५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘भेट्रान’ नेतालाई पाखा लगाउदै अर्थमन्त्री बने डा.खतिवडा

१५ फाल्गुन २०७४, मंगलवार ०२:१५

फागुन १५, काठमाडौं । सुशासन, स्थायित्व र विकासको नारासहित सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री केपी ओलीले सोमबार आफ्ना चार ‘सारथि’ नियुक्त गरेका छन्। ओलीले एमालेका दुई र माओवादीका दुई नेतालाई मन्त्री नियुक्त गरी सरकार विस्तार गरेका हुन् , अन्नपूर्ण पोस्टमा खबर छ ।

ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको सहमतिमा रामबहादुर थापालाई गृह, डा. युवराज खतिवडालाई अर्थ, एमाले महासचिव ईश्वर पोखरेललाई रक्षा र माओवादी सचिवालय सदस्य मातृका यादवलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनाएका हुन्।


अर्थमा एमालेभित्रै पोखरेल, प्रदीप ज्ञवाली, विष्णु पौडेल र सुरेन्द्र पाण्डेसम्म आकांक्षी थिए। यी सबै ‘भेट्रान’ नेतालाई पाखा लगाउँदै डा.खतिवडाले अर्थमन्त्रीको जिम्मेवारी पाएका हुन्। 

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. खतिवडा राजनीतिमा भने परिचित अनुहार होइनन्। अर्थतन्त्र बुझेका डा. खतिवडा अर्थमन्त्री भएपछि अर्थतन्त्र सकारात्मक दिशामा जाने विश्वास लिइएको छ।

त्यस्तै, गृहमा माओवादी नेता पूर्वगृहमन्त्री जनार्दन शर्मा र नेता वर्षमान पुनसम्मले दाबी प्रस्तुत गरे पनि अन्ततः थापाले बाजी मारेका छन्। एमाले महासचिव पोखरेलले रक्षामा चित्त बुझाएका छन्। 

बाबुराम भट्टराईको सरकारमा उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेका पोखरेल अहिले मन्त्रीमै चित्त बुझाउन बाध्य भएका हुन्। उपप्रधानमन्त्री भइसकेर पनि मन्त्रीमै सीमित हुने नेता भने उनी मात्रै होइनन्।

त्यस्तै, ०६५ सालमा भूमिसुधारमन्त्री हुँदा एलडीओलाई शौचालयमा थुनेर चर्चामा रहेका माओवादी नेता यादवले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाएका छन्। यादवले रोजेकै मन्त्रालयको जिम्मा दिएर माओवादीले उनलाई सरकारमा पठाएको छ।

अर्थ र गृहमा पठाउने मन्त्रीको नाममा पार्टीभित्रै चर्काे ‘प्रेसर’ मा ओली-दाहाल परेका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको थियो। अझै प्रधानमन्त्री ओलीले ११ जना मन्त्री नियुक्त गर्न बाँकी छ। 

प्रधानमन्त्रीले सोमबारै मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी तयारी गरे पनि संघीय फोरमसमेतलाई सरकारमा ल्याउने प्रयासमा सफलता नमिलेपछि एमाले-माओवादीका दुई-दुई जना मन्त्रीलाई मात्र नियुक्त गरेका हुन्। 

थप मन्त्री चयन र संघीय समाजवादीसँगको छलफल निष्कर्षमा नपुगेका कारण सोमबार मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने