२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब प्रेस्क्रिप्सन नबुझिए डाक्टर निलम्बनमा पर्ने

२०७५, ११ बैशाख मंगलवार ०१:३१

वैशाख ११, काठमाडौं | बिरामीको औषधि किन्न डाक्टरले लेख्ने प्रेस्क्रिप्सनमा अब औषधिलगायत सबै कुरा स्पष्ट बुझिने गरी लेख्नुपर्ने खबर आजको कान्तिपुर दैनिकले प्राथमिकताका साथ खबर छापेको छ । प्रेस्क्रिप्सन नबुझिएका कारण गलत औषधि सेवन गरेर बिरामी समस्यामा परे तीन महिनासम्म डाक्टर निलम्बनमा पर्नेछन् । 

नेपाल मेडिकल काउन्सिलको इथिकल कमिटीले सार्वजनिक सूचना प्रकाशित गरी यस्तो व्यवस्था गरेको हो । ‘डाक्टरको कोड अफ इथिक्समा प्रेस्क्रिप्सन लेख्दा प्रस्ट बुझ्ने गरी लेख्नुपर्ने व्यवस्था गरिएको छ,’ मेडिकल काउन्सिलका रजिस्ट्रार डा।दिलीप शर्मा भन्छन्, ‘अस्पष्ट प्रेस्क्रिप्सनले गर्दा गलत औषधि सेवन गरेर उजुरी परे डाक्टर कानुनी दायरामा पर्ने सम्भावना रहन्छ ।’

बिरामीको चाप बढी भएकाले हतारमा नबुझ्ने गरी औषधि लेखियो भन्न नपाइने उनले बताए । काउन्सिलका अनुसार स्वास्थ्यकर्मीले प्रेस्क्रिप्सन लेख्दा औषधिको नाम, सेवन गर्नुपर्ने मात्रा–समय तथा अवधिसमेत बुझिने भाषा र अक्षरमा छापेर वा लेखेर दिनुपर्छ । प्रेस्क्रिप्सनमा चिकित्सक वा अधिकारप्राप्त स्वास्थ्यकर्मीले आफ्नो पहिचान खुल्ने गरी नाम, थर एवं सम्बन्धित काउन्सिलमा दर्ता भएको प्रमाणपत्रको नम्बर समेत उल्लेख गुर्नपर्ने छ।

बुझिने भाषामा प्रेस्क्रिप्सन लेख्नुपर्ने कुरामा सहमति व्यक्त गर्दै चिकित्सक संघका महासचिव डा।लोचन कार्की भन्छन्, ‘तर यससँगै औषधि पसलेले ‘ओभर द काउन्टर ड्रग (प्रेस्क्रिप्सनबिनै बिक्री–वितरण गर्न सकिने औषधि)’ बाहेकका औषधि प्रेस्क्रिप्सनबिना बेच्न नपाउने व्यवस्था हुनुपर्छ।’

काउन्सिलले प्रेस्क्रिप्सन अंग्रेजी वर्णमालाको ‘क्यापिटल लेटर’ मा लेख्न पनि डाक्टरलाई सुझाव दिएको छ । डा।कार्की भने बिरामी र पसलले बुझ्ने गरी लेखे हुने भन्दै ‘कहिलेकाहीँ औषधि पसलेले पहिलो र अन्तिमको अक्षर हेरेर गलत औषधि दिने सम्भावना रहेको बताउँछन्।

डाक्टर र औषधि पसलेबीचको सेटिङमा केही चिकित्सकले कुनै खासबाहेक अन्य औषधि पसलेले नबुझ्ने गरी प्रेस्क्रिप्सन लेख्ने गरेको चिकित्सक नै बताउँछन् । ‘केही यस्ता चिकित्सकसमेत छन्, जसले लेखेको औषधि एउटा खास मेडिकल पसलबाहेक अन्य कसैले बुझ्दैन,’ वीर अस्पतालका डा।ढुन्डीराज पौडेल भन्छन्, ‘नबुझ्ने अक्षरमा औषधि लेख्दा बिरामीले गलत औषधि उपयोग गर्न सक्ने सम्भावना प्रवल रहन्छ।’

केही चिकित्सकले पुर्जामा आफूलाई थुप्रै विधाको विशेषज्ञका रूपमा लेख्ने गरेकोमा आइन्दा आफ्नो योग्यताभन्दा फरक किसिमका डिग्री उल्लेख गर्नसमेत पाउने छैनन् । उनीहरूले आफ्नो विज्ञता भएको विषयको मात्र औषधि सिफारिस गर्न पाउनेछन् । ‘फरक विधाको लेखेको पाइएमा काउन्सिलले कारबाही गर्नेछ,’ रजिस्ट्रार पौडेलले भने। -  कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से