४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निपाह भाइरस संक्रमणः नेपालमा जोखिम उच्च, तयारी छैन

११ जेष्ठ २०७५, शुक्रबार ०२:१३

जेठ ११, काठमाडौं | खुला सिमाना भएको छिमेकी भारतको केरलामा फैलिएको अत्यन्तै संक्रामक निपा भाइरसले उपचारमा संलग्न नर्ससहित ११ जनाको ज्यान लिइसकेको छ। नेपाल पनि यो भाइरस संक्रमणको उच्च जोखिममा छ तर यहाँ यो रोग भित्रिन नदिन तथा भित्रिइहालेमा नियन्त्रण गर्न कुनै पूर्वतयारी छैन । 

निपा भाइरस सार्नसक्ने ‘टेरोपस’ प्रजातिको चमेरो नेपालमा पनि भएको औंल्याउँदै विश्व स्वास्थ्य संगठनले भारत, बंगलादेशसहित नेपाललाई पनि यो रोगको जोखिम भएका देशको सूचीमा राखेको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी निर्देशक डा. मनिषा रावलले निपाको संक्रमण भित्रिएमा नियन्त्रण र उपचार निकै कठिन हुने बताइन्। ‘धरातल जे छ, त्यही भन्नुप-यो। निपा संक्रमण भित्रिए त्यसलाई नियन्त्रण र रोगीको उपचार गर्ने क्षमता अहिले हामीसँग छैन’, डा. रावलले नागरिकसँग भनिन्।

महामारी नियन्त्रणका लागि काम गर्ने सरकारी निकाय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. केदार सिन्चुरीले यस्ता डरलाग्दा रोगसँग जुध्न सरकारी अस्पतालमै आइसोलेसन वार्ड, भेन्टिलेटर, आइसियु र छुट्टै तथा सुविधासम्पन्न एम्बुलेन्स नभएको स्वीकार गरे। ‘उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीले लगाउने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्टसम्म छ’, सिन्चुरीले भने।

इबोला भाइरस संक्रमणका बेला सशस्त्र प्रहरीको अस्पतालमा आइसोलेसन कक्ष बनाइएको भन्ने सुनेको बताउँदै उनले भने, ‘केही दिनमै त्यसको निरीक्षण गर्छौं। कति बेड छ, तलिमप्राप्त र विशेषज्ञ जनशक्ति छन् कि छैनन् भन्ने पनि हेर्नुपर्छ।’ शुक्रराज अस्पतालमा कडा खालका सिजन फ्लुका बिरामीलाई आइसोलेसनका रुपमा क्याबिनमा राखेर उपचार गर्ने व्यवस्था भएको जानकारी दिँदै उनले भने, ‘निपाको संक्रमण भएमा यतिले मात्रै पुग्दैन।’ – आजको नागरिकको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ