२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्ता छन् एकीकृत पार्टीमा १० तहका कमिटी, दुई रातमा बन्यो विधान

२०७४, १३ चैत्र मंगलवार ०१:४५

चैत १३, काठमाडौँ | कार्यदलले मूल नेतृत्वसहित संघीय संरचनाअनुसार १० तहको एकीकृत पार्टीको सांगठनिक स्वरूप र तहगत संरचना बनाउने समझदारी गरेको छ ।

जसअनुसार पार्टीको नेतृत्व एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डले सहअध्यक्षका रूपमा आलोपालो प्रणालीबाट गर्नेछन् ।

सबैभन्दा माथि स्थायी समिति हुनेछ । त्यसपछि क्रमशः पोलिटब्युरो, केन्द्रीय कमिटी, राष्ट्रिय प्रतिनिधि परिषद्, प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्रीय कमिटी, महानगर/उपमहानगर/नगर कमिटी/गाउँपालिका कमिटी, वडा कमिटी र प्रारम्भिक कमिटीसहित १० वटा तहगत संरचनाको कमिटी बन्ने मोटामोटी टुंगो लागेको छ ।,यो खबर आजको नयाँ पत्रिकामा छ । 

गोकर्ण रिसोर्टमा दुई रातमा बन्यो विधान

एकीकृत पार्टीको अन्तरिम विधान काठमाडौंको गोकर्ण रिसोर्टमा दुई दिन दुई रात लगाएर नेताहरूले तयार पारेका हुन् । मन्त्री बनेकाहरू व्यस्त बनेपछि मन्त्री नभएका नेताहरूले गत बिहीबारदेखि शनिबार बिहानसम्म रिसोर्टमा बसेर विधानको मस्यौदा तयार गरेका हुन् ।

सोही मस्यौदामाथि अहिले अन्तिम छलफल चलिरहेको छ । एमाले नेताहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र बेदुराम भुसाल तथा माओवादी नेता जनार्दन शर्माले विधान बनाउन रिसोर्टमा दुई दिन दुई रात बिताएको स्रोतले जनाएको छ ।

७० वर्षको उमेर हदमा विवाद

एकीकृत पार्टीको अन्तरिम विधानमा केन्द्रीय कमिटी वा पदाधिकारीको उम्मेदवार बन्न ७० वर्षको उमेर हदबन्दी लगाउने कि नलगाउने भन्नेमा विवाद देखिएको छ । एमालेका अधिकांश नेता पार्टीले नवौँ महाधिवेशनदेखि कार्यान्वयनमा ल्याएकाले निरन्तरता दिनुपर्ने पक्षमा छन् भने माओवादी नेताहरूले खुला राख्नुपर्ने तर्क गरेका छन् । यद्यपि, कार्यदलकै एमालेका एक नेताले एमालेभित्र पनि उमेर हदबन्दी राख्ने कि नराख्ने मतैक्य नरहेको बताए । एमाले उपाध्यक्ष वामदेव गौतमले उमेर हद राख्न नहुने भन्दै एमाले र माओवादी नेताहरूसमक्ष लबिङ गरिरहेका छन् ।

प्रधानमन्त्री–प्रचण्ड छलफल 

प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच पार्टी एकतामा केन्द्रित रहेर सोमबार छलफल भएको छ । उनीहरूबीच शनिबार र आइतबार पनि पार्टी एकता र प्रधानमन्त्रीको सम्भावित भारत भ्रमणका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणअगावै एकता टुंग्याउँदा सकारात्मक सन्देश जाने भन्दै त्यसअनुसार कार्यदललाई प्रतिवेदनको तयारी गर्न निर्देशन दिइसकेका छन् ।

ओलीको प्रस्तावपछि राजनीतिक प्रतिवेदन तयारी र संगठन तथा विधानसम्बन्धी कार्यदलले तयारी तीव्र पारिरहेका वेला दुई अध्यक्षबीच छलफल भएको हो । केही दिनयता दुई नेताबीच लगातार एकताकेन्द्रित छलफल हुँदै आएको छ ।

राजनीतिक कार्यदलका संयोजक माधवकुमार नेपाल तथा संगठनसम्बन्धी कार्यदलका संयोजक रामबहादुर थापा पनि निरन्तर ओली र प्रचण्डसँग छलफलमा छन् । ‘आवश्यकताअनुसार नेताहरूबीच निरन्तर छलफल चलिरहेको छ, पार्टी एकता छिटो टुंग्याउने भनेपछि एक–दुईपटकको भेट नयाँ होइन,’ प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न