५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीको भ्रमणपछी भारतीय सञ्चार माध्यमले गरे यस्ता टिप्पणी

२६ चैत्र २०७४, सोमबार ०२:२०

चैत २६, नयाँदिल्ली | प्रधानमन्त्री केपी ओलीको भ्रमणका अवसरमा भारत सरकारले गरेका रक्सौल–काठमाडौं विद्युतीय रेलमार्ग र जलमार्ग विकासमा सहयोग गर्नेलगायतका घोषणा नेपालको सीमासम्म रेलमार्ग पुर्‍याउने उद्घोष गरेको चीनलाई जवाफ भएको भारतीय सञ्चार माध्यमले टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री ओलीको भ्रमणलाई उच्च प्राथमिकतासाथ कभरेज गरेका भारतीय अखबारहरूले चीनलाई भारत सरकारको कूटनीतिक जवाफबारे उल्लेख गरेका छन् ।

‘गत वर्ष नेपालका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराको बेइजिङ भ्रमणका बेला तिब्बत हुँदै सीमासम्म रेल सञ्जाल विस्तार गर्न आवश्यक प्राविधिक काम थाल्न नेपाल र चीनबीच भएको सहमतिको जवाफमा भारतका तर्फबाट पछिल्लो सहयोगको घोषणा भएको हो,’ भारतीय दैनिक ‘इन्डियन एक्सप्रेस’ ले लेखेको छ ।

नेपालको राजनीतिक परिवर्तन, निर्वाचन सफलतालगायत उपलब्धिप्रति खुसी व्यक्त गर्दै मोदीले नेपाली समकक्षी ओलीबाट मुलुकको राजनीतिक तथा आर्थिक विकासका क्रममा समाजका सबै तप्कालाई साथमा लिने आशा व्यक्त गरेको विदेश मन्त्रालयका सचिव विजय गोखलेलाई उद्धृत गर्दै इन्डियन एक्सप्रेसले लेखेको छ । भेटघाटका क्रममा मोदीले ‘सामाजिक न्याय’ र ‘सामाजिक एकता’ मा समेत जोड दिएको समाचारमा उल्लेख छ । – कान्तिपुर दैनिकबाट  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय