५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इन्धनको मूल्य बढ्दा चौतर्फी असर

२१ जेष्ठ २०७५, सोमबार ०२:२८

जेठ २१,काठमाडौँ । आयल निगमले १५ दिनअघि मूल्य समायोजन गर्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७८.२८ अमेरिकी डलर थियो । नेपाली बजारमा पेट्रोल प्रतिलिटर १ सय १० र डिजेल ९२ रुपैयाँ तोकिएको थियो ।

शनिबार मूल्य समायोजन गर्दा अन्तर्राष्ट्रिय बजार प्रतिब्यारेल ६५.८१ डलर थियो । यहाँ पेट्रोलको मूल्य १ सय १३ र डिजेल ९५ रुपैयाँ कायम गरिएको छ ।अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य क्रमश: गिरावट भए पनि सरकारले यहाँ बढ्दाएको छ । इन्धनको मूल्य बढ्दात्यसको असर चौतर्फी देखिन्छ । सरकारको साधारण खर्चदेखि सर्वसाधारणको दैनिकीमा असर पर्ने विज्ञहरू बताउँछन् ।

निगमले हवाई इन्धन अन्तारिकतर्फ प्रतिलिटर ५ रुपैयाँको दरले मूल्य बढाएकै दिन रुटअनुसार करिब २ सय २० रुपैयाँसम्म हवाई भाडा बढेको छ । अधिकांश दुर्गममा हवाई मार्गबाट खाद्यान्न ढुवानी हुन्छ ।

हवाईजहाजको भाडा बढ्दा त्यसले प्रत्यक्ष असर दुर्गम जिल्लामा पर्छ । दुर्गमका सर्वसाधारणहरू महँगीको मारमा पर्ने अर्थविद् केशव आचार्य बताउँछन् । ‘मूल्यवृद्धि हुँदा सरकारको साधारण खर्चदेखि दुर्गमका जिल्लामा महँगी बढाउँछ,’ आचार्यले भने, ‘महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारले अनुदान दिएर भए पनि मूल्य स्थिर राख्नुपर्छ ।’ नेपाल आयातमा आधारित मुलुक हो । अधिकांश खाद्यन्न आयातमै निर्भर छन् ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ