५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन भयो चितवनमा प्रचण्डको जनसम्पर्क कार्यालय स्थापना ?

१४ फाल्गुन २०७४, सोमबार ०१:२१

फागुन १४, काठमाडाै । पूर्व प्रधानमन्त्री एवंम चितवन क्षेत्र नं.३ का प्रतिनिधि सभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनसम्पर्क कार्यालय स्थापना गरेका छन् ।

अाजकाे नयाँ पत्रिकामा खबर छ- भरतपुरस्थित हाकिम चोकमा रहेको कार्यालयको आइतबार आफैले उद्घाटन गरेका छन् । निर्वाचन जितेसंगै आफू नियमित जसो चितवन आएको स्मरण गराउँदै सधै यस्तो अवस्था नमिल्ने भएकाले सम्पर्क कार्यालयले चितवनसंग आफुलाई जोड्न पुलको काम गर्ने बताए ।

‘निर्वाचन अघि पनि सम्पर्क कार्यालय रहेको तर ती चुनावी अभियानका लागि मात्र भएको बताउँदै प्रचण्डले भने,‘यस सम्पर्क कार्यालयमा मेरो क्षेत्र वा सिंगो चितवनवासीले सम्पर्क कार्यालयमा सम्पर्क गरी गुनासो राख्न आग्रह गरे । प्रचण्ड नभए पनि जनताहरुलाई प्रचण्ड भएको महसुश गराउन जनसम्पर्क कार्यालय खोलिएको उनले बताए ।

प्रचण्डले भने,‘चुनाव लड्दा मलाई टुरिष्ट उम्मेदवारको आरोप लाग्यो, अहिले त सँधै देखेरे नै दिक्क मान्नु भएको होला ।’ जनताका हरेक गुनासामा हातेमालो गर्दै अगाडी बढ्न कार्यालयको भुमिका महत्वपुर्ण रहने प्रचण्डको विश्वास छ । राष्ट्रिय भुमिकाका कारण सधै चितवनमा बस्न नपाए पनि प्रतिनिधिहरु मार्फत हरेक समय जोडिएर अगाडी बढने प्रतिवद्धता व्यक्त गरे ।

अहिले आफू धेरै चितवनमा आए भनी केन्द्रमा गुनासो बढेको समेत प्रचण्डले बताए । सो क्रममा बोल्दै प्रचण्डले चितवनको विकासलाई समग्र देश र विश्वले नै हेरिरहेको भन्दै अवसरलाई जनसम्पर्क कार्यालय मार्फत सदुपयोग गर्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।उनले शुसासन र विकास निर्माण जनताले चाहेको भन्दै यस कार्यमा लाग्न एकीकृत हुन लागेका दुवै पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।

सवैको ध्यान चितवनमा

प्रचण्डले आफूले जितेको निर्वाचन क्षेत्र र जिल्लामा सुशासन, जनताको दैनिक समस्या समाधान, साना देखि ठूला विकास निर्माणका कामहरु कसरी हुन्छ भन्ने कुरा सिंगो राष्ट्रले हेरेको हुने भन्दै यसतर्फ सचेत र सजग रहन नेताकार्यकर्तालाई आग्रह गरे । अवको बाटो भनेको सम्वृद्धिको भएकाले सवैको चाहना अनुसार अघि वढ्न आफू प्रतिवद्ध रहेको प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल