२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वनमन्त्री शक्ति बस्नेतको योजना – ‘एक वर्षमा एक लाखलाई रोजगारी’

२०७५, २३ बैशाख आईतवार ०२:१०

वैशाख २३, काठमाडौं | वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बहाल भएको दुई महिनापछि आफ्नो कार्ययोजना अघि सार्दै वन, वन्यजन्तु, वातावरण र जलाधार संरक्षण लगायत क्षेत्रमा परिवर्तन ल्याउनेगरी मन्त्रालयका योजना सार्वजनिक गरेका छन् ।

बस्नेतको योजनामा वन्यजन्तु र मानवबीचको द्वन्द्व कम गर्न संरक्षण शिक्षाको विस्तार, विद्युतीय तारबार, पूर्वसूचना दिने प्रणाली, सातै प्रदेशमा वन्यजन्तु उद्धार केन्द्र स्थापना, वन्यजन्तुले मन नपराउने खेती विकासमा प्रोत्साहन दिने, सामुदायिक जैविक विविधता अभिलेखीकरण एवं पञ्जीकरण, केन्द्र तथा प्रदेशस्तरमा प्राणी उद्यान र चिडियाखाना स्थापनामा समेत जोड दिने नीति लिइएको छ ।

मन्त्री बस्नेतले पर्सा तथा शुक्लाफाटा राष्ट्रिय निकुञ्जलाई खुला चिडियाखानाका रूपमा विकास गर्ने बताए ।

मन्त्रालयले सातै प्रदेशमा जडिबुटीको मूल्य अभिवृद्धिका लागि प्रशोधन प्लान्टको स्थापना, जडिबुटीको उपलब्धताका आधारमा पकेट क्षेत्र विकास गरी रोजगारी सिर्जना गर्ने योजना अघि सारको छ ।

सातै प्रदेशमा रोजगार सिर्जना, आयोजना सञ्चालन गरी एक वर्षमा १ लाख थप पूर्ण रोजगारी सिर्जना गर्ने वनको घोषणा छ । प्रत्येक प्रदेश सरकारसँग समन्वय गरी १/१ वटा वन उद्योग स्थापना,

हरेक स्थानीय तहमा कम्तीमा १/१ वटा फर्निचर उद्योग स्थापना गरिने लक्ष्य लिइएको छ । – यो समाचार आजको कान्तिपुरदैनिकबाट लिईएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से