२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुरुषलाई ‘सर’ महिलालाई ‘बहिनी’ !

२०७५, ४ बैशाख मंगलवार ०२:४६

बैशाख ४, काठमाडौँ | महिला र पुरुष दुवैले कार्यालयमा समान हैसियतले काम गरिरहेका छन् । तर, उनीहरूलाई सम्बोधन गर्दा प्रयोग गर्ने शैली फरक छ । महिलालाई ‘तिमी’ र ‘बहिनी’ सम्बोधन गरिन्छ भने पुरुषलाई ‘तपाईं’ र ‘सर’ ।

कार्यालय क्षेत्रमा महिला कर्मचारी भएको हेक्का नै नगरी यौनजन्य भाव प्रकट हुने शब्द बोल्ने, ठूलो स्वरमा अश्लील भिडियो लगाएर सुन्ने, कुनै पुरुष मित्रसँग अलि नजिक भएर बोल्यो भने चरित्रमाथि शंका गर्ने परिपाटी पनि छँदै छ । यसले महिला कर्मचारीमाथि मानसिक तनाव सिर्जना गरेको छ, उनीहरू खुलेर कार्यालय क्षेत्रमा सम्बन्ध विस्तार गर्नसमेत हिच्किचाउँछन् ।

यी हुन्, वन क्षेत्रमा काम गर्ने महिला कर्मचारीले खेपेका सुन्दा साधारण लाग्ने तर यौनहिंसाअन्तर्गत पर्ने समस्या । पछिल्लो समय महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न केही पहल भएका छन् । दुई वर्षदेखि महिला वन प्राधिकरण सञ्जालले थालेको हिंसाविरुद्धको अभियान यस्तै पहल हो । उनीहरूले दुई वर्षको अवधिमा झन्डै एक दर्जन क्षेत्रमा पुरुष र महिला कर्मचारीलाई सँगै राखेर आफूमाथि भएका हिंसा पहिचान गर्ने विषयमा कार्यशाला गोष्ठी सञ्चालन गरेका छन् । सञ्जालले दुई वर्षमा विभिन्न जिल्लामा गोष्ठी गरिसकेको सहायक वन अधिकृत दीपा ओलीले बताइन् ।

यो अनौपचारिक सञ्जालमा झन्डै तीन सय महिला कर्मचारी छन् । सञ्जालले गोष्ठीजस्ता कार्यक्रमका साथै सामाजिक सञ्जालमार्फत पनि सचेतना जागृत गराउने गरेको छ ।

केन्द्रीय वन तालिम तथा प्रसार केन्द्र प्रमुख राधा वाग्लेले कार्यालय क्षेत्रमा महिलामैत्री वातावरण सिर्जना गराउन यस्तो अभियान आवश्यक रहेको बताइन् । ‘वनक्षेत्र अरूभन्दा बढी संवेदनशील हो,’ उनले भनिन्, ‘फिल्डमा समेत खटिनुपर्दा महिलाले थुप्रै समस्या झेल्नुपरेको छ ।’ सुरुमा महिला हिंसा छैन भनिएका ठाउँमा पनि डरलाग्दो अवस्था पाइएको उनले बताइन् । उनका अनुसार शारीरिक र मानसिक हिंसासँगै आत्मसुरक्षाको समस्यासमेत भेटिएको उनले जानकारी दिइन् ।

सहायक वन अधिकृत शोभा सुवेदीसँग २८ वर्ष लामो कार्य अनुभव छ । यो अवधिमा उनले कार्यालयमा महिला र पुरुषलाई गरिने व्यवहार फरक पाएकी छन् । ‘त्यही पुरुषलाई तपाईं भनिन्छ भने म महिला भएकै कारण किन तिमी र बहिनी ?’ उनले भनिन्, ‘देख्दा सामान्य लाग्ने यस्ता घटना गहिरो अर्थमा विभेद र हिंसा नै हो भन्ने लाग्छ ।’,यो खबर आजको कान्तिपुरमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से