२१ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब गाईले बाच्छी मात्रै जन्माउँछ !

१६ फाल्गुन २०७४, बुधबार ०२:३५

फागुन १६, चितवन | गाईबाट बाच्छी मात्र जन्माउन सकिन्छ भन्दा अचम्म लाग्न सक्छ । तर, अब अचम्म मान्नु नपर्ने भएको छ । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले नेपालमा गाईबाट बाच्छी मात्र जन्माउने प्रविधि प्रयोगमा ल्याएको हो । यो प्रविधि प्रयोगमा ल्याएर परीक्षण गर्दा प्रभावकारी बन्दै गएको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले जनाएको छ । आजको राजधानी दैनिकमा खबर छ ।

उन्नतजातका गाईबाट जन्मने बाच्छाको व्यवस्थापनमा समस्या र बाच्छीको उत्पादनलाई बढाउनुपर्ने आवश्यकता देखिएपछि यस्तो प्रविधि नेपालमा ल्याइएको थियो । अमेरिकाबाट भित्र्याइएको बाच्छी मात्रै जन्माउने वीर्य प्रयोग नेपालमा सफल भएको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका संयोजक डा. माधव आचार्यले बताए ।

डा. आचार्यले हालसम्म ५० वटा गाईमा परीक्षणस्वरूप वीर्य प्रयोग गरिएकोमा सफल भएको बताए । ‘शतप्रतिशत सफल भएको छ,’ उनले भने, ‘बाच्छी मात्र जन्माउने प्रविधिप्रति कृषकको चासो बढ्दै गएको छ ।’

डा. आचार्यले अनुसन्धान केन्द्रसँगै नेपालको राष्ट्रिय पशु प्रजनन केन्द्र पोखरासहित केही व्यावसायिक फर्मले यो वीर्य प्रयोग गरिरहेको जानकारी दिए ।

रामपुरमा यो वीर्य होलस्टेन गाईमा प्रयोग गरिएको थियो । एउटा गाईमा यो वीर्य दुई–तीनपटक प्रयोग गर्नुपर्ने अवस्था रहेकाले अहिले प्रयोगमा केही महँगो भएको उनले बताए । ‘यो वीर्य गाईमा एकपटक प्रयोग गर्दा ८ सय रुपैयाँ लाग्छ,’ उनले भने, ‘कृत्रिम गर्भाधान गरी वीर्यलाई गाईमा लगाइन्छ ।’

यस्तो वीर्य प्रयोगबाट जन्मिएका बाच्छीको तौल निकै राम्रो हुने र गाईले दूधसमेत धेरै दिने जानकारी दिँदै उनले जन्मँदैको बाच्छी ४४ किलोको र गाईको दूध दैनिक २६ लिटरसम्म हुने गरेको बताए । उनले अन्य वीर्य प्रयोग गरी जन्मिएका बाच्छीको तौल १७ किलो र ब्याएका गाईले १५ लिटर हाराहारीसम्म दूध दिने गरेको बताए ।

उनले यस्तो वीर्य बाहिरबाट भित्र्याउनुपर्दा महँगो पर्ने भएकाले पोखरामा आफैं वीर्य उत्पादन गर्ने तयारी सरकारले गरिरहेको जानकारी दिए । उनका अनुसार वीर्यमा हुने एक्स क्रोमोजोमले बाच्छा र वाई क्रोमोजोमले बाच्छी जन्माउने गर्छ । बाच्छी मात्र जन्माउने यो प्रविधिलाई सेक्सिड सिमेन भनिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै