२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युनाइटेडको अग्नि बिमामा समितिले लगायो रोक, यस्तो छ कारण

२०७५, १ बैशाख शनिबार ०१:५३

वैशाख १, काठमाडौँ | सञ्चालककै सम्पति बिमा गरी वास्तविक क्षतिभन्दा बढी भुक्तानी गरेको ठहर गर्दै युनाइटेड इन्स्योरेन्स कम्पनीलाई बिमा समितिले शुक्रबार कारबाही गरेको छ । समितिले उच्च अदालत पाटनबाट मंसिर १२ गते भएको निर्णयलाई कार्यान्वयन गर्दै कम्पनीको अग्नि बिमा व्यवसायमा रोक लगाएको स्रोतले जानकारी दिएको छ । 

समितिले शुक्रबार कम्पनीलाई पत्राचार गर्दै बिमित इओएल प्रालि, सिजी इम्पेक्स, सिजी इलेक्ट्रोनिक्ससँग सम्बन्धित पाँचवटा बिमा दाबीको सम्बन्धमा बढी भुक्तानी दिएको रकम अविलम्ब असुलउपर गर्न पनि निर्देशन दिएको छ । साथै, बिमकको संस्थागत सुशासनको अवस्था सन्तोषजनक नरहेको भन्दै युनाइटेडको अग्नि बिमा व्यवसायमा रोक लगाएको छ । बिमकका जोखिमांकन विभाग प्रमुख प्रवीणकुमार कोइराला, दाबी विभाग प्रमुख गोपालप्रसाद सर्राफ र दुई सर्भेयरलाई जनही ३–३ हजार जरिवाना गर्न पनि निर्देशन दिएको छ । त्यस्तै, अभिकर्ता मनोहर पाध्यको इजाजतपत्र खारेज गर्नसमेत निर्देशन दिएको छ ।

यस्तो थियो घटना

०६९ असोज २९ गते काठमाडौंको सतुंगलस्थित सिजी कम्पनीअन्तर्गतका तीनवटा इलोक्ट्रोनिक्स उद्योगको गोदाममा आगलागी भएको थियो । पाँचवटा बिमा पोलिसीअन्तर्गत करिब ८५ करोड बिमांकबराबरको सम्पत्तिमा भएको आगलागीमा सर्भेयरले ५८ करोड ७ लाख ३३ हजार रुपैयाँको क्षति भएको प्रतिवेदन बुझाएको थियो । सोही आधारमा युनाइटेडले अग्रिम भुक्तानीस्वरूप सिजीलाई ३८ करोड १८ लाख १७ हजार भुक्तानी गर्‍यो । तर, इन्स्योरेन्सले अनियमितता गरेको भन्दै समितिमा उजुरी परेपछि समितिले छानबिन समिति गठन गर्‍यो । सो समितिले दाबीको मूल्यांकन ३४ करोड ९६ लाख १९ हजार मात्र देखायो । समितिको प्रतिवेदनलाई आधार मान्दै समितिले सिजीले लिएको रकमबाट बढी भएको ३ करोड २१ लाख ९७ हजार फिर्ता लिन युनाइटेडलाई निर्देशन दिएको थियो । तर, समितिले गरेको सो निर्णय चित्त नबुझेपछि सिजी र युनाइटेडले ०७१ मा समितिको निर्णयविरुद्ध समितिमा नै उजुरी दिएको थियो ।

समितिले पहिले नै निर्णय गरिसकेको भन्दै सिजी कम्पनीको उजुरीलाई खारेजी गरेको थियो । समितिबाट उजुरी खारेज भएपछि सिजी कम्पनी, युनाइटेड र कारबाहीमा परेका कर्मचारीलगायतले तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालतमा पाटन)मा बिमा ऐन २०३९ को दफा ३७ बमोजिम ०७२ सालमा उजुरी दिएका थिए । कम्पनीहरूले उजुरी दिएसँगै अदालतले अन्तरकालीन आदेश जारी गर्दै सिजी कम्पनीलाई दाबी भुक्तानी गर्दा बैंक ग्यारेन्टी गरेर मात्रै भुक्तानी गर्न युनाइटेडलाई निर्देशन दिएको थियो । सोहीअनुसार बैंक ग्यारेन्टी राखेर युनाइटेडबाट थप २० करोड रुपैयाँ भुक्तानी लिएको थियो । तर, ०७४ मंसिरमा उच्च अदालत पाटनले बिमा समितिकै निर्णयलाई सदर गर्‍यो । उच्च अदालतले युनाइटेडबाट बैंक ग्यारेन्टी गरी लिएको रकम ब्याजसहित फिर्ता दिन सिजीलाई आदेश दिएको छ ।

- आजको नयाँ पत्रिकामा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न