५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब गाईले बाच्छी मात्रै जन्माउँछ !

१६ फाल्गुन २०७४, बुधबार ०२:३५

फागुन १६, चितवन | गाईबाट बाच्छी मात्र जन्माउन सकिन्छ भन्दा अचम्म लाग्न सक्छ । तर, अब अचम्म मान्नु नपर्ने भएको छ । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले नेपालमा गाईबाट बाच्छी मात्र जन्माउने प्रविधि प्रयोगमा ल्याएको हो । यो प्रविधि प्रयोगमा ल्याएर परीक्षण गर्दा प्रभावकारी बन्दै गएको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले जनाएको छ । आजको राजधानी दैनिकमा खबर छ ।

उन्नतजातका गाईबाट जन्मने बाच्छाको व्यवस्थापनमा समस्या र बाच्छीको उत्पादनलाई बढाउनुपर्ने आवश्यकता देखिएपछि यस्तो प्रविधि नेपालमा ल्याइएको थियो । अमेरिकाबाट भित्र्याइएको बाच्छी मात्रै जन्माउने वीर्य प्रयोग नेपालमा सफल भएको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका संयोजक डा. माधव आचार्यले बताए ।

डा. आचार्यले हालसम्म ५० वटा गाईमा परीक्षणस्वरूप वीर्य प्रयोग गरिएकोमा सफल भएको बताए । ‘शतप्रतिशत सफल भएको छ,’ उनले भने, ‘बाच्छी मात्र जन्माउने प्रविधिप्रति कृषकको चासो बढ्दै गएको छ ।’

डा. आचार्यले अनुसन्धान केन्द्रसँगै नेपालको राष्ट्रिय पशु प्रजनन केन्द्र पोखरासहित केही व्यावसायिक फर्मले यो वीर्य प्रयोग गरिरहेको जानकारी दिए ।

रामपुरमा यो वीर्य होलस्टेन गाईमा प्रयोग गरिएको थियो । एउटा गाईमा यो वीर्य दुई–तीनपटक प्रयोग गर्नुपर्ने अवस्था रहेकाले अहिले प्रयोगमा केही महँगो भएको उनले बताए । ‘यो वीर्य गाईमा एकपटक प्रयोग गर्दा ८ सय रुपैयाँ लाग्छ,’ उनले भने, ‘कृत्रिम गर्भाधान गरी वीर्यलाई गाईमा लगाइन्छ ।’

यस्तो वीर्य प्रयोगबाट जन्मिएका बाच्छीको तौल निकै राम्रो हुने र गाईले दूधसमेत धेरै दिने जानकारी दिँदै उनले जन्मँदैको बाच्छी ४४ किलोको र गाईको दूध दैनिक २६ लिटरसम्म हुने गरेको बताए । उनले अन्य वीर्य प्रयोग गरी जन्मिएका बाच्छीको तौल १७ किलो र ब्याएका गाईले १५ लिटर हाराहारीसम्म दूध दिने गरेको बताए ।

उनले यस्तो वीर्य बाहिरबाट भित्र्याउनुपर्दा महँगो पर्ने भएकाले पोखरामा आफैं वीर्य उत्पादन गर्ने तयारी सरकारले गरिरहेको जानकारी दिए । उनका अनुसार वीर्यमा हुने एक्स क्रोमोजोमले बाच्छा र वाई क्रोमोजोमले बाच्छी जन्माउने गर्छ । बाच्छी मात्र जन्माउने यो प्रविधिलाई सेक्सिड सिमेन भनिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल