२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

‘पूर्वी नेपाल भूकम्पको उच्च जोखिममा’, १६ मिटर दरार विस्थापित हुन बाँकी

२०७५, १३ बैशाख बिहीबार ०२:५६

वैशाख १३, ललितपुर | २०७२ वैखाख १२ गते गोर्खाको बारपाक केन्द्रबिन्दु बनाएर गएको महाभूकम्पपछि दरारहरूको उत्खनन गरेर सुरु गरिएको सूक्ष्म अध्ययनबाट नेपालको पूर्वीभागमा भूकम्पीय जोखिम उच्च रहेको देखिएको छ ।

अध्ययनमा संलग्न त्रिचन्द्र क्याम्पसका भूगर्भशास्त्र विभागका डाक्टर दीपक चम्लागाईंले चार महिनापहिले मात्रै यो तथ्य फेला पारेको जानकारी अन्नपूर्णलाई दिए । चम्लागाईंका अनुसार जापानको हिरोसिमा विश्वविद्यालय, अमेरिकाको नेभारा विश्वविद्यालय र नेपालको त्रिभुवन विश्वविद्यालय मिलेर गरेको अध्ययनले यो तथ्य पत्ता लगाएको हो । सेटेलाइट तस्बिरबाट भूकम्पले उठाएको भूभाग पत्ता लगाएर दरार क्षेत्र अध्ययन गरिएको हो ।

पछिल्लो अध्ययनअनुसार भूकम्पका सम्भावनाबारे वैज्ञानिकमै मतभेद आए पनि यस अध्ययनले पूर्वमै जोखिम देखाएको दाबी चम्लागाईंको छ । झापाको दमकदेखि उत्तरतिर रहेको बेलडाँगीलाई आधार मानेर पूर्वक्षेत्रको अध्ययन गरिएको हो । अध्ययनले करिब आठ सय वर्षपहिले पूर्वमा महाभूकम्प गएको र यस क्षेत्रमा अझै १६ मिटर दरार विस्थापित हुन बाँकी रहेको पत्ता लगाएको बताएको छ ।

पूर्वमा करिब आठ सय वर्षपहिले महाभूकम्प गएको थियो । मध्यमा सात सय ६५ वर्ष र पश्चिममा पाँच सय वर्षपहिले महाभूकम्प गएको थियो ।

त्यस्तै, त्रिवेणी र बाग्मतीलाइ मध्यक्षेत्रमा राखेर अध्ययन गरिएको र यस क्षेत्रमा ११ मिटर दरार विस्थापित हुन बाँकी रहेको देखिएको छ । त्यस्तै, पश्चिममा १० मिटर बाँकी छ । ‘पश्चिममा १५०५ सालमा महाभूकम्प गएको अध्ययनले देखाएको छ,’ चम्लागाईंले भने । यसअघिको अध्ययनले नेपालको पश्चिम क्षेत्र भूकम्पको उच्च जोखिम देखाएको थियो ।

पूर्वमा करिब आठ सय वर्षपहिले महाभूकम्प गएको थियो । मध्यमा सात सय ६५ वर्ष र पश्चिममा पाँच सय वर्षपहिला महाभूकम्प गएको थियो । – अन्नपूर्ण पोष्टबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै