५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

परिवार नियोजन गर्दा महिलाको आन्द्रा काटिएपछि…

२ चैत्र २०७४, शुक्रबार ०२:०६

चैत २, धरान/राजविराज | सप्तरीकी एक महिलाको परिवार नियोजनको शल्यक्रिया गर्दा सानो आन्द्रा काटिएको खुलेको छ  । 

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा परिवार नियोजन गर्दा आन्द्रा काटिएकी सप्तरी विष्णुपुर गाउँपालिका-५ की २८ वर्षीया अनुकुमारी यादव तीन सातादेखि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेकी छन्।

परिवार नियोजनको शल्यक्रिया गरेर घर फर्केपछि अनुलाई खानेकुरा खाँदा बान्ता आउने, पेट फुल्ने समस्या भयो। सिकिस्त बिरामी भएपछि फागुन १२ गते पुनः उनलाई सगरमाथा अस्पताल भर्ना गरियो। तर, चिकित्सकले परिवार नियोजन गर्दा यस्तो समस्या आइरहने भन्दै थप उपचारका लागि प्रतिष्ठानमा रेफर गरिदिए। उनलाई फागुन १४ गते धरानस्थित प्रतिष्ठानमा भर्ना गरियो। प्रतिष्ठानमा अनुको भिडियो एक्स-रे गर्दा आन्द्रा काटिएको पत्ता लागेको हो।

राजविराजस्थित अस्पतालमा आन्द्रा काटिएकी अनुकुमारीको प्रतिष्ठानका चिकित्सक प्राडा चन्द्रशेखर अग्रवाल नेतृत्वको टोलीले फागुन २२ गते पुनः शल्यक्रिया गरेका छन्। अनुको पेटको ‘ल्याप्रोटोमी’ गरी प्वाल परेको आन्द्रा बाहिर निकालेर ‘आइलियोस्टोमी’ गरेका कारण उनी हाल खतरामुक्त रहेको चिकित्सकले जानकारी दिए।

अनुकुमारी गत फागुन ११ गते सगरमाथा अस्पतालमा परिवार नियोजन गर्न पति मोमेन्द्रका साथ भर्ना भएकी थिइन्। उनको परिवार नियोजनको शल्यक्रिया अस्पतालका डा. ब्रजेशकुमार झाले गरेका थिए। अनुको उपचारमा संलग्न प्रतिष्ठानका डा. राकेश गुप्ताले अनुको सानो आन्द्रा काटिएको र पेटभरि दिसा बगेर संक्रमण फैलिसकेको अवस्थामा पुनः शल्यक्रिया गरिएको बताए। ‘अनुको आन्द्रा फुटेर पेटभरि संक्रमण फैलिसकेको थियो। बेलैमा शल्यक्रिया गरेकाले बिरामीको ज्यान बचाउन सफल भयौं’, डा. गुप्ताले भने, ‘अरू एक-दुई दिन ढिला भएको भए ज्यान जोखिममा पर्न सक्थ्यो।’

डा. गुप्ताले हाल अनुको पेटमा अर्को प्वाल पारेर आन्द्रा बाहिर निकाली बाहिरबाटै दिसा गराइएको बताए। उनले भने, ‘अबको तीन महिना पेटबाहिरबाटै दिसा गराएपछि अर्को शल्यक्रिया गरेर मात्रै उनको अवस्था सामान्य रहनेछ।’

प्रतिष्ठानको सर्जरी वार्डमा उपचाररत अनुले चिकित्सकको लापरवाहीका कारण आन्द्रा काटिएको बताउँदै भनिन्, ‘म बिरामी भएपछि नाबालक दुई छोरी र एक छोराको लालनपालनमा समेत समस्या भएको छ। मेरो आन्द्रा काटिदिने डाक्टरलाई कडा कारवाही होस्।’ – तस्विर: अन्नपूर्ण पोस्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय