५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंमा हरेक महिना २० जनाको ब्रेनडेथ, के हो ब्रेनडेथ ?

२० जेष्ठ २०७५, आईतवार ०१:४०

जेठ २०, काठमाडौं | ब्रेनडेथ भएका व्यक्तिका विभिन्न महत्वपूर्ण अंग अन्य व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ । तर, दुर्भाग्य के छ भने ब्रेनडेथ भएका व्यक्तिको अंग प्रत्यारोपणमा जिम्मेवार स्वास्थ्य संस्थाहरू नै बाधक बनेका छन् । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ ।

समाचार अनुसार २४ सै घन्टा अंग प्रत्यारोपण केन्द्र ‘ब्रेनडेथ’को केस फेला पार्ने प्रतीक्षामा छ । तर, कुनै पनि सरकारी तथा निजी अस्पतालले अहिलेसम्म केन्द्रमा खबर गरेका छैनन् । महिनामा कम्तीमा २० वटा ‘ब्रेनडेथ’का केस भएर पनि केन्द्रलाई अस्पतालहरूले जानकारी नदिएका हुन् । समन्वय अभावकै कारण ‘ब्रेनडेथ’ कार्यक्रम नै बन्द हुने करिब निश्चितजस्तो देखिएको छ । 

के हो मानव अंग प्रत्यारोपण ? 

मानव अंग प्रत्यारोपण भनेको जीवित व्यक्ति वा मस्तिष्क मृत्यु भएको निश्चित समयभित्र शरीरभित्र सक्रिय र स्वस्थ रहेको अंगहरू दान गरी अर्को रोगीको शरीरमा काम नलाग्ने अंगको सट्टामा विशेष प्रविधिमार्फत विशेषज्ञ चिकित्सकले प्रत्यारोपण गर्नु हो । 

मानव शरीरको अंगदान वा प्रत्यारोपणले हरेक वर्ष हजारौं मानिसलाई नयाँ जीवन दिइरहेको छ । एउटा स्वस्थ व्यक्तिले वा मस्तिष्क मृत्युपछि आफ्ना शरीरबाट खेर जाने अंगहरू दान गरेर अर्को रोगी व्यक्तिलाई प्रत्यारोपण गर्न सकिन्छ । मस्तिष्क मृत्यु भएको व्यक्तिको अंग विभिन्न रोगबाट ग्रस्त बिरामीलाई प्रत्यारोपण गरी उनीहरूको ज्यान बचाउन सकिन्छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार सन् १९५४ डिसेम्बर २३ का दिन अमेरिकाको बोस्टन सहरमा रहेको बहिगंम हस्पिटलका डा. जोसेफ मुर्रे र डेभिड ह्युमले पहिलोपटक सफल मिर्गौला प्रत्यारोपण गरेपछि मानव अंग प्रत्यारोपणको इतिहास सुरु भएको थियो । त्यसपछि क्रमशः सन् १९६३ मा फोक्सो, १९६६ मा प्याङक्रियाज, १९६७ मा कलेजो मुटुलगायतका मानव अंग सफलतापूर्वक प्रत्यारोपण गर्न डक्टरहरू सफल भएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ