२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्वोच्चबाट ‘श्रीयन्त्र’ निकालियो

२०७५, ४ बैशाख मंगलवार ०२:५०

वैशाख ४, काठमाडौं | सर्वोच्च अदालतबाट ‘श्रीयन्त्र’ झिकिएको छ। धार्मिक र तान्त्रिक महत्व रहेको ‘श्रीयन्त्र’ लाई सोमबार निकालिएको हो। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

प्रधान न्यायालय रानीपोखरीमा रहेका बेला तत्कालीन प्रधानन्यायाधीश हरिप्रसाद प्रधानले ‘श्रीयन्त्र’ राख्न लगाएका थिए। न्यायको प्रतीक मानिने ‘श्रीयन्त्र’ छोएमा कसैले अन्याय गरेमा भष्म हुनसक्ने धार्मिक विश्वास छ।

पूर्वप्रधानन्यायाधीश प्रधानले अदालतमा पस्दासाथ र निस्कँदा ‘श्रीयन्त्र’ ढोग्थे। पछि सर्वोच्च अदालतको भवन बनेपछि सारिएको थियो।


पूर्वन्यायाधीश प्रकाश वस्तीका अनुसार तन्त्रशास्त्रमा ‘श्रीयन्त्र’ को ठूलो महत्व छ। ‘श्रीयन्त्र’ लाई भगवान् शिवको अंश मानिन्छ।

‘पूर्वप्रधानन्यायाधीशको नयनबहादुर खत्रीको पालामा ‘श्रीयन्त्र’ झिकिएको थियो,’ उनले भने, ‘सर्वोच्चको मर्मत गर्दा त्यसलाई हटाइएको थियो।’ वस्तीलगायतले ‘श्रीयन्त्र’ कहाँ गयो भन्दै खोजी गर्दा सर्वोच्चको स्टोरमा लगेर राखिएको थियो।

‘श्रीयन्त्र’ हराएको थिएन। सर्वोच्चको स्टोरमा राखिएको थियो,’ वस्तीले भने, ‘महत्व नबुझेका कारण सर्वोच्चको स्टोरमा लगेर फालिएको थियो। हराएको होइन। श्रीयन्त्रको ठूलो धार्मिक र तान्त्रिक महत्व छ।  पशुपतिनाथमा अहिले पनि श्रीयन्त्रको पूजा भएपछि मात्र अन्य पूजा गरिन्छ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से