५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबईबाट काठमाडौँ आउँदै गरेको जहाज दिल्लीमा अकस्मिक अवतरण

१७ चैत्र २०७४, शनिबार ०१:५०

चैत १७, काठमाडौं | नेपाल वायुसेवा निगमको एयरबस ३२० जहाज शुक्रबार बिहान दुबईबाट काठमाडौंका लागि उड्यो ।

चालक दलका आठ र १ सय ३७ यात्रु बोकेर उडेको जहाज दुई घण्टापछि अकस्मात गन्तव्य परिर्वतन गरी काठमाडौंको सट्टा भारतको नयाँदिल्लीमा आकस्मिक अवतरण गर्नुपर्यो ।

काठमाडौं नआई के कारण जहाज दिल्लीमा अवतरण गर्यो ? सबैको अनुमान प्राविधि समस्या भएर होला ।

तर होइन, दुबईबाट त्यही जहाजमा आएका नेपाली यात्रु मारेङका २९ वर्षीय सुशील रतेलले चालक दल र अन्य यात्रुलाई करिब २० मिनेटसम्म अपशब्द बोल्दै दुव्र्यवहार गरेपछि चालक दलले बाध्य भएर दिल्लीमा आकस्मिक अवतरण गराउनुपरेको थियो । 

जब जहाज पाकिस्तान र भारतबीचको सीमामाथि आइपुग्यो, तब रतेलले अरुलाई दुर्व्यवहार गर्न सुरु गरे । 

सम्बद्ध स्रोतले भन्यो, नौ नम्बर सीटमा रहेका उनलाई दिइएको खाना अन्य यात्रुमाथि खन्याएदिने मात्र नभई सँगै आएको साथीलाई हातपात समेत गरे । 

त्यतिले नपुगेर जहाजकी एक एयर होस्टेजलाई घचेडेर झन्डै पछारिदिएका थिए । 

रतेलले असामान्य व्यवहार देखाएपछि अन्य यात्रुले पनि हजाजबाट हटाउनैपर्ने गुनासो गरे अनि क्याप्टेन श्यामकृष्ण ढेवाजू र कोपाइलट सञ्जय बैद्दले जहाज दिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराए । 

त्यसपछि सुरक्षाकर्मी बोलाएर जहाजभित्रैबाट रतेललाई भारतीय सुरक्षाकर्मीको जिम्मा लगाइदिए । 

चालक दलका एक सदस्यले आफ्नो नाम नबताउने सर्तमा भने, रतेलले यतिसम्म बबाल गरे कि, उनलाई काठमाडौंसम्म ल्याउन सक्ने अवस्थै रहेन । 

त्यही जहाजमा रहेका केही यात्रुका अनुसार, रतेलले जहाज चढ्नुअघि नै दुबईमा मदिरा पिइसकेका थिए । निगमले भने यो रुटमा यात्रुलाई खानाबाहेक मदिरा दिने गरेको छैन । 

- यो समाचार आजको नागरिक दैनिकको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने