२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यौन र सम्पत्तिले सम्बन्ध टुक्रँदै: विदेश जाँदा एउटा सपना, फर्किएपछि पीडा मात्रै !

२०७४, २३ चैत्र शुक्रबार ०२:१०

चैत २३, काठमाडौं | नुवाकोटकी शान्ति र अर्जुन (नाम परिवर्तन) पाँच वर्षसम्म लिभिङ टुगेदरमा बसे। मजदुरी गर्दै हिँडेका उनीहरू कालिमाटीमा भेट भएपछि सँगै जीउने सँगै मर्ने वाचा कसम खाए। आर्थिक रूपमा अलि सम्पन्न भएपछि विवाह गर्ने भन्दै अर्जुनले शान्तिलाई थमथमाउन थाले। सँगै बस्दा उनीहरूका दुई सन्तान पनि भए। शान्तिलाई छाडेर अर्जुन अर्की युवतीसँग बस्न थाले।

अघिल्लो महिना रुँदै शान्ति कालिमाटीस्थित महिला तथा बालबालिका सेवा केन्द्रमा पुगिन्। दुई बच्चा बोकेर प्रहरी शरणमा पुगेकी शान्तिले अर्जुन र आफूबीच कानुनी विवाह नभए पनि सँगै बस्दा बालबच्चा जन्मेको इतिवृत्तान्त बताइन्। विवाहको प्रमाण नहुँदा प्रहरीलाई अर्जुनबाट केही सम्पत्ति शान्तिलाई दिलाउन धेरै मिहिनेत गर्नुपर्‍यो।

अर्जुन र शान्तिजस्ता लिभिङ टुगेदरमा बसेका धेरै जोडी वैवाहिक सम्बन्ध कायम गराउन भन्दै प्रहरीमा धाउने क्रम बढेको छ। महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी विश्वराज पोखरेलले पछिल्लो समय लिभिङ टुगेदर ठूलै समस्याका रूपमा देखा परेको बताए।

कालिमाटीस्थित केन्द्रमा अरू थुप्रै उजुरी एवं गुनासो आउने गरेको छ। खासगरी विदेशमा केही वर्ष काम गरेर फर्केका युवाले यस्तो समस्या लिएर आउने गरेको एएएसपी पोखरेलले जानकारी दिए।

अफगानिस्तानमा पाँच वर्ष बसेर नेपाल फर्केका कालिमाटीका श्याम (नाम परिवर्तन) डेरा फर्कंदा पत्नी र दुई बच्चा फेला पारेनन्। उनले प्रहरीमा बुझाएको पैसाको पठाएको विवरण हेर्दा झन्डै करोड रुपैयाँ बराबर देखिन्छ। तर, अहिले उनीसँग एक पैसा पनि छैन। पत्नी अर्कै केटासँग विवाह गरेर बसेकी छन्। परिवारको भविष्य उज्ज्वल बनाउन खाडीमा वर्षौं बिताएका श्याम अहिले पछुताइरहेका छन्।

एसएसपी पोखरेलका अनुसार श्यामका जस्तै समस्या लिएर दिनहुँ युवा प्रहरीमा धाउँछन्। उनले भने, ‘विदेश जाँदा एउटा सपना र खुसी हुन्छ, फर्किएपछि पीडा मात्रै देखिन्छ युवामा। यो समस्या अहिले जटिल बन्दै गएको छ।’

अझ डरलाग्दो विषय त परपुरुषसँग शारीरिक सम्पर्क राखेर फोटो र भिडियो खिचेपछि बार्गेनिङका लागि बलात्कार गर्‍यो भन्ने घटनासमेत अहिले काठमाडौंमा व्यापक देखिएको छ।

प्रहरीका अनुसार गोंगबुस्थित एक गेस्ट हाउसमा जानकी र कौशल (नाम परिवर्तन) ले सहमतिमै यौनसम्पर्क राखे। उनीहरू दुवैको जीवनसाथी भने फरक-फरक छन्। आफैं हेर्ने र डिलेट गर्ने सर्तमा शारीरिक सम्पर्क गर्दाको फोटो र भिडियोसमेत उनीहरूले खिचे। भिडियो कौशलले तत्कालै डिलेट गरे तर जानकीले गरिनन्। विस्तारै जानकीले कौशलसँग पैसा माग्न थालिन्। भनेको समयमा भेट्न नपाएपछि उनी प्रहरीमा पुगिन्। आफूलाई फकाएर शारीरिक सम्पर्क गरेको र पछि धम्क्याउन थालेको भन्दै जानकीले कौशलविरुद्ध उजुरी हालिन्। महिला तथा बालबालिका सेवा केन्द्रले यो घटना अनुसन्धान गर्न परिसरलाई पठायो।

झापा घर भएर काठमाडौं बस्ने रीता (नाम परिवर्तन) ले श्रीमान् नभएका बेला अर्कै युवासँग शारीरिक सम्पर्क गरेको भिडियो खिचिन्। खाडी मुलुकमा पुगेका श्रीमान् दुई वर्षपछि फर्केर रीताको मोबाइल हेर्दा भिडियो र फोटो देखेपछि उनी मूर्छित बने। पत्नीसँग पारपाचुकेका लागि उनी प्रहरीमा पुगे।

यस्ता उजुरी निम्न परिवारदेखि संभ्रान्त परिवारबाट आउने गरेको केन्द्रले जनाएको छ। बर्दियाका एक व्यवसायी दम्पतीको सम्बन्ध राम्रै थियो। दुवैले छुट्टाछुट्टै कार चढ्थ्ये। पत्नीका नाममा पनि केही सम्पत्ति राखिदिएका ती व्यवसायी एकाएक प्रहरीमा पत्नीविरुद्ध उजुरी दिन पुगे। उजुरीमा पत्नी गाडी चालकसँग भागिन् भन्ने थियो। दुवै जना सहमतिमा भागेपछि प्रहरीले के नै गर्न सक्थ्यो र ! व्यवसायीले केहीसीप नलागेपछि पारपाचुके गरे।

केन्द्रका अनुसार साउनदेखि फागुनसम्म मानव बेचबिखनका चार वटा, बहुविवाहका १७ वटा, घरेलु हिंसाका २० वटा, जबर्जस्ती करणीका ८९ वटा, घरायसी ६ सय वटा र लैंगिक हिंसाका एक सय २० वटा उजुरी दर्ता भएका छन्। घरभित्रै मदिरा सेवन गरेर श्रीमान्/श्रीमतीबीच कुटाकुटका घटना पनि प्रहरीमा आउने गरेका छन्।

परिसर प्रमुख एसएसपी पोखरेलले पैसा र सेक्ससँग जोडिएका कहाली लाग्दा घटना प्रहरीमा आउने गरेको बताउँछन्। उनी भन्छन्, ‘कति घटना त सोच्दै नसोचेका पनि भेटिन्छन्। कोही पैसाका लागि त कोही सेक्सका लागि सम्बन्ध गाँस्ने र पछि उद्देश्य मेल नखाएपछि बार्गेनिङ गरेका घटना पनि छन्।’ – आजको अन्नपूर्णमा सुवास गोतामेले समाचार लेखेका छन् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न