वैशाख २९, काठमाडौँ | कलंकी कोटेश्वर सडक खण्डमा थप पाँचवटा आकाशे पुल बन्ने भएको छ ।
चीनको आर्थिक र प्राविधिक सहयोगमा विस्तार भइरहेको चक्रपथअन्तर्गतको उक्त सडकखण्डमा ती पुलहरु बनाइन लागेको हो ।
काठमाडौं चक्रपथ सुधार योजनाले उक्त सडक खण्डको विभिन्न भागमा ती पुलहरु बनाउन लागेको जनाएको छ ।
सो योजनाका इन्जिनियर निरञ्जन शर्माले बालकुमारी, सातदोबाटो, महालक्ष्मीस्थान, एकान्तकुना र सानेपामा पैदलयात्रीले बाटो काट्ने मुख्य चोकमा पुल बनाइने बताए ।
- आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।