२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुद्धको जन्मथलोबारे भारतद्वारा श्रीलंकामा भ्रमपूर्ण प्रचार

२०७५, २ बैशाख आईतवार ०१:५७

वैशाख २, काठमाडौं | बौद्ध धर्मावलम्बीको आकर्षण केन्द्र रहेको श्रीलंकाको क्यान्डीस्थित भारतीय म्युजियममा बुद्धको जन्मथलोबारे गलत सूचना प्रचार भइरहेको पाइएको छ। म्युजियमभित्र राखिएको बुद्धबारेको सूचनामा लेखिएको छ, ‘गौतम बुद्ध, हु वाज बर्न इन इन्डिया।’ 

सन् २०१७ मा श्रीलंका घुम्न छिरेका २१ लाखभन्दा बढी पर्यटकमध्ये आधाजसो क्यान्डी पुगेको श्रीलंकन टुरिज्म, ट्राभल्स इन्फर्मेसन सेन्टरको तथ्यांक छ। यो तथ्यले क्यान्डी पुग्ने कति धेरै पर्यटकले बुद्धको जन्मथलोबारे गलत सूचना पाइरहेका छन् भन्ने बुझाउँछ।

भारतले बुद्ध नेपालमा जन्मेको अकाट्य तथ्यलाई बंग्याएको कोलम्बोस्थित नेपाली राजदूत विश्वम्भर प्याकुरेल बताउँछन्। गलत सन्देश फैलाइँदा बुद्धको जन्मथलो लुम्बिनी ओझेलमा पर्न सक्ने उनको बुझाइ छ। गलत सूचना फैलिरहेको तथ्यबारे जानकार प्याकुरेलले केही महिनाअघि यसबारे परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिसकेका छन्।

गलत तथ्य सच्याउन परराष्ट्रले कूटनीतिक पहल गर्नुपर्ने उनको भनाइ छ। उनले भने, ‘बुद्धको जन्मथलो लुम्बिनी नभएर भारत हो भन्ने गलत तथ्य तत्काल सच्याउनुपर्छ। यसबारे परराष्ट्र मन्त्रालयले नै गम्भीरता देखाउनुपर्छ।’

कोलम्बोबाट करिब १ सय १८ किलोमिटर दूरीमा रहेको क्यान्डीमा बुद्धको दाँतको अस्तिधातु छ, जसलाई विश्वभरिका बौद्ध धर्मावलम्बीले श्रद्धाका साथ हेर्छन्। भारतीय म्युजियमभित्र रहेको अन्य तथ्यपरक सामग्रीमा पनि गलत जानकारी रहेको एक श्रीलंकाली पत्रकारले बताए। ती पत्रकारका अनुसार श्रीलंकामा भारतीयले सञ्चालन गरेका कैयन् ट्राभल्स एन्ड टुर्स कम्पनीले बौद्धमार्गी श्रीलंकालीलाई भारतका विभिन्न भूभाग घुमाउँछन् र लुम्बिनी पनि भारतमै पर्ने बताउँछन्।

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौड्याल भने त्यस्तो भ्रमपूर्ण सूचना छ भने त्यसलाई सच्याउन कोलम्बोस्थित दूतावासले नै पहल गर्नुपर्ने बताउँछन्। उनले भने, ‘यस्तै काममा त हो नि दूतावासले भूमिका देखाउने। कोलम्बोस्थित दूतावासले सम्बन्धित निकायमा पत्राचार गरेर यसलाई सच्याइहाल्नुपर्छ।’ प्रवक्ता पौडेलले कोलम्बोस्थित नेपाली दूतावासले यसबारे परराष्ट्रमा पत्राचार गरेको थाहा नभएको बताए। ‘यकिन भन्न सकिनँ, बुझ्नुपर्छ,’ उनले भने। – कान्तिपुर दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न