२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्थमन्त्रीको निर्देशन सँगै भन्सारमा कडाई, सिमापारी नै ‘होल्ड’हुन थाले सामान

२०७४, २० फाल्गुन आईतवार ०२:२५

फागुन २०, काठमाडौं | न्यून बिजकीकरणमार्फत हुँदै आएको राजस्व चुहावट नियन्त्रण गर्न अर्थ मन्त्रालयले भन्सार जाँचपासमा कडाइ गर्न थालेपछि व्यापारीले आयात गर्न ठिक्क पारेको सामान सीमापारि नै ‘होल्ड’ गर्न थालेका छन्।

अन्नपूर्ण पोस्ट दैनिककमा प्रकाशित समाचारका अनुसार अर्थ मन्त्रालयले बुधबार भन्सार विभागलाई पत्र लेखेर सन्दर्भ मूल्यभन्दा कममा भन्सार मूल्यांकन नगर्न निर्देशन दिएको थियो। मंगलबार अर्थमन्त्रीले मौखिक रूपमा दिएको निर्देशन बुधबारै भन्सार विभागले सबै भन्सार कार्यालयलाई जानकारी गराएको थियो। मन्त्रालयमा शुक्रबार बोलाइएको बैठकमा अर्थमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा, काँकडभिट्टा, विराटनगर, ड्राइपोर्ट, वीरगन्जलगायत मुख्य भन्सार कार्यालयका प्रमुखलाई भन्सार छली नियन्त्रण गर्न निर्देशन दिएका थिए।

अर्थमन्त्रीको निर्देशनपछि सबैजसो भन्सार कार्यालयले जाँचपासमा कडाइ गरेका छन्। भन्सारमा भएको कडाइसँगै व्यवसायीले सीमापारि नै सामान रोक्न थालेका छन्। मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार शारडाले भन्सारमा समस्या देखिएपछि आवश्यक सामान मात्र भन्सार छुटाउन थालेको बताए। उनले भने, ‘सरकारले विश्वास गरेन। राजस्व नपुगेपछि हाम्रो घाँटी निचोर्न थाल्यो। एक–दुई दिन अवस्था हेरेर के गर्ने भन्ने निर्णयमा पुग्छौं।’

वीरगन्ज भन्सारमा बिहीबार ४१ करोड राजस्व उठेकोमा शनिबार १५ करोड मात्रै संकलन भएको छ। भन्सार कार्यालयका प्रवक्ता सन्तोष यादव नाकामा आयात गर्नेले सीमापार सामान ‘होल्ड’ गर्ने हल्ला सुनेको बताए। ‘वीरगन्जमा यस्तो केही छैन। शनिबार होलीका कारण लेबर नभएर काम गर्न सकिएन। आठ सयभन्दा बढी गाडी यार्डमा छन्’, उनले भने, ‘सोमबार बेलुका मात्र व्यापारीले के गरे भनेर थाहा पाउन सकिन्छ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त