२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवाले त्यसो भनेपछि मेरो बोली नै फुटेन: महामन्त्री डा. कोइराला

२०७४, १७ फाल्गुन बिहीबार ०२:२७

फागुन १७, काठमाडौँ । कांग्रेस संसदीय दलको नेता निर्वाचनबाट चुनिने भएको छ । 

सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहले दलको नेताका लागि उम्मेदवार बन्ने घोषणा गरेपछि निर्वाचन हुने पक्का भएको हो। आजको नयाँ पत्रिकामा खबर छ ।

महामन्त्री डा. शशांक कोइरालाले पार्टीबाट प्रतिनिधिसभा र राष्ट्रिय सभामा निर्वाचित सांसद तथा केन्द्रीय सदस्यलाई दिएका दिवाभोजमा बुधबार सभापति देउवाले दलको नेताका लागि उम्मेदवार बन्ने घोषणा गरेका हुन् । 

नेता सिंहले पनि आफू दाबेदार रहेको बताए । अर्का आकांक्षी महामन्त्री डा. कोइरालाले भने प्रतिस्पर्धा गरेर दलको नेता बन्ने दौडमा नलाग्ने बताए । स्पष्ट दुई गुट रहेको कांग्रेसमा सिंह पार्टीको १३औँ महाधिवेशनमा पराजित नेता रामचन्द्र पौडेलको पक्षमा थिए । संसदीय दलको नेता छान्न २१ फागुनमा निर्वाचन हुनेछ ।

उम्मेदवार बन्छु : देउवा

तपाईं दलको नेतामा उम्मेदवार बन्ने कि नबन्ने भन्ने पत्रकारहरूको प्रश्नमा सभापति देउवाले भने, ‘मेरो घोषणा भयो, म दलको नेतामा उम्मेदवार बन्ने हो, तपाईंहरूले पनि सहयोग गर्नुपर्छ ।’ अहिलेसम्म मुख नखोलेका देउवाले उम्मेदवार बन्ने बताएपछि सहमतिमा नेता चुनिने सम्भावना सकिएको हो ।

मैले जित्छु : सिंह

देउवाले उम्मेदवार बन्ने बताएपछि अर्का आकांक्षी सिंहले पूर्ण रूपमा असफल भएका पार्टी सभापतिको विकल्प खोज्नुपर्ने बताए । ‘सभापतिजी पार्टी र सरकार सञ्चालनमा पूर्ण रूपमा असफल हुनुभएको छ । उहाँको विकल्प खोज्ने वेला भएको छ,’ नेता सिंहले भने, ‘म दलको नेताको उम्मेदवार हो । पार्टीको आन्तरिक निर्वाचनमा अहिलेसम्म पराजित भएको छैन, अहिले पनि दलको नेतामा जित्छु ।’

अनि मेरो बोली फुटेन : कोइराला

सहमतिमा दलको नेता चुनेर पार्टीलाई एकताबद्ध बनाउनुपर्ने धारणा राखिरहेका महामन्त्री डा. कोइरालाले आफू कांग्रेस एकताको सूत्रधार बन्ने प्रयासमा रहेको बताए । 

‘मलाई कांग्रेसको विभाजनको सूत्रधार होइन एकताको सूत्रधार बन्नु छ । संसदीय दलको चुनावमा निर्वाचन भयो भने एकता होइन, अझ विभाजन हुन्छ,’ महामन्त्री डा. कोइरालाले भने, ‘त्यही कारणले म चुनावी प्रतिस्पर्धाबाट संसदीय दलको नेता बन्दिनँ । संसदीय दलको नेता, पार्टी सभापति वा प्रधानमन्त्रीमा आकांक्षा राख्नुभन्दा पहिला कांग्रेस जोगाउने विषयलाई महत्व दिनुपर्छ भन्ने मलाई लाग्छ ।’

डा. कोइरालाले आफू सर्वसम्मत संसदीय दलको नेता बन्ने प्रस्ताव राख्न भेट्न जाँदा सभापतिले नै म उम्मेदवार बन्छु, सहयोग गर्नु भनेपछि आफ्नो बोली नै बन्द भएको बताए । 

‘म सभापतिजीलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता बन्छु भन्नका लागि भेट्न गएको थिएँ । तर, उहाँले आफैँ संसदीय दलमा उम्मेदवार बन्छु, सहयोग गनुस्, भन्नुभयो,’ कोइरालाले भने, ‘सर्वसम्मत संसदीय दलको उम्मेदवार बनाउनुस् भन्न गएको, तर उहाँ नै उम्मेवार बन्छु भनेपछि मेरो बोली नै फुटेन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न