४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशिएका नेपाली युवा कुलतमा फस्दै

२७ बैशाख २०७५, बिहीबार ०२:२१

वैशाख २७, काठमाडौं | राजधानीमा बसिरहेका उज्ज्वल प्लस टु पास गरेपछि परिवारसँगै अस्ट्रेलिया गए । उनी मेलबर्नमा बस्न थाले, परिवार अर्कै राज्यमा । ८ कक्षा पढदै मदिरा पिउन सिकेका थिए । 

अस्ट्रेलिया गएपछि झन् स्वतन्त्र भए, मदिरा सेवन बढाउँदै गए । ‘पढाइमा मन गएन, बरु कुनै काम गर्छु भनें,’ बूढानीलकण्ठस्थित एक पुनस्स्थापना केन्द्रमा बसिरहेका उनले भने, ‘सार्वजनिक स्थलबाहेक अन्य ठाउँमा मादकपदार्थ खान स्वतन्त्र थिएँ, भेटेजति ड्रग पनि सेवन गर्न थालें ।’

एकदिन घरैमा पार्टी चलिरहेको थियो, उनी चुरोट किन्न बाहिर निस्के । त्यसपछि के भयो, उनलाई याद छैन । अचानक आँखा खुल्दा अस्पतालमा थिए । अत्यधिक ड्रग सेवन गरेर हिँडदा ओभरब्रिजबाट व्यस्त सडकमा खसेर गम्भीर घाइते भएका उनलाई चिकित्सकले बाँच्ने सम्भावना १० प्रतिशत मात्र रहेको भनिदिए । उनको टाउको र करङको हड्डी भाँचिएको थियो । सन् २०१२ मा त्यहाँको सरकारले बाँच्ने सम्भावना नरहेको भन्दै नेपाल फर्काइदिएको उनले बताए ।

यस्ता थुप्रै युवा कुलतको मारमा छन् । विशेषगरी पश्चिमा मुलुकमा बसाइँ सरेर जाने युवा कुलतमा फस्ने गरेको नार्कोनन नेपालका संस्थापक वसन्तराज कुँवर बताउँछन् । ‘पुनस्स्थापना केन्द्रमा आएकाको अनुभव हेर्दा नेपालमा झन्डै ८० प्रतिशतजतिले कक्षा ८ पढदादेखि नै रक्सी वा लागूपदार्थ चाख्ने गरेका छन्, यसले पछि लत नै बस्छ ।’

बूढानीलकण्ठको रिह्याब सेन्टरमा धेरैजसो भारत, अमेरिका, बेलायत, अस्ट्रेलिया र हङकङ पुगेका नेपाली छन् । कुलतमा फसेपछि कमाउन गएका वा पढ्ने युवालाई झनै प्रभाव पर्छ । आर्थिक समस्या आइपर्छ, कुलतको उपचार महँगो हुन्छ । – आजको कान्तिपुरले चौंथो पृष्ठमा यो समाचार छापेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ