२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल एअरपोर्टमा जहाज उडान र अवतरण व्यवस्थापन गर्न हम्मेहम्मे

२०७४, १४ चैत्र बुधबार ०१:५२

चैत १४, काठमाडौं | देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल अहिले व्यस्तताको उच्च बिन्दुनजिक छ । जहाज उडान र अवतरण व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने अवस्था छ । कुनै एक जहाजको उडान या अवतरण तोकिएको समयभन्दा थोरै मात्रै ढिला भए काठमाडौंको आकाशमा ट्राफिक जाम चुनौतीपूर्ण बन्ने गर्छ । 

सन् २०१७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक औसत ३४६ आन्तरिक तथा बाह्य उडान–अवतरण भएका थिए । विमानस्थलको कन्ट्रोल टावरबाट जहाज व्यवस्थापनमा खटिने एक एयर ट्राफिक कन्ट्रोलर (एटिसी)का अनुसार अहिले यो संख्या दैनिक ४ सयको हाराहारी पुगिसकेको छ । पर्यटकीय सिजन (मार्च–जुन) सुरु भएपछि वायुसेवा कम्पनीले उडान थप्न थालेका छन् । आगामी जेठसम्म विमानस्थलमा दैनिक उच्च संख्यामा उडान–अवतरण हुने उनले बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ९ वैशाख ०७४ मा एकै दिन अहिलेसम्मकै सर्वाधिक ४७४ उडान भएका थिए ।

१८ घन्टा खुल्छ विमानस्थल

त्रिभुवन विमानस्थल दैनिक १८ घन्टा खुला रहन्छ । दैनिक ४ सय उडान हुने दिन औसतमा प्रत्येक २ मिनेट ४२ सेकेन्डमा एउटा जहाज उड्ने या ओर्लने गर्छ । अन्तर्राष्ट्रियतर्फ केवल ९ वटा पार्किङ वे र एउटा मात्र धावनमार्गका भरमा हरेक साढे दुई मिनेटमा एउटा जहाज उडान या अवतरणको व्यवस्थापन गर्नु अत्यन्तै चुनौतीपूर्ण रहेको विमानस्थलमा कार्यरत एयर ट्राफिक कन्ट्रोलरहरू बताउँछन् । विमानस्थल बिहान ६ बजे खुल्छ भने रातको १२ बजे बन्द हुन्छ । तर, अन्तर्राष्ट्रिय उडानबाट आएका कुनै जहाज प्राविधिक कारणले रातको १२ बजेपछि आइपुग्ने अवस्थामा भने विमानस्थल खुला नै राखिन्छ ।

क्षमताभन्दा दोब्बर यात्रु व्यवस्थापन

विमानस्थलका एक उच्च अधिकारीका अनुसार पिक आवरमा अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रतिघन्टा २५ सय यात्रुसम्म व्यवस्थापन गर्नुपरेको छ । तर, विमानस्थलको विद्यमान संरचनाको वास्तविक क्षमता पिक आवरमा १३ सय यात्रु प्रतिघन्टा हो । ‘१३ सय यात्रु बस्ने स्थानमा दोब्बर यात्रु बसाल्नुपरेको छ,’ उनले भने, ‘सोही रफ्तारमा वायुयानको आगमन बढ्दा व्यवस्थापन चुनौतीपूर्ण बन्नु स्वभाविक हो ।’

चाडबाड र पर्यटकीय मौसममा व्यवस्थापन गर्न हम्मेहम्मे

असोज–कात्तिक र चैत–जेठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बढी व्यस्त रहन्छ । वसन्त ऋतुमा सगरमाथा आरोहण र पदयात्राका लागि आउने पर्यटकको घुइँचोले चैतदेखि जेठसम्म अधिक संख्यामा उडान हुन्छन् । यस्तै, असोज र कात्तिकमा पर्यटकीय मौसम र चाडबाड एकसाथ जुध्ने भएकाले यी दुई मौसममा विमानस्थल व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने गरेको अधिकारीहरू बताउँछन् । – यो खबर अच्युत पुरीले आजको नयाँ पत्रिकामा लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से