२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन भयो चितवनमा प्रचण्डको जनसम्पर्क कार्यालय स्थापना ?

२०७४, १४ फाल्गुन सोमबार ०१:२१

फागुन १४, काठमाडाै । पूर्व प्रधानमन्त्री एवंम चितवन क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनसम्पर्क कार्यालय स्थापना गरेका छन् ।

अाजकाे नयाँ पत्रिकामा खबर छ- भरतपुरस्थित हाकिम चोकमा रहेको कार्यालयको आइतबार आफैले उद्घाटन गरेका छन् । निर्वाचन जितेसंगै आफू नियमित जसो चितवन आएको स्मरण गराउँदै सधै यस्तो अवस्था नमिल्ने भएकाले सम्पर्क कार्यालयले चितवनसंग आफुलाई जोड्न पुलको काम गर्ने बताए ।

‘निर्वाचन अघि पनि सम्पर्क कार्यालय रहेको तर ती चुनावी अभियानका लागि मात्र भएको बताउँदै प्रचण्डले भने,‘यस सम्पर्क कार्यालयमा मेरो क्षेत्र वा सिंगो चितवनवासीले सम्पर्क कार्यालयमा सम्पर्क गरी गुनासो राख्न आग्रह गरे । प्रचण्ड नभए पनि जनताहरुलाई प्रचण्ड भएको महसुश गराउन जनसम्पर्क कार्यालय खोलिएको उनले बताए ।

प्रचण्डले भने,‘चुनाव लड्दा मलाई टुरिष्ट उम्मेदवारको आरोप लाग्यो, अहिले त सँधै देखेरे नै दिक्क मान्नु भएको होला ।’ जनताका हरेक गुनासामा हातेमालो गर्दै अगाडी बढ्न कार्यालयको भुमिका महत्वपुर्ण रहने प्रचण्डको विश्वास छ । राष्ट्रिय भुमिकाका कारण सधै चितवनमा बस्न नपाए पनि प्रतिनिधिहरु मार्फत हरेक समय जोडिएर अगाडी बढने प्रतिवद्धता व्यक्त गरे ।

अहिले आफू धेरै चितवनमा आए भनी केन्द्रमा गुनासो बढेको समेत प्रचण्डले बताए । सो क्रममा बोल्दै प्रचण्डले चितवनको विकासलाई समग्र देश र विश्वले नै हेरिरहेको भन्दै अवसरलाई जनसम्पर्क कार्यालय मार्फत सदुपयोग गर्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।उनले शुसासन र विकास निर्माण जनताले चाहेको भन्दै यस कार्यमा लाग्न एकीकृत हुन लागेका दुवै पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।

सवैको ध्यान चितवनमा

प्रचण्डले आफूले जितेको निर्वाचन क्षेत्र र जिल्लामा सुशासन, जनताको दैनिक समस्या समाधान, साना देखि ठूला विकास निर्माणका कामहरु कसरी हुन्छ भन्ने कुरा सिंगो राष्ट्रले हेरेको हुने भन्दै यसतर्फ सचेत र सजग रहन नेताकार्यकर्तालाई आग्रह गरे । अवको बाटो भनेको सम्वृद्धिको भएकाले सवैको चाहना अनुसार अघि वढ्न आफू प्रतिवद्ध रहेको प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न