४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस युवा नेताहरु विभाजित

१२ बैशाख २०७५, बुधबार ०३:२२

वैशाख १२, काठमाडौं | नेपाली कांग्रेका युवा केन्द्रीय सदस्यहरु निर्वाचनमा पार्टी पराजयपछि कसरी अघि बढ्ने भन्नेबारे विभाजित दखिएका छन् । 

नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला निकट सदस्यहरुले पटकपटक छलफल गरे पनि महाधिवेशनका विषयमा युवा सदस्यहरुको मत विभाजन हुँदा साझा धारणामा जान नसकेको हो । 

पौडेल निकट नेताहरु पार्टीलाई विधि र विधानअनुसार अघि बढाउँदै संगठन सुदृढीकरणको पक्षमा उभिएका छन् भने धनराज गुरुङ, गुरुराज घिमिरे, चन्द्र भण्डारी, प्रदीप पौडेल छिट्टै महाधिवेशन गर्नुपर्ने पक्षमा देखिएका छन् । 

महाधिवेशनका विषयमा सदस्यहरुबीच समान धारणा बन्न नसक्दा केन्द्रीय सदस्य गगन थापासहितले शीघ्र महाधिवेशनको माग गर्दै ५१ पेज लामो धारणा बैठकमा पेश गरेका छन् ।

अहिलेको विधानअनुसार सात प्रदेश बाहेक केही बनाउन नसकिने जिकिर गर्दै उनीहरुले पार्टीलाई नवजिवन दिनका लागि विधान संशोधन गरेर महाधिवेशनमा जानुपर्ने उल्लेख गरेका छन् ।

सभापति इतरकै नविन्द्रराज जोशी, कल्याण गुरुङ, गोविन्द भट्टराई, सरिता प्रसाईंसहितका एक दर्जन केन्द्रीय सदस्य भने सीघ्र महाधिवेशनको विपक्षमा उभिएका छन् ।

सीघ्र महाधिवेशनको सम्भावना नरहेको र पब्लिक खपतका लागि मात्र धारणा बाहिर ल्याउनु उपयुक्त नहुने तर्क गर्दै उनीहरुले तत्काल महासमिति वैठकबाट पार्टी संगठन सुधारको अभियान थाल्नुपर्ने पक्षमा छन् ।  – नागरिक दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ