२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘प्रधानमन्त्री नभए पनि गणेशमानलाई जनताले पूज्छन्, तपाईंलाई कस्ले पुज्छ ?’

२०७५, १५ बैशाख शनिबार ०१:५६

वैशाख १५, काठमाडौं | नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवा गुटबाट माथि उठ्न नसकेको आरोप लगाएका छन् । 

प्रतिनिधि र प्रदेशसभा निर्वाचन समीक्षाका लागि चैत ९ गतेबाट जारी केन्द्रीय समितिको शुक्रबारको बैठकमा बोल्दै नेता पौडेलले देउवा सिंगो पार्टीको नेता बन्नु भन्दा गुट र समुहकै नेतामा रमाइएको आरोप लगाएका हुन। पार्टीको १३औं महाधिवेशनपछि देउवालाई भेटेर अब सिंगो पार्टीको नेता बनेर सबैलाई समेटेर अघि बढ्न आग्रह गरेको स्मरण गर्दै पौडेलले भने, ‘तर उहाँ तयार हुनु भएन। परिणाम आज कांग्रेसले कांग्रेसलाई हराएर आनन्द मान्ने ठाउँमा पुग्यौं।’

प्रतिनिधि र प्रदेशसभा निर्वाचन नेतृत्वकै कारण पार्टी पराजीत भएको दोहोर्याउँदै पौडेलले पार्टीलाई न्याय, निष्पक्ष र पारदर्शी ढंगबाट अघि बढाउन नसक्दा निर्वाचनमा ठूलो क्षेती भएको जिकिर गरेका छन्। पुरानो कार्यशैलीलाई नसच्याए पार्टी अझ कमजोर बन्ने गुनासो गर्दै उनले सबैलाई समेटेर अघि बढ्न सके मात्र पार्टी संगठन सुदृढ र मजबुत बन्ने सुझाए।

नेतृत्वलाई त्यागको भावना देखाउन आग्रह गर्दै पौडेलले सत्ताका लागि मरिहत्ते नगर्न सभापति देउवालाई सुझाएका छन्। ‘गणेशमान (गणेशमान सिंह) जी कति पटक प्रधानमन्त्री हुनुभयो र देउवा (शेरबहादुर देउवा) जी कति पटक प्रधानमन्त्री हुनुभयो रु जनताले गणेशमानलाई पुज्छन् कि देउवाजीलाई ?’

पार्टी सभापति र तत्कालीन गृहमन्त्री समेत रहेका केन्द्रीय सदस्य बिमलेन्द्र निधिबीच नेपाल प्रहरीको आइजीपी नियुक्तीमा देखिएको फरक मत, राजदूत सिफारीस, तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग जस्ता विषयले पार्टीलाई निर्वाचनमा अपुरणीय क्षती पुगेको उनले सुनाएका थिए।

जेठभित्रै महासमिति बैठक र बैशाखमै जिल्ला सभापतिहरुको भेला बोलाउन नेतृत्वलाई आग्रह गर्दै पौडेलले देशभरी प्रशिक्षण अभियान चलाउनु पर्ने बताएका थिए ।

सभापतिको हुर्मत लिनेगरी पार्टीका शीर्ष नेताले लिखित धारणा बाहिर ल्याएको भन्दै देउवा पक्षीय नेताहरुले जारी बैठकमा पौडेलको तीब्र आलोचना गरेपछि उनले अधिकांस समय त्यसकै बचाउमा बिताएका थिए। बिहीबार दुई घण्टा बढि समय आफ्नो धारणा राख्नमा खर्चेका नेता विजयकुमार गच्छदारले शुक्रबारको बैठकमा पनि लामो बोलेपछि महामन्त्री शशांक कोइराला र सभापति शेरबहादुर देउवाले धारणा राख्न बाँकी नै छ। शनिबारको बैठकमा दुबै नेताले आ आफ्ना धारणा राख्नुको साथै सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिनेछन् ।

बैठकले महासमिति, जिल्ला सभापतिहरुको बैठक र भेलाको मिति र स्थान तोक्नुको साथै संगठन सुदृढीकरणका लागि केन्द्रीय प्रतिनिधि खटाउने लगायतका विषयमा निर्णय लिनेछ ।

त्यस्तै, रिक्त पदाधिकारी मनोनयनका लागि सभापति देउवाले शनिबारको बैठकमा नेताहरुको नाम प्रस्ताव गर्ने सम्भावना छ । निर्वाचित केन्द्रीय सदस्यहरु मध्यबाट सभापतिले एकरएक उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनयनका लागि केन्द्रीय समिति बैठकमा नाम प्रस्ताव गर्ने विधानको व्यवस्था छ ।

उक्त प्रस्तावलाई निर्वाचित सदस्यहरुको बैठकले अनुमोदन गर्नुपर्ने विधानमा व्यवस्था छ । सोही अनुसार सभापति देउवाले विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र प्रकाशशरण महतलाई उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि प्रस्ताव गर्ने गृहकार्यमा छन् ।

यद्यपी उपसभापतिमा हालै कांग्रेस प्रवेस गरेका विजय कुमार गच्छदार र गोपालमान श्रेष्ठको पनि दाबी छ। गच्छदारलाई उपसभापति बनाउन विधानले नै दिंदैन । – नागरिक दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा नेपाललाई हिन्दूराष्ट्र बनाउने हो भने रास्वपालाई दुईतिहाइ पुर्‍याउन सहयोग गर्छौं: कमल थापा इनिसा विकको न्याय माग गर्दै माइतीघरमा प्रदर्शन मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न