५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हरेक म्यानपावरले १ करोड धरौटी राख्नुपर्ने नीति सहित आएको ऐन मन्त्रालयमै फिर्ता

२७ चैत्र २०७४, मंगलवार ०२:२२

चैत २७, काठमाडौँ | व्यवसायीहरुले वैदेशिक रोजगार ऐन संशोधन नगर्न दवाव दिएपछि ऐनको मस्यौदा कानुन मन्त्रालयबाट पुनः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमै फिर्ता भएको छ । २०६४ मा तयार गरिएको उक्त ऐन कामदारमुखी नभएको भन्दै संशोधनका लागि मस्यौदा तयार हुँदै आए पनि कहिले श्रमको कानुन शाखामा त कहिले कानुन मन्त्रालयमा घुम्ने गरेको छ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले संशोधन गर्न खोजिएको मस्यौदामा म्यानपावरको धरौटी एक करोड रुपैयाँ राख्ने प्रस्ताव गरिनु जायज नभएकाले तत्कालीन कानुनमन्त्री (यज्ञबहादुर थापा) लाई भेटेर विरोध गरेको र सोही अनुसार ऐन संशोधनको प्रक्रिया अघि बढ्न नसकेको बताए ।

‘म्यानपावरको धरौटी एक करोड रुपैयाँ पुग्नेबित्तिकै व्यवसायीको ठूलो लगानी थपिन्छ,’ त्यो लगानी उठाउने भनेको विदेश जानेहरूबाटै हो,’ उनले भने, ‘त्यसैले उक्त मस्यौदा अघि बढ्न उपयुक्त थिएन ।’ ऐन संशोधन हुने हो भने गन्तव्य मुलुकको कानुनलाई ख्याल गरेर मात्र अघि बढ्नुपर्ने गुरुङको भनाइ छ ।

कामदार र उनीहरूको हकहितमा काम गर्ने निकायको निरन्तर दबाबपछि श्रम मन्त्रालयले संशोधन प्रक्रियाका लागि कानुन मन्त्रालयमा पठाएको मस्यौदा केही दिनअघि श्रममै फिर्ता भएपछि आगामी प्रक्रियाबारे अन्योल उत्पन्न भएको छ ।


श्रमविज्ञले वैदेशिक रोजगारी मर्यादित, व्यवस्थित, पारदर्शी र कामदारमैत्री हुन नसक्नुको कारणमा उक्त ऐनलाई लिँदै आएका छन्। ‘उक्त ऐनको प्रस्तावनामै वैदेशिक रोजगारको व्यवसाय प्रवद्र्धन गर्ने उल्लेख छ,’ ऐन नियालिरहेका अधिवक्ता वीरबलकाजी राईले भने, ‘जसले गर्दा ऐन व्यवसायीको पक्षमा देखिँदै आएको छ। ऐन बनेदेखि नै संशोधनको आवाज उठे पनि अहिलेसम्म उपलब्धि केही हुन सकेको छैन।’यो खबर आजको नागरिक दैनिकमा छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ