५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिनियाँ जहाज उडाउन चिनियाँ पाइलट

१४ फाल्गुन २०७४, सोमबार ०१:१४

फागुन १४, काठमाडौं । राष्ट्रिय ध्वाजवाहक नेपाल वायुसेवा निगमले चीनबाट ल्याएको वाई १२ जहाज उडाउन चिनियाँ पाइलट ल्याउने भएको छ। 

चिनियाँ जहाज उडाउने दक्ष पाइलट नेपालमा नभएका कारण चीनबाट नै ल्याउन लागिएको हो।यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

चार वटा वाई १२ सिरिजका जहाज उडान निगमसँग दुई जना मात्रै पाइलट छन्। पाइलट नभएपछि तत्कालका लागि चिनियाँ पाइलट ल्याउने गरी छलफल सुरु भएको नेवानिका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए। उनले भने, ‘नेवानिले वाई १२ जहाज उडान गर्ने पाइलटको विज्ञापन गरेको छ। तत्कालका लागि चिनियाँ पाइलट नै ल्याउने गरी जहाज निर्मात कम्पनीसँग छलफल थालिएको छ।’

पाइलट अभावकै कारण नेवानिले वाई १२ सिरिजका जहाज पर्याप्त मात्रमा उडान गर्न सकेको छैन। वाई १२ जहाज उडानका लागि जहाज उपलब्ध गराउने कम्पनीले आफूहरूसँग अंग्रेजी भाषा बोल्ने तीन चिनियाँ पाइलट रहेको जानकारी दिएपछि छलफल सुरु भएका हो।

पाइलट मासिक तबलमा ल्याउने योजना भए पनि कति तलब र कुन सेवा सुविधा दिने भन्नेमा निर्णय हुन बाँकी रहेको कंसाकारले बताए।

नेवानिसँग चार वटा वाई १२ सिरिजका जहाज उडाउन दुई पाइलट मात्रै छ। नेवानिले दुई साता अगाडि ल्याएका दुई वटा वाई १२ सिरिजका जहाजको उडान भने सुरु गरेको छैन। 

नेवानिले अहिले जहाज उडानका लागि प्राधिकणसँग कागजी प्रक्रिया सुरु गरेको कंसाकार बताउँछन्। कागजी प्रक्रिया पूरा गरेसँगै आन्तरिक उडानका थप गन्तव्य विस्तार गर्दै नियमित उडानका लागि चिनियाँ पाइलट ल्याउने तयारी भएको उनले बताए।

नेवानिले तीन वर्ष अगाडि पनि एयरबस उडाउने पाइलट मासिक १६ लाख खर्च गर्दै विदेशबाट नै ल्याएको थियो। आन्तरिक उडानमा पनि उच्च दुर्गम क्षेत्रमा उडान गर्न सकिने जहाज नेवानिले अहिले काठमाडौंलाई वेस बनाएर भैरहवा, पोखरा र सिमरामा उडान गर्दै आएको छ। चार वटा वाई १२ जहाजका लागि नेवानिसँग करिब १० जना पाइलट हुनुपर्ने भए पनि दुई जना मात्रै छन्। पाइलट अभाव थेग्नकै लागि भए पनि मासिक तलबमा ल्याउनुपर्ने अवस्था आएको उनको भनाइ छ।

पाइलट नपाएको अवस्थामा अर्बौ रुपैयाँ खर्च गरेर ल्याइएको वाई १२ जहाज विमानस्थलमै राख्नुपर्ने अवस्था आउने कंसाकार स्वीकार गर्छ। वाई १२ जहाज उडान गर्ने दुई जना पाइलटका लागि सात जना कोपाइलटले सहयोग गरिरहेको छन्। पाइलट व्यवस्था नभएसम्म अहिले ल्याइएका दुई चिनियाँ वाई १२ सिरिजका जहाज पनि तत्काल उड्न सक्ने अवस्था छैन।

२०६९ सालमा नेपाल र चीनबीच ६ वटा जहाज ल्याउने सहमति भएको थियो। ६ जहाजमध्ये दुई वटा एमए ६० र चार वटा वाई १२ हुन्। त्यसमा दुई वटा अनुदान र चार वटा सहुलियत ऋणमा ल्याउने सहमति भएको थियो। सहमति अनुसारनै नेवानिले २०७१ वैशाखमा पहिलो एमए ६० जहाज ल्याएको थियो भने सोही वर्षको कात्तिकमा वाई १२ ल्याएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने