५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकीकृत पार्टीमा कस्तो हुन्छ दुई अध्यक्षको हैसियत ?

२५ चैत्र २०७४, आईतवार ०२:२६

चैत २५, काठमाडौं | एकीकृत पार्टीमा केपी ओली र प्रचण्ड दुवै अध्यक्षको हैसियतमा रहने निश्चित भइसकेको छ । दुवै अध्यक्षको जिम्मेवारी मिलाउन पहिलो नम्बरको वरीयता परिवर्तन हुने गरी अन्तरिम विधान बनाइएको छ । 

अन्तरिम विधानसम्बन्धी कार्यदलले बैठकको अध्यक्षता गर्ने अध्यक्ष नै पहिलो नम्बरको नेता हुने गरी विधान प्रतिवेदन बनाएको हो । कार्यदलले आफ्नो प्रतिवेदन बुझाइसकेको छ । ‘एकतापछि बन्ने नेपाल कम्युनिस्ट पार्टीमा दुई अध्यक्ष रहने, दुवै अध्यक्षले बैठकको आलोपालो अध्यक्षता गर्ने, बैठकको अध्यक्षता जसले गर्छ, त्यतिबेला उसको वरीयता पहिलो नम्बरमा हुने गरी विधान प्रतिवेदन बनाइएको छ,’ कार्यदलका सदस्य एमाले नेता बेदुराम भुसालले भने, ‘आलोपालो अध्यक्षता हुने भएकाले अघिल्लोपटक पहिलो वरीयतामा रहेको अध्यक्ष पछिल्लोपटक स्वतः दोस्रो वरीयताको मर्यादाक्रममा हुनेछ ।’

निर्णय पुस्तिकामा आलोपालो हस्ताक्षर

एमाले र माओवादी केन्द्रका बैठकहरूमा उपस्थिति पत्रमा सबैले, तर बैठकका निर्णयको अन्तिममा भने अध्यक्षले मात्र हस्ताक्षर गर्ने प्रचलन छ । यो प्रचलनअनुसार एकीकृत पार्टीमा दुई अध्यक्षमध्ये जसले बैठकको अध्यक्षता गर्छ, उसैले निर्णयको अन्तिममा हस्ताक्षर गर्नेछ । तर, आलोपालो अध्यक्षताको विधि र प्रक्रिया के हुने विषयमा भने विधान मौन रहेको स्रोतले जनायो । ‘प्रतिवेदन पार्टी एकता संयोजन समितिबाट अनुमोदन हुन बाँकी छ, त्यसैले यस्ता विषय स्पष्ट हुन पनि सक्छन्, दुई अध्यक्षले समझदारीमा गर्न पनि सक्नुहुन्छ,’ कार्यदलकै अर्का एक सदस्यले भने । पार्टी एकता घोषणा सभा बैठकको अध्यक्षता भने केपी ओलीले गर्ने गरी समझदारी भएको स्रोतले बतायो ।

२२ चैतमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले ९ वैशाखमा पार्टी एकता घोषणा सभा गर्नका लागि तयारी अघि बढाउने निर्णय गरेको थियो । प्रधानमन्त्री केपी ओली भारत भ्रमणबाट फर्किएपछि २७ चैतमा पुनः संयोजन समिति बैठक बोलाइएको छ । उक्त बैठकले एकतापछि बन्ने पार्टीमा संख्याको अनुपात, चुनाव चिह्न र जनयुद्ध शब्द विधानमा राख्ने कि नराख्ने विषय टुंगो लगाउने नेताहरूले बताउँदै आएका छन् ।

औपचारिक  पत्राचारमा दुवै अध्यक्षको हस्ताक्षर 

विधान प्रतिवेदनमा पार्टीका तर्फबाट हुने औपचारिक पत्राचारमा दुवै अध्यक्षको हस्ताक्षर रहने स्पष्ट पारिएको कार्यदलका नेताहरूले बताए । यस व्यवस्थाअनुसार पार्टीले जारी गर्ने सर्कुलर, कुनै संवैधानिक निकाय वा संस्थालाई पार्टीका तर्फबाट पत्राचार गरिँदा दुवै अध्यक्षले हस्ताक्षर गर्नेछन् । – आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय