४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफूलाई महेन्द्रसँग दाँजेपछि ओलीले भने– नेपालका बुद्धिजीवी मुसा जस्तै

११ बैशाख २०७५, मंगलवार ०१:२६

वैशाख ११, काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धिजीवी समुदायमाथि प्रहार गरेका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्षसमेत रहेका ओलीले बुद्धिजीवीहरुमाथि तीखो प्रहार गरेका हुन् ।

प्रधानमन्त्री ओलीले आफूले देशको विकास र समृद्धिको कुरा गर्दा तत्कालीन राजा महेन्द्रसँग दाँजिएको भन्दै रोष प्रकट गरे । ‘मैले देश विकास र समृद्धिको कुरा गर्दा महेन्द्रसँग दाँजिँदैछ। मैले जनतालाई सुखी राख्ने कुरा गर्दा यो त महेन्द्रले बोलेको भन्छन्’ ओलीले भने, ‘मैले रारा तालबाट देशबासीलाई सम्बोधन गर्दा पनि राराताललाई ‘महेन्द्र ताल’ भनेको सुनेँ, नेपालका बुद्धिजीवी पनि अचम्मका देखेँ मैले ।’

देश र समाजका अगुवा भनिने बुद्धिजीवीहरुले आफ्ना नीति तथा कार्यक्रमबारे हाँसोको विषय बनाएकोमा पनि उनले आपत्ति जनाएका छन् । ‘मैले रेल कुदाउने, केबल कार चलाउने र समुद्रमा नेपाली झण्डासहितको पानी जहाज चलाउने कुरा गर्दै आएको छु’ ओलीले भने, ‘विकास कुरा गर्यो भने जनताका कुरा गरेन भन्दै उल्टै प्रश्न गर्छन् । यस्ता पनि बुद्धिजीवी हुन्छन् ?’

ओलीले नेपालका बुद्धिजीवीलाई मुसासँग तुलना गर्दै देशविरुद्ध लाग्न उनीहरुले दाँतमा धार लगाएको बताए। ‘नेपालका बुद्धिजीवी मुसा जस्ता छन् । माइत जान लागेकी बुहारीको साडी काटेर मुसाले अलपत्र बनाइदिन्छ। ससुराली जान लागेको जुवाइँको कोट काटिदिएर मुसोले बदमाशी गर्छ, मुसाले त कुरो बुझ्दैन’ ओलीले भने, ‘नेपालका बुद्धिजीवी त देशैविरुद्ध दाँतमा धार लाउँछन्, विश्वविद्यालयको सर्टिफिकेट ल्याएर मात्रै बुद्धिजीवी होइन्न । राम्रो कामको समर्थन पनि गर्न सक्नुपर्छ।’ 

-  यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ। – यो समाचार आजको अन्नपूर्ण पोष्टबाट लिईएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ