३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमानस्थल अध्यागमनका ३२ अधिकृत सरुवा !

८ चैत्र २०७४, बिहीबार ०१:२२

चैत ८, काठमाडौं | गृहमन्त्री रामबहादुर थापा सोमबार दलबलसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कक्षको आकस्मिक निरीक्षणमा पुगे। त्यसक्रममा थापाले अध्यागमनका कर्मचारीका विषयमा हुने गरेका नकारात्मक टिप्पणी अन्त्य हुने गरी काम गर्न निर्देशन पनि दिए ।

तर केही दिनअघि मात्रै गृहसँग सामान्य मौखिक सहमति पनि नलिई सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेका ३२ अध्यागमन अधिकृतबारे केही बोलेनन्।

एक सय २९ अधिकृत दरबन्दी रहेको विमानस्थल अध्यागमनमा १ सय ४ अधिकृत कार्यरत छन्। चैत २ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पदभार ग्रहण गर्ने अघिल्लो दिन हठात गरिएको अधिकृतहरूको सरुवापछि अब अध्यागमन ७२ अधिकृतको भरमा चल्नुपर्ने भएको छ। स्रोतका अनुसार गृहसँग सामान्य सहमति लिने परम्परालाई लत्याउँदै मन्त्रीले पदभार गर्ने अघिल्लो दिन हतार–हतारमा गरिएको सरुवाले केही प्रश्नहरू उब्जाइदिएको छ।


स्रोतका अनुसार अध्यागमनका केही अधिकृतहरूले मानव तस्करसँग मिलेर ‘सेटिङ’मा मान्छे पठाउने गरेको भन्दै अध्यागमन विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेका बेला एक्कासि ठूलो संख्यामा अधिकृतको सरुवा भएको हो। अख्तियारका एक उच्च अधिकारीले विमानस्थलभित्रका केही अध्यागमन अधिकारी, प्रहरी र अन्य कर्मचारीको गतिविधि शंकास्पद देखिएको र ‘सेटिङ’मा अवैध धन्दा भइरहेको भन्दै प्रारम्भिक अनुसन्धान थालिएको बताए।

स्रोतका अनुसार अख्तियार र विभागबाट भइरहेको अनुसन्धानलाई विषयान्तर गर्नकै निम्ति ‘सेटिङ’ मा अधिकृतहरूको एक्कासि सरुवा भएको हो। कतिसम्म भने सामान्यतया सरुवाको सूची मन्त्रालयको आधिकारिक वेबसाइटमा राखिने परम्परालाई लत्याउँदै सरुवाको सूची बुधबार साँझसम्म बेबसाइटमा राखिएको छैन। अध्यागमनकै एक अधिकृतले सरुवाको पछिल्लो कदमका पछाडि विमानस्थल अध्यागमनकै केही अधिकृतको दौडधुपले काम गरेको देखिने बताए। तर अध्यागमन विभागका महानिर्देशक दीपक काफ्ले अधिकृतहरूको सरुवालाई नियमित सरुवाका रूपमा अथ्र्याउँछन्। उनले सरुवाको निर्णयबाट विमानस्थल अध्यागमनमा भइरहेको गलत काममाथिको अनुसन्धान नरोकिने बताउँदै भने, ‘सरुवा र अनुसन्धानबीच कुनै सम्बन्ध छैन।’

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले कर्मचारीको सरुवा सामान्य प्रशासनकै क्षेत्राधिकारभित्र पर्ने र गृहसँग अनुमति लिनुपर्ने व्यवस्था नरहेको बताए। तर उनले यसअघि गृह मातहतका कर्मचारी सरुवामा सामान्य सोधपुछसम्म गर्ने चलन रहेको उल्लेख गरे। स्रोतका अनुसार पछिल्लो सरुवाका बारेमा गृहकै उच्च अधिकारी पनि जानकार थिएनन्।

तीन सिफ्टमा चल्ने विमानस्थल अध्यागमनले विमानस्थल हुँदै विदेश जाने औसतमा दैनिक ५ देखि ६ हजार यात्रुलाई सेवा दिँदै आएको छ। दरबन्दीभन्दा कम संख्यामा रहेको अधिकृतका भरमा चलिरहेको अध्यागमनको सेवा ठूलो संख्यामा गरिएको पछिल्लो सरुवाले प्रभावित हुन सक्ने सम्भावना देखिन्छ। अध्यागमनकै एक अधिकृतले भने, ‘कर्मचारी अभावमा अहिले पनि अध्यागमन डेस्कमा कर्मचारी पुग्दैनन्। समयमै काम नसकिँदा यात्रुको लामो लाइन हुन्छ र भीड बढछ।’ -  यो खबर जनकराज सापकोटाले आजको कान्तिपुरमा लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’