५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसईई परीक्षा दिन गएका किशोरीहरु बलात्कृत

१८ चैत्र २०७४, आईतवार ०२:४७

चैत १८, काठमाडौं | सूर्यप्रकाश मावि पलैंटे सुर्खेत पढेकी गौरीकला रोकाया एसईई परीक्षा दिन विद्याज्योति मावि बाबियाचौर आइन् । घरदेखि २ घण्टा टाढाको अर्को विद्यालयमा परीक्षा केन्द्र निर्धारण भएपछि उनको परिवारले बाबियाचौरमै कोठा खोजे । कोठामा उनी एक्लै बस्थिन् । तीन विषयको परीक्षा दिइन् । तर चौथो परीक्षा दिनु अगावै मंगलबार डेरामै मृत फेला परिन् । बलात्कारपछि हत्याको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ । 

बैतडी

कैलापालकी १७ वर्षीया पूजा बोहरा सिद्धेश्वर उमाविमा पढ्थिन् । ०६८ चैत ७ देखि सुरु एसएलसी परीक्षा केन्द्र बैतडी, पाटनबजारस्थित श्रीकृष्ण उमाविमा तोकियो । केन्द्रबाट उनको घर ५ घण्टा पैदल यात्रा गर्नुपथ्र्यो । परीक्षा बिहानै ८ बजेदेखि हुने भएपछि बुबाले बजारमै एक आफन्तको घरमा बस्ने व्यवस्था मिलाइदिए । दुई दिनको परीक्षापछि गणितको तयारीका लागि आफन्तको अनुमति लिएर उनी पाटनबजारस्थित पुस्तक पसलमा गेसपेपर किन्न गएकी थिइन् । पसलमा पानी माग्दा लठ्याउने पेय पदार्थ खुवाएर उनलाई बलात्कार गरियो । उनले परीक्षा दिन सकिनन् । मानसिक अस्पतालमा राखेर उपचार गराउनुपर्‍यो ।

कालिकोट

कालिकोटको गेल केन्द्रबाट परीक्षा दिइरहेकी १८ वर्षीया छात्रा ०६९ चैत ७ गते बलात्कृत भइन् । उनी परीक्षा दिन आफन्तको घरमा बसेका बेला महिनावारी भएपछि छाउगोठमा सुतिरहेका बेला बलात्कृत भएकी थिइन् ।

संखुवासभा

संखुवासभाको महेश्वरी मावि, ताम्कुमा एसएलसी दिन आएकी १५ वर्षीया छात्रा ०७० चैत १५ मा बलात्कृत भइन् । याफुबाट ताम्कुमा परीक्षा दिन आएका बेला उनलाई प्रहरी जवान अमृत राईले बलात्कार गरेका थिए । आजको कान्तिपुरको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । 

अध्ययन गरेकै विद्यालयमा परीक्षा केन्द्र (होम सेन्टर) कायम गर्दा परीक्षा अमर्यादित हुने भन्दै विद्यार्थीलाई भन्दा सरकारलाई सहज हुने गरी परीक्षा केन्द्र तोक्ने व्यवस्था भने फेरिएको छैन ।

‘प्रयोगात्मकमा विद्यालयले २५ पूर्णांकमा २५ नै दिँदा विश्वास हुने, ७५ पूर्णांकको परीक्षामा पनि फेल हुने होइन,’ शिक्षाविद् प्रा. विद्यानाथ कोइरालाले भने, ‘जतिसुकै परीक्षा टाइट बनाए पनि चोरी रोकिने त होइन । त्यसैले जहाँ पढेको हो, त्यहीँ परीक्षा लिने संयन्त्र बनाए हुन्छ ।’ सरकारले आफ्नो सिस्टम राम्रो देखाउन विद्यार्थीलाई सास्ती दिइरहेको उनले बताए ।

एउटा विद्यालयबाट सरकारलाई पायक पर्ने गरी तोकिएको केन्द्रमा परीक्षा लिन पठाउँदा कक्षाका सबै विद्यार्थी पठाउनुपर्ने हुन्छ । सरकारले व्यवस्थित योजना बनाउने हो भने अर्को विद्यालयका बढीमा १० जना शिक्षक मात्रै खटाए पुग्छ । सुपरिटेन्डेन्ट पनि अर्कै विद्यालयमा पठाउँदा हुन्छ । टाढाको विद्यालयमा परीक्षा दिन छोराछोरी पठाउँदा अभिभावकलाई सास्ती पनि हुँदैन । आर्थिक बोझ पनि बेहोर्नुपर्दैन ।

अन्यत्र परीक्षा केन्द्रमा परीक्षा दिन पठाउँदा कोठा भाडा, खानका लागि ऋण गरेर पठाउनुपर्ने अभिभावक उत्तिकै छन् । शिक्षकलाई अर्को विद्यालयमा परीक्षा लिन पठाउँदा सरकारको लगानी मात्रै बढ्ने हो । अहिले पनि सरकारले परीक्षामा गार्ड बसेबापत भत्ता दिइरहेकै छ ।

‘१५ सय ऋण काढेर जाँच दिन पठाएको थिएँ’

सुर्खेत, पञ्चपुरी नगरपालिका–३ चौरका ७० वर्षीय काले रोकायले आफू निरक्षर भए पनि छोरी गौरीकलालाई १० कक्षासम्म पढाउने सपना देखेका थिए । १५ सय ऋण काढेर एसईई दिन दुई घण्टा टाढाको बाबियाचौरस्थित परीक्षा केन्द्र पठाएका उनले त्यो सपना पूरा गर्न पाएनन् ।


हिँडडुल गर्न पनि समस्या भएपछि रोकायले छिमेकीलाई छोरीका लागि कोठा खोजिदिन आग्रह गरेका थिए । परीक्षा अवधिभर (१५ दिन) को एक हजार रुपैयाँ भाडामा कोठा भेटियो । रोकाय परिवारको आर्थिक अवस्था यति कमजोर थियो कि त्यही खर्च जोहो गर्न पनि छिमेकीसँग ऋण लिनुपर्‍यो । छिमेकीसँग एक हजार ५ सय ऋण लिएर छोरीलाई खर्च पठाएको रोकायले सम्झिए । ‘छोरी जाँच दिन जाने भनेपछि गाउँमा ऋण खोजेर पठाएँ,’ उनले फोनमा कान्तिपुरसँग भने, ‘जाँच दिन पठाउँदा छोरी गुमाएँ ।’ गौरीकला उनकी कान्छी छोरी हुन् ।

परीक्षाको तयारी कक्षा लिन कोचिङ पढाएको ऋण पनि अझै तिरेका छैनन् । गौरीकला चैत ४ गते घरबाट ओढ्ने–ओछ्याउने बोकेर बाबियाचौर पुगेकी थिइन् । घरबाट कहिल्यै टाढा नगएकी छोरी १५ दिन टाढिने भएपछि ६० वर्षीया आमा गामदेवी खिन्न भइन् । ‘१५ दिनसम्म अर्काका ठाउँमा के खान्छे, कसरी बस्छे भन्ने चिन्ताले रुँदै आमाछोरी छुट्टिएका थिए,’ रोकायले फोनमा सुनाए, ‘मरेको खबर सुन्दा सपनाजस्तो लाग्यो ।’

गौरीकला अंग्रेजी र नेपाली विषयको परीक्षा दिएर चैत १० गते शनिबार चैते दसैं मनाउन घर आइन् । भोलिपल्ट फर्किइन् । १२ गतेको परीक्षा पनि दिइन् । त्यही राति उनी कोठामा मृत भेटिइन् । ‘हाम्रो परिवारमा आठ कक्षाभन्दा बढी पढ्ने कोही थिएन । छोरीले एसएलसी पास गरेको हेर्ने रहर थियो,’ रोकायले भने, ‘छोरी घरबाट गएको भोलिपल्टै हामीलाई शत्रु लाग्यो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने