५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवाले त्यसो भनेपछि मेरो बोली नै फुटेन: महामन्त्री डा. कोइराला

१७ फाल्गुन २०७४, बिहीबार ०२:२७

फागुन १७, काठमाडौँ । कांग्रेस संसदीय दलको नेता निर्वाचनबाट चुनिने भएको छ । 

सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहले दलको नेताका लागि उम्मेदवार बन्ने घोषणा गरेपछि निर्वाचन हुने पक्का भएको हो। आजको नयाँ पत्रिकामा खबर छ ।

महामन्त्री डा. शशांक कोइरालाले पार्टीबाट प्रतिनिधिसभा र राष्ट्रिय सभामा निर्वाचित सांसद तथा केन्द्रीय सदस्यलाई दिएका दिवाभोजमा बुधबार सभापति देउवाले दलको नेताका लागि उम्मेदवार बन्ने घोषणा गरेका हुन् । 

नेता सिंहले पनि आफू दाबेदार रहेको बताए । अर्का आकांक्षी महामन्त्री डा. कोइरालाले भने प्रतिस्पर्धा गरेर दलको नेता बन्ने दौडमा नलाग्ने बताए । स्पष्ट दुई गुट रहेको कांग्रेसमा सिंह पार्टीको १३औँ महाधिवेशनमा पराजित नेता रामचन्द्र पौडेलको पक्षमा थिए । संसदीय दलको नेता छान्न २१ फागुनमा निर्वाचन हुनेछ ।

उम्मेदवार बन्छु : देउवा

तपाईं दलको नेतामा उम्मेदवार बन्ने कि नबन्ने भन्ने पत्रकारहरूको प्रश्नमा सभापति देउवाले भने, ‘मेरो घोषणा भयो, म दलको नेतामा उम्मेदवार बन्ने हो, तपाईंहरूले पनि सहयोग गर्नुपर्छ ।’ अहिलेसम्म मुख नखोलेका देउवाले उम्मेदवार बन्ने बताएपछि सहमतिमा नेता चुनिने सम्भावना सकिएको हो ।

मैले जित्छु : सिंह

देउवाले उम्मेदवार बन्ने बताएपछि अर्का आकांक्षी सिंहले पूर्ण रूपमा असफल भएका पार्टी सभापतिको विकल्प खोज्नुपर्ने बताए । ‘सभापतिजी पार्टी र सरकार सञ्चालनमा पूर्ण रूपमा असफल हुनुभएको छ । उहाँको विकल्प खोज्ने वेला भएको छ,’ नेता सिंहले भने, ‘म दलको नेताको उम्मेदवार हो । पार्टीको आन्तरिक निर्वाचनमा अहिलेसम्म पराजित भएको छैन, अहिले पनि दलको नेतामा जित्छु ।’

अनि मेरो बोली फुटेन : कोइराला

सहमतिमा दलको नेता चुनेर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने धारणा राखिरहेका महामन्त्री डा. कोइरालाले आफू कांग्रेस एकताको सूत्रधार बन्ने प्रयासमा रहेको बताए । 

‘मलाई कांग्रेसको विभाजनको सूत्रधार होइन एकताको सूत्रधार बन्नु छ । संसदीय दलको चुनावमा निर्वाचन भयो भने एकता होइन, अझ विभाजन हुन्छ,’ महामन्त्री डा. कोइरालाले भने, ‘त्यही कारणले म चुनावी प्रतिस्पर्धाबाट संसदीय दलको नेता बन्दिनँ । संसदीय दलको नेता, पार्टी सभापति वा प्रधानमन्त्रीमा आकांक्षा राख्नुभन्दा पहिला कांग्रेस जोगाउने विषयलाई महत्व दिनुपर्छ भन्ने मलाई लाग्छ ।’

डा. कोइरालाले आफू सर्वसम्मत संसदीय दलको नेता बन्ने प्रस्ताव राख्न भेट्न जाँदा सभापतिले नै म उम्मेदवार बन्छु, सहयोग गर्नु भनेपछि आफ्नो बोली नै बन्द भएको बताए । 

‘म सभापतिजीलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता बन्छु भन्नका लागि भेट्न गएको थिएँ । तर, उहाँले आफैँ संसदीय दलमा उम्मेदवार बन्छु, सहयोग गनुस्, भन्नुभयो,’ कोइरालाले भने, ‘सर्वसम्मत संसदीय दलको उम्मेदवार बनाउनुस् भन्न गएको, तर उहाँ नै उम्मेवार बन्छु भनेपछि मेरो बोली नै फुटेन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी