५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिन्डिकेट अन्त्यसँगै घट्यो गाडी भाडा

२४ चैत्र २०७४, शनिबार ०२:०४

चैत २४, बनेपा | धुलिखेल-काठमाडौं चल्ने बसमा केही दिनअघिसम्म यात्रुले भाडादर थाहा पाउन कठिन थियो । यही मौका छोप्दै बस व्यवसायीले यात्रुपिच्छे मनलाग्दी बस भाडासमेत असुल्दै आएका थिए ।

तर, बुधबार सरकारले सिन्डिकेट तोड्दै मयुरसहित अन्य बसलाई बनेपा पठाउन थालेपछि काभ्रे बस समितिले बिहीबारदेखि सबै बसमा भाडादर टाँस्न थालेको छ । 

एक व्यवसायीले भने,  ‘हामीले प्रत्येक बसमा भाडादर सूची टाँस्न अनिवार्य गरेका थियौं । तर, सहचालकहरूले मनलाग्दी भाडा लिँदा समस्या आएको हो,’  चैत १ मा बनेपा आउँदा मयुर यातायातले कोटेश्वर-काठमाडौंको ३५ रुपैयाँ भाडादर कायम गरेको थियो । तर, तीन सातासम्म भाडादरमा पुनर्विचार नगरेका व्यवसायीले बिहीबारबाट एक्कासी भाडा घटाएको सूचना बसमा टाँसेपछि यात्रु अचम्ममा परेका छन्।

‘हिजो साझा बस पनि आयो । अरू बस पनि आए,’ एक यात्रुले भने, ‘त्यही भएर होला बिहीबारदेखि यताका बसवालाले बनेपा-काठमाडौंको भाडा ३५ रुपैयाँ गरेका रहेछन् ।’  

यतिखेर काभ्रे बस व्यवसायी संघले बनेपा-काठमाडौं ४० रुपैयाँ, बनेपा-कोटेश्वर ३५ र बनेपा-सूर्यविनायक २० रुपैयाँ भाडादर कायम गरेको छ । – आजको नागरिक दैनिकले दोस्रो पेजमा समाचार छापेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ