२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चिनियाँ जहाज उडाउन चिनियाँ पाइलट

२०७४, १४ फाल्गुन सोमबार ०१:१४

फागुन १४, काठमाडौं । राष्ट्रिय ध्वाजवाहक नेपाल वायुसेवा निगमले चीनबाट ल्याएको वाई १२ जहाज उडाउन चिनियाँ पाइलट ल्याउने भएको छ। 

चिनियाँ जहाज उडाउने दक्ष पाइलट नेपालमा नभएका कारण चीनबाट नै ल्याउन लागिएको हो।यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

चार वटा वाई १२ सिरिजका जहाज उडान निगमसँग दुई जना मात्रै पाइलट छन्। पाइलट नभएपछि तत्कालका लागि चिनियाँ पाइलट ल्याउने गरी छलफल सुरु भएको नेवानिका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए। उनले भने, ‘नेवानिले वाई १२ जहाज उडान गर्ने पाइलटको विज्ञापन गरेको छ। तत्कालका लागि चिनियाँ पाइलट नै ल्याउने गरी जहाज निर्मात कम्पनीसँग छलफल थालिएको छ।’

पाइलट अभावकै कारण नेवानिले वाई १२ सिरिजका जहाज पर्याप्त मात्रमा उडान गर्न सकेको छैन। वाई १२ जहाज उडानका लागि जहाज उपलब्ध गराउने कम्पनीले आफूहरूसँग अंग्रेजी भाषा बोल्ने तीन चिनियाँ पाइलट रहेको जानकारी दिएपछि छलफल सुरु भएका हो।

पाइलट मासिक तबलमा ल्याउने योजना भए पनि कति तलब र कुन सेवा सुविधा दिने भन्नेमा निर्णय हुन बाँकी रहेको कंसाकारले बताए।

नेवानिसँग चार वटा वाई १२ सिरिजका जहाज उडाउन दुई पाइलट मात्रै छ। नेवानिले दुई साता अगाडि ल्याएका दुई वटा वाई १२ सिरिजका जहाजको उडान भने सुरु गरेको छैन। 

नेवानिले अहिले जहाज उडानका लागि प्राधिकणसँग कागजी प्रक्रिया सुरु गरेको कंसाकार बताउँछन्। कागजी प्रक्रिया पूरा गरेसँगै आन्तरिक उडानका थप गन्तव्य विस्तार गर्दै नियमित उडानका लागि चिनियाँ पाइलट ल्याउने तयारी भएको उनले बताए।

नेवानिले तीन वर्ष अगाडि पनि एयरबस उडाउने पाइलट मासिक १६ लाख खर्च गर्दै विदेशबाट नै ल्याएको थियो। आन्तरिक उडानमा पनि उच्च दुर्गम क्षेत्रमा उडान गर्न सकिने जहाज नेवानिले अहिले काठमाडौंलाई वेस बनाएर भैरहवा, पोखरा र सिमरामा उडान गर्दै आएको छ। चार वटा वाई १२ जहाजका लागि नेवानिसँग करिब १० जना पाइलट हुनुपर्ने भए पनि दुई जना मात्रै छन्। पाइलट अभाव थेग्नकै लागि भए पनि मासिक तलबमा ल्याउनुपर्ने अवस्था आएको उनको भनाइ छ।

पाइलट नपाएको अवस्थामा अर्बौ रुपैयाँ खर्च गरेर ल्याइएको वाई १२ जहाज विमानस्थलमै राख्नुपर्ने अवस्था आउने कंसाकार स्वीकार गर्छ। वाई १२ जहाज उडान गर्ने दुई जना पाइलटका लागि सात जना कोपाइलटले सहयोग गरिरहेको छन्। पाइलट व्यवस्था नभएसम्म अहिले ल्याइएका दुई चिनियाँ वाई १२ सिरिजका जहाज पनि तत्काल उड्न सक्ने अवस्था छैन।

२०६९ सालमा नेपाल र चीनबीच ६ वटा जहाज ल्याउने सहमति भएको थियो। ६ जहाजमध्ये दुई वटा एमए ६० र चार वटा वाई १२ हुन्। त्यसमा दुई वटा अनुदान र चार वटा सहुलियत ऋणमा ल्याउने सहमति भएको थियो। सहमति अनुसारनै नेवानिले २०७१ वैशाखमा पहिलो एमए ६० जहाज ल्याएको थियो भने सोही वर्षको कात्तिकमा वाई १२ ल्याएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त