२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘हेड इन्जुरी’ कम गर्न दुवैलाई हेल्मेट

२०७४, ६ चैत्र मंगलवार ०२:०१

चैत ६, काठमाडौं | मोटरसाइकल चालक र पछाडि बस्नेले गतिलो हेल्मेट लगाए दुर्घटनामा हुने ‘हेड इन्जुरी’ (टाउकामा लाग्ने चोट) मा ८० प्रतिशतसम्म कमी गर्न सकिने विज्ञहरूले बताएका छन् । 

मुलुकमा हुने हेड इन्जुरीमा करिब ५५ प्रतिशत कारक सडक दुर्घटना हुने गरेको छ। सडक दुर्घटनामा लाग्ने चोटमा ६० प्रतिशत हेल्मेट नलगाएका कारण हुने गरेको नेसनल ट्रमा सेन्टरका न्युरो सर्जरी विभागका प्रमुख डा. राजीव झा बताउँछन्। ‘मोटरसाइकल चढ्ने सबैले उपयुक्त ढंगले हेल्मेट लगाए मोटरसाइकल दुर्घटनाबाट हुने हेड इन्जुरीमा ८० प्रतिशतसम्म कम गर्न सकिने तथ्यांकबाट देखिन्छ,’ उनले भने।

मोटरसाइकल दुर्घटनामा परी बर्सेनि सयौं युवाले ज्यान गुमाउने गरेका छन्। महानगरीय प्रहरी डीआईजी गणेश केसीका अनुसार काठमाडौं मात्र नभई मुलुकभरि नै सबैभन्दा बढी दुर्घटना मोटरसाइकलको हुने गरेको छ। मोटरसाइकल पछाडि बस्नेले हेल्मेट नलगाउँदा हेड इन्जुरी र दुर्घटनामा हुने क्षतिसमेत बर्सेनि बढ्दो रहेको पनि उनले बताए। टाउको जोगाउनभन्दा पनि ट्राफिक प्रहरीसँग जोगिन हेल्मेट लगाउने भएकाले कमजोर, अनुपयुक्त, टाउकाको बचाउ गर्न नसक्ने हेल्मेट लगाउने तथा हेल्मेटको फित्तासमेत नबाँध्ने प्रवृत्ति देखिएको प्रहरीको भनाइ छ। हेल्मेट लगाउने तर यसको फित्ता नबाँध्ने वा अनुपयुक्त हेल्मेट लगाउँदासमेत हेड इन्जुरी हुने गरेको प्रशस्त घटना रहेको डा. झा औंल्याउँछन्।

मोटरसाइकल पछाडि बसेकालाई अगाडि के भइरहेको छ भन्ने थाहा नहुने र सामान्य झड्का वा दुर्घटनामा समेत उछिट्टिएर हेड इन्जुरी भएर मृत्यु हुने गरेको डा. झा बताउँछन्।

ट्रमा सेन्टरका निर्देशक डा. प्रमोद उपाध्याय बिनाहेल्मेट मोटरसाइकल चढ्न नपाउने नियम कडाइसाथ लागू गर्नुपर्ने बताउँछन्। ‘यस्तो गर्ने हो भने हेड इन्जुरीमा निकै कमी आउनेछ,’ उनले भने। 

- यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न