५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘हेड इन्जुरी’ कम गर्न दुवैलाई हेल्मेट

६ चैत्र २०७४, मंगलवार ०२:०१

चैत ६, काठमाडौं | मोटरसाइकल चालक र पछाडि बस्नेले गतिलो हेल्मेट लगाए दुर्घटनामा हुने ‘हेड इन्जुरी’ (टाउकामा लाग्ने चोट) मा ८० प्रतिशतसम्म कमी गर्न सकिने विज्ञहरूले बताएका छन् । 

मुलुकमा हुने हेड इन्जुरीमा करिब ५५ प्रतिशत कारक सडक दुर्घटना हुने गरेको छ। सडक दुर्घटनामा लाग्ने चोटमा ६० प्रतिशत हेल्मेट नलगाएका कारण हुने गरेको नेसनल ट्रमा सेन्टरका न्युरो सर्जरी विभागका प्रमुख डा. राजीव झा बताउँछन्। ‘मोटरसाइकल चढ्ने सबैले उपयुक्त ढंगले हेल्मेट लगाए मोटरसाइकल दुर्घटनाबाट हुने हेड इन्जुरीमा ८० प्रतिशतसम्म कम गर्न सकिने तथ्यांकबाट देखिन्छ,’ उनले भने।

मोटरसाइकल दुर्घटनामा परी बर्सेनि सयौं युवाले ज्यान गुमाउने गरेका छन्। महानगरीय प्रहरी डीआईजी गणेश केसीका अनुसार काठमाडौं मात्र नभई मुलुकभरि नै सबैभन्दा बढी दुर्घटना मोटरसाइकलको हुने गरेको छ। मोटरसाइकल पछाडि बस्नेले हेल्मेट नलगाउँदा हेड इन्जुरी र दुर्घटनामा हुने क्षतिसमेत बर्सेनि बढ्दो रहेको पनि उनले बताए। टाउको जोगाउनभन्दा पनि ट्राफिक प्रहरीसँग जोगिन हेल्मेट लगाउने भएकाले कमजोर, अनुपयुक्त, टाउकाको बचाउ गर्न नसक्ने हेल्मेट लगाउने तथा हेल्मेटको फित्तासमेत नबाँध्ने प्रवृत्ति देखिएको प्रहरीको भनाइ छ। हेल्मेट लगाउने तर यसको फित्ता नबाँध्ने वा अनुपयुक्त हेल्मेट लगाउँदासमेत हेड इन्जुरी हुने गरेको प्रशस्त घटना रहेको डा. झा औंल्याउँछन्।

मोटरसाइकल पछाडि बसेकालाई अगाडि के भइरहेको छ भन्ने थाहा नहुने र सामान्य झड्का वा दुर्घटनामा समेत उछिट्टिएर हेड इन्जुरी भएर मृत्यु हुने गरेको डा. झा बताउँछन्।

ट्रमा सेन्टरका निर्देशक डा. प्रमोद उपाध्याय बिनाहेल्मेट मोटरसाइकल चढ्न नपाउने नियम कडाइसाथ लागू गर्नुपर्ने बताउँछन्। ‘यस्तो गर्ने हो भने हेड इन्जुरीमा निकै कमी आउनेछ,’ उनले भने। 

- यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय