापा, वर्षमान पुन, शक्ति बस्नेत, गिरिराजमणि पोखरेल, पम्फा भुसाल, बिना मगर, मातृका यादव, सुदन किराती, अमलनलाल मोदी, देवेन्द्र पौडेललगायतको नाम छ । यीमध्येबाटै नेताहरूले छलफल गरेर मन्त्री बन्नेको नाम तय गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल