४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वनमन्त्री शक्ति बस्नेतको योजना – ‘एक वर्षमा एक लाखलाई रोजगारी’

२३ बैशाख २०७५, आईतवार ०२:१०

वैशाख २३, काठमाडौं | वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बहाल भएको दुई महिनापछि आफ्नो कार्ययोजना अघि सार्दै वन, वन्यजन्तु, वातावरण र जलाधार संरक्षण लगायत क्षेत्रमा परिवर्तन ल्याउनेगरी मन्त्रालयका योजना सार्वजनिक गरेका छन् ।

बस्नेतको योजनामा वन्यजन्तु र मानवबीचको द्वन्द्व कम गर्न संरक्षण शिक्षाको विस्तार, विद्युतीय तारबार, पूर्वसूचना दिने प्रणाली, सातै प्रदेशमा वन्यजन्तु उद्धार केन्द्र स्थापना, वन्यजन्तुले मन नपराउने खेती विकासमा प्रोत्साहन दिने, सामुदायिक जैविक विविधता अभिलेखीकरण एवं पञ्जीकरण, केन्द्र तथा प्रदेशस्तरमा प्राणी उद्यान र चिडियाखाना स्थापनामा समेत जोड दिने नीति लिइएको छ ।

मन्त्री बस्नेतले पर्सा तथा शुक्लाफाटा राष्ट्रिय निकुञ्जलाई खुला चिडियाखानाका रूपमा विकास गर्ने बताए ।

मन्त्रालयले सातै प्रदेशमा जडिबुटीको मूल्य अभिवृद्धिका लागि प्रशोधन प्लान्टको स्थापना, जडिबुटीको उपलब्धताका आधारमा पकेट क्षेत्र विकास गरी रोजगारी सिर्जना गर्ने योजना अघि सारको छ ।

सातै प्रदेशमा रोजगार सिर्जना, आयोजना सञ्चालन गरी एक वर्षमा १ लाख थप पूर्ण रोजगारी सिर्जना गर्ने वनको घोषणा छ । प्रत्येक प्रदेश सरकारसँग समन्वय गरी १/१ वटा वन उद्योग स्थापना,

हरेक स्थानीय तहमा कम्तीमा १/१ वटा फर्निचर उद्योग स्थापना गरिने लक्ष्य लिइएको छ । – यो समाचार आजको कान्तिपुरदैनिकबाट लिईएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ