२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज सरकार विस्तार, को-को हुँदैछन् मन्त्री ?

२०७४, १४ फाल्गुन सोमबार ०१:१०

फागुन १४, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफू प्रधानमन्त्री नियुक्त भएको ११ दिनपछि सोमबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन्। 

पार्टी एकतामा सहमत माओवादी र आफ्नै पार्टी नेतालाई समेटेर प्रधानमन्त्रीले दो श्रो चरणमा सोमबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।

मन्त्रिपरिषद् विस्तारको तयारीका लागि एमाले–माओवादी दुवैले आइतबार आ–आफ्ना पार्टी नेतासँग सामूहिक, एक्लाएक्लै छलफलसमेत गरी आन्तरिक तयारी गरेका थिए।

प्रधानमन्त्री ओलीले माओवादी अध्यक्ष दाहालसँग आइतबार साँझ प्रधानमन्त्री निवासमा झन्डै एक घण्टा एक्लै भेट गरी सरकार विस्तारका विषयमा छलफल गरेका थिए।

‘प्रधानमन्त्रीले अब सरकार विस्तार गर्नुहुन्छ’, एमाले महासचिव ईश्वर पोखरेलले अन्नपूर्णसँग भने, ‘सरकार विस्तारकै लागि उहाँले माओवादी अध्यक्षसँग छलफल गर्नुभएको छ।

तीनै तहका निर्वाचनमा नराम्रोसँग पराजित कांग्रेस किंकर्तव्यमुढ अवस्थामा पुगेको धारणा विश्लेषकहरूले राखेका छन्। उनीहरूले तत्कालका लागि कांग्रेसले राजनीतिक निकास दिन सक्ने अवस्था पनि नरहेको तर्क गर्दै भनेका छन्, ‘कांग्रेसले भन्दै आएको राष्ट्रियता, समाजवाद र प्रजातन्त्र पनि संग्रहालयमा पुगेको छ।’

कांग्रेस अहिले ठेकेदार, डन, भ्रष्टाचारी र नातेदारको केन्द्रबिन्दु बनेकोतर्फ इंगित गर्दै उनीहरूको सुझाव छ, ‘जनताको कांग्रेस नभएसम्म उसलाई पत्याउने आधारसम्म छैन।’

संयुक्त राष्ट्रसंघका पूर्वस्थायी प्रतिनिधि प्राडा जयराज आचार्य भन्छन्, ‘इतिहासमै नराम्ररी पराजय भोगेको कांग्रेस चुनौतीको घेराबन्दीमा बस्न बाध्य छ। कांग्रेसले पराजयको पीडालाई शान्त पार्न नयाँ ढंगमा जानुपर्छ। राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई जनतामा लग्ने नीति, कार्यक्रम र विश्वसनीय नेतृत्व अपरिहार्य छ।’

प्राध्यापक डा.उद्धव प्याकुरेलले कांग्रेसको भावी नीति भनेको जनमुखी कार्यक्रम ल्याउनुरहेको तर्क गर्छन्। उनी भन्छन्, ‘कसको नेतृत्व र एजेन्डामा पार्टीलाई किन र केका लागि अघि बढाउने भन्ने नीतिगत स्पष्टताको आवश्यकता छ, त्यो नभएसम्म कांग्रेस असफल भइरहन्छ।’

कांग्रेसको वर्तमान नेतृत्वले अविकसित देशमा राजनीतिक नारा ठूलो कुरा हो भन्ने बुझ्नु जरुरी रहेकोमा उनले जोड दिए।

‘धन, डन, भ्रष्ट र नातामा कांग्रेस छैन भन्ने प्रमाणित गर्नैपर्छ, अन्यथा आरालो लागेको मृगलाई बाछोले पनि खेद्छ भनेझैं अब कांग्रेस खेदिने मात्र हो’, उनले भने सोमबार दिउँसो ४ बजेसम्ममा विस्तार हुन्छ।’

स्रोतका अनुसार, प्रधानमन्त्री ओली र दाहालबीचको भेटमा दुवै पार्टीले सरकारमा पठाउन खोजेका मन्त्रीको प्रारम्भिक नाम र सरकारको नीति तथा कार्यक्रमका विषयमा समेत केन्द्रित रहेर कुराकानी भएको छ।

ओली नेतृत्वको सरकारमा १८ मन्त्रालय राख्ने र त्यसमा एमालेले प्रधानमन्त्रीसहित ११ र माओवादी केन्द्रले ७ मन्त्रालय लिने गरी भागबन्डा भएको थियो। १० फागुनमै मन्त्रालय भागबन्डा लगाए पनि दुवै पार्टीले आफ्ना भागमा परेका मन्त्रालयमा मन्त्रीको आकांक्षी धेरै हँुदा टुंगो लगाउन सकेका थिएनन्।

मन्त्री बन्न दुवै पार्टीका आकांक्षीको ‘प्रेसर’ थेग्न ओली–दाहाल दुवैलाई सकस परेपछि निर्णयमा पुग्न ढिलाइ भएको हो।

प्रधानमन्त्रीले पार्टीबाट मन्त्रिपरिषद्मा पठाउने नेताहरूको नामका विषयमा पार्टीका वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र महासचिव ईश्वर पोखरेलसँग पनि आइतबार छलफल गरेका थिए।

प्रधानमन्त्रीले नेता नेपालसँग एक्लै र अन्य नेतासँग भने सामूहिक रूपमा सरकारमा पठाउने मन्त्रीहरूको विषयमा परामर्श गरेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

‘प्रधानमन्त्रीले दाहालदेखि पार्टीकै वरिष्ठ नेतासँग सरकार विस्तारका विषयमा केन्द्रित रहेर कुराकानी गर्नुभएको छ’, ओलीका प्रेस संयोजक अधिकारीले भने, ‘सम्भवतः सोमबार मन्त्रिपरिषद् विस्तार हुन्छ।’

प्रधानमन्त्री र माओवादी अध्यक्षबीच सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी भए पनि दुवै पार्टीले अझै सरकारमा पठाउने मन्त्रीको टुंगो भने लगाउन सकेका छैनन। दुवै पार्टीमा आकांक्षी नेताको संख्या बढी भएको र आकांक्षीमध्ये पनि धेरैले गृह, अर्थजस्ता महŒवपूर्ण मन्त्रालयमै दाबी नछाडेका कारण ओली–दाहाल दुवै निर्णयमा पुग्न सकिरहेका छैनन्।

माओवादीले प्रदेशस्तरबाट सम्भावित मन्त्रीहरूको सूची तयार पारेर छनोटको काम बाँकी राखेको छ। एमालेमा पनि अध्यक्ष ओलीले वरिष्ठ नेतासँग परामर्श गरेर नाम तय गर्न थालेका छन्। यद्यपि निर्णयमा भने ओली पनि पुगिसकेका छैनन्।

दुवै पार्टीले सांसदहरूको प्रेसर कम गराउन भए पनि सोमबार मध्यान्ह्सम्म मात्रै नाम फाइनल गर्ने गरी तयारी गरेका छन्।

‘सोमबार बिहान कार्यालयको बैठक बसेर मात्र पार्टीबाट सरकारमा जाने मन्त्रीको नाम फाइनल हुन्छ, अहिले नै टुंगिहालेको छैन’, माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले भनिन्।

माओवादी कार्यालयमा अध्यक्ष दाहाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन्। माओवादीमा वरिष्ठ नेता रामबहादुर थापाको नेतृत्वमा सरकारमा जाने करिब निर्णयजस्तै छ। यद्यपि उनको मन्त्रालयको विषय भने टुंगिएको छैन।

उनले सरकारमा उपप्रधानसहित गृहमा रुचि देखाएका छन्। माओवादीमै नेताहरू वर्षमान पुन र जर्नादन शर्माले पनि गृहमै दाबी प्रस्तुत गरेका छन्। माओवादीवाट गिरिराजमणि पोखरेल, पम्फा भुषाल, मातृका यादव, शक्ति बस्नेत, बीना मगर, अमनलाल मोदी, सुदन किराँती, सुरेश राई (हिमाल), देवेन्द्र पौडेल, हरि अधिकारी, चक्रपाणि खनाललगायत नेतामध्येबाट मन्त्री बनाउने गरी रोस्टर तयार भएको छ।

उता एमालेमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली, सुरेन्द्र्र पाण्डे, भानुभक्त ढकाल, रवीन्द्र अधिकारी, पद्मा अर्याल, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, वसन्त नेम्बाङ, प्रेम आले, पार्वत गुरुङ, राजबहादुर बुढालगायत नेता मन्त्रीका लागि लबिङमा छन्। यसअघि नै ओलीले लालबाबु पण्डित र थममाया थापामगरलाई मन्त्री बनाइसकेका छन्।

ओलीले पनि सोमबार बिहान पुनः पार्टी नेतासँग एकचरण छलफल गरेर मात्र मन्त्रीको नाम टुंग्याउने तयारी गरेको ओलीनिकट स्रोतले बतायो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने