२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवामाथि पौडलको प्रश्‍न: गुट संरक्षकबाहेक के गर्नुभयो ?

२०७४, १४ फाल्गुन सोमबार ०१:०८

फागुन १४, काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवामाथि आफू र आफ्नो गुटको संरक्षक बन्नेबाहेक अन्य केही नगरेको आरोप लगाएका छन्। 

यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ। कांग्रेस केन्द्रीय समितिको आइतबार बसेको बैठकमा चारपृष्ठ लामो अवधारणा राख्दै पौडेलले सभापति देउवामाथि पार्टीका सबै निकाय, भ्रातृ संगठन तहसनहस अवस्थामा पुर्‍याएको समेत आरोप लगाएका छन्।

पार्टीको १३ औं महाधिवेशनलगत्तै आफूले देउवालाई भेटेर समूहको संरक्षक नभई सिंगो कांग्रेसको नेता बन्न आग्रह गरेको स्मरण गर्दै पौडेलेले भनेका छन्, ‘कांग्रेसको नेता हुन देउवाजी तपाईं तयार हुनु भएन। परिणाम आज के भयो ? कांग्रेसले कांग्रेसलाई हराएर आनन्द मान्ने ठाउँमा पुगेको छ। पार्टीको सबै निकाय, भ्रातृ संगठन तहसनहस अवस्थामा पुर्‍याउँदै आफू र आफ्नो गुटको संरक्षक बन्नेबाहेक अन्य के गर्नुभयो।’

तपाईंको नेतृत्वले आफ्नो गुट मजबुत बन्यो होला तर, बिचरा कांग्रेस झन्झन् दुर्बल बन्दै कम्युनिस्टलाई सत्ता सुम्पिन बाध्य भएको आरोप पौडेलले लाए।

कामचलाउ सरकार भएपछि जनतालाई दिएको राहतसमेत अपजसको भारी बनेको भन्दै पौडेलले आक्रोश पोखे।

चुनावमा कांग्रेस हार्नुको मुख्य कारण कांग्रैस नै रहेको दाबी गर्दै पौडेलले भनेका छन्, ‘सातमध्ये एउटै प्रदेशमा पनि सत्ता नेतृत्व किन गर्न सकेन। कांग्रेस हरेक कोणबाट हरेक क्षेत्रमा दयनीय अवस्थामा पुगेको छ। यसको जिम्मेवार देउवाले दिनैपर्छ।’

कांग्रेस केन्द्र र प्रदेशमा प्रतिपक्षी भए पनि सरकारका गलत निर्णय सच्याउन दबाब दिने बलसम्म नहुँदा निरीह बनेर संसद्मा बस्नुको विकल्प नरहेको उनको तर्क छ।

चुनाव पराजयमा पार्टी सभापतिले नैतिक जिम्मेवारी नलिनु आपत्तिजनक कुरा हो भन्दै पौडेलले भनका छन्, ‘अब कांग्रेसमा नैतिक शब्दको अर्थान्तर भइसक्यो।’

उनले देउवासमक्ष तत्काल महाधिवेशन आह्वान गर्न पनि आग्रह गरेका छन्। महासमिति बैठक बोलाएर संघीय लोकतान्त्रिक गणतन्त्रअनुरूप विधान बनाउन र १४ औं महाधिवेशनमा तत्काल जान देउवालाई आग्रह गरेका छन्।

पौडेलले जम्बो मन्त्रिपरिषद्को गठन, प्रधानन्यायाधीशमाथिको महाअभियोगदेखि आईजीपी प्रकरण, राजदूत नियुक्तिलगायतमा आफ्नो सुझावलाई बेवास्ता गरेको परिणाम कांग्रेस निर्वाचनमा पराजित भएको आरोप लगाए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने