५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘आरजु भाउजुको पनि हात छ भन्ने सुनियो, टिकट कति बेचियो?’

१३ चैत्र २०७४, मंगलवार ०२:२०

चैत १३, काठमाडौं | कांग्रेसको चुनावी समीक्षा बैठकमा नेताहरू पक्ष र विपक्षमा खुलेर प्रस्तुत भएका छन् । संस्थापन पक्षले निर्वाचनमा व्यहोरेको हारबारे सबैले जिम्मा लिनुपर्ने तर्क गरिरहेको छ भने रामचन्द्र पौडेल पक्षसहितका नेताले हारको सम्पूर्ण दोष पार्टी सभापति शेरबहादुर देउवाले लिनुपर्ने तर्क गरिरहेका छन् ।

बैठकमा केन्द्रीय सदस्य बलबहादुर केसीले भने –

मेरो जिल्ला सोलुखुम्बुमा अहिलेसम्म कांग्रेसलाई भोट नहालेका व्यक्ति प्रदेश सभाका उम्मेदवार बनाइए । यसरी पैसाको चलखेल भएको छ । यसमा केन्द्रीय सदस्य र भाउजू (सभापतिपत्नी आरजुप्रति लक्षित गर्दै)को पनि हात छ भन्ने सुनिएको छ । पैसाको बलमा टिकट दिनु गम्भीर गल्ती हो । क–कसले कहाँबाट पैसा ल्याए ? पैसाका आधारमा कहाँकहाँ टिकट दिइयो ? हिसाबकिताब पाउनुपर्यो‍ । छानविन आयोग गठन गरेर स्थानीय तहदेखि केन्द्रसम्मको टिकटबारे स्पष्ट पार्नुपर्छ ।

शिवजीको गलामा साप बसेजस्तै अहिले सभापतिको गलामा पनि साँपहरू बसेका छन् । गरुडलाई देखेपछि यसरी बसेको साँप कता पुग्छन् कता । सभापतिको वरिपरी भएका सापहरू पनि यस्तै हुन् ।यस्तै कारण तपाई सभापति पनि सिध्निुहुन्छ ।

तपाईं (सभापति) प्राविधिक रूपमा मात्र चुनाव जितेको हो । प्रदेशसभामा दुवै उम्मेदवारलाई जिताउन सक्नुभएन । प्रधानमन्त्रीको सारा शक्ति प्रयोग गर्दा आफ्नै प्रदेशसभा र श्रीमतीलाई पनि चुनाव जिताउन सक्नुभएन । यसकारण तपाईंले व्यक्तिगत रूपमा मात्र निर्वाचन जित्नुभएको हो । अब सबै हारको दोष सभापतिले लिनुपर्छ । विधान विपरीत भएका संसदीय बोर्ड र कार्य सम्पादन समिति खारेज गर्नुपर्छ । महासमिति बैठक बोलाएर सबै कुराको छिनोफोनो गर्नुपर्छ ।

बैठकमा  रमेश लेखक,  गोविन्द भट्टराई,  आनन्द ढुंगाना, डा.डिला संग्रौला र   जीवन परियारले पनि आफ्नो धारणा राखेको खबर नयाँ पत्रिकामा छापिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने